साधु पनि लुटिए


गौशाला, महोत्तरीको सदरमुकाम जलेश्वरमा १५ दिने माध्यमिकी परिक्रमा भर्न आएको एक साधुबाबाको रु ५० हजार भन्दा बढी लुटिएको छ । आफूलाई रमता जोगी बताउने ती बाबाले लगाएको क्याम्पबाट अज्ञात व्यक्तिले क्याम्पको मूर्तिमाथि चढाइएको रकम र बाबाले गत मङ्गलबारदेखि परिक्रमाको विभिन्न विश्रामस्थलबाट जम्मा गरेको रु ५० हजार भन्दा बढी रकम गएराति लुटिएको बाबाले बताएका छन् ।

बाबाले आफूलाई मेला समितिको सदस्य रहेको भन्दै आफ्नो क्याम्पबाट ग्यास सिलिन्डर माग्न आएको एक व्यक्तिलाई ग्यास सिलिन्डर नदिएको केही छिनमै पैसाले भरिएको ब्याग लुटेर लगिदिएको उनले बताए । बाबाले आफ्नो पैसा लुटिएको बारे प्रहरीलाई पनि जानकारी गराएका थिए । प्रहरीले लुटेराको खोजी जारी राखेको जनाएको छ । रासस
News24Nepal

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget