बिश्वका बिभिन्न समुदायमा मानिसलाई किनबेच गरिएको हामीले सुनेका छौ । नेपालमा पनि बिभिन्न बहानाबाजीमा मानिसलाई जबर्जस्ति ल्याएर बर्षौसम्म काम गराउनु किनबेच नै हो । चेलीबेटी बेचबिखन त कुनै नौलो कुरा नै भएन । यी कुराहरु आर्थिकस्तर न्यून हुँदा र बाध्यताबश यो अबस्थामा पुग्छन मान्छे । यो कसैको चाहना नभएर अरुको जन्जालमा फसाइएको बाध्यता हो । eby
यो सानो तिनो जोक्स होइन, बिश्वको चर्चित अनलाइन शपिंङ् साइटमा नेपालका नेताहरुलाई बिक्रिमा राखिएको छ । ईबे डट कममा nabikoiral0 युजरनेम भएका एक युवाले प्रधानमन्त्री ओलीदेखि नेपालका चर्चित नेतालाई बिक्रिमा राखेका हुन् । नेताहरुको मूल्य पनि महँगो छैन जम्मा १ डलर तोकिएको छ ।
अनलाइनमा पत्रकार ऋषि धमला पनि बिक्रीमा छन् । ति युवाले ऋषि धमला भने फ्री अर्थात् सितैमा भएको बताएका छन् । ति युवाले नेपालका सबै नेता बिक्रीमा भएको बताउदै हाललाई भने यी नेतामात्र बिक्रीमा राखिएको बताएका छन् । नेताहरुलाई किन लिलामीमा राख्यो भन्ने बारेमा कुनै जानकारी नदिए पनि देशको गन्जागोल अबस्था र नेताहरुको मनपरीपनबिरुद्ध व्यंग्य गरेको आंकलन गर्न सकिन्छ ।
यो बिषय अहिले सामाजिक संजालहरुमा भाइरल बनेको छ तर न कुनै नेताले प्रतिक्रिया जनाएका छन् न त नाम हटाउन कसैले पहल नै गरेका छन् । यसले देशको गरिमामै आंच पुग्ने देखिन्छ । नेपाली भाइरल बाट ।
purbelinews
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.