Articles by "internation"

२२ फागुन, एजेन्सी।
सूर्यको प्रकाश र तापले पृथ्वीमा जीवन सम्भव बनाएको छ। सूर्यबाट आउने यहि उर्जा यूएफओ (UFO) ले नियन्त्रण गर्ने गरेको अनुसन्धानकर्ताले विश्वास गरेका छन्।

अनुसन्धानकर्ताहरुको दाबी छ कि सूर्यको वरिपरि थुप्रै उडनतस्तरि देखिएको छ। यहि हप्ता सोलार हेलिस्फोरिक अबजर्भेटरीले  पठाएको तस्बिरमा ति यूएफओ देखिएको दाबी गरिएको हो।

क्यापसनमा ‘जनताले नाशाले लुकाएको सत्य थाहा पाउनु पर्छ’ भन्दै युट्युबमा एउटा भिडियो समेत अपलोड गरिएको छ।
भिडियोमा सूर्यको वरिपरि हरियो रंगको वस्तुहरु उडेको देख्न सकिन्छ।



६-७ वर्ष पहिले पनि रुस वैज्ञानिकहरुले सूर्यको वरिपरि थुप्रै यूएफओ दैनिक उहि समयमा देखिने गरेको बताएका थिए।

ती यूएफओले आफ्नो गति बिनाकारण घटाउने बढाउने, गति नघटाइ ९० डिग्रीमा मोडिने गरेको समेत सो बखत बताइएको थियो।

पृथ्वीमा तापक्रम नियन्त्रित गर्न वा निकै शक्तिशाली उपकरणको लागि उर्जा सञ्चय गर्न ती यूएफओले सूर्यलाई नियन्त्रण गरेको हुनसक्ने अनुमान समेत लगाइएको छ।

एलियन र यूएफओ अहिलेसम्म रहस्य कै विषय रहेको छ। नासाले आधिकारिक रुपमा एलियन र यूएफओको अस्तित्वको बारेमा अहिलेसम्म बताएको छैन। पृथ्वीमा विमान, बादल, चरा, ठुला बेलुनलाई नै यूएफओ देखियो भनि विश्वभर नै चर्चा हुने गर्छ। दृष्टीभ्रम र वातावरणीय अवस्थाको कारण यहाँ केही अनौठा वस्तु उडेको देख्नासाथ एलियन अनि यूएफओको चर्चा गरिन्छ। तर सूर्यको नजिककै अधिक तापक्रम भएको ठाउँमा समेत उडिरहेका वस्तु देखिनु र ती वस्तुका व्यवहार भने आफैमा रहस्यमय छ।

मार्च महिनामा एउटा बास्केट बल कोर्ट जत्रै लामो उल्का पृथ्वीको नजिकैबाट पार हुने नासाले बताएको छ।
पृथ्वीबाट कति नजिकबाट पार हुन्छ भनि वैज्ञानिकहरुले निश्चित गरिसकेका छैनन। वैज्ञानिकहरूका अनुसार, अनुमानित १०० फिट (३० मिटर) लामो ‘टिएक्स६८’ नाम दिइएको उल्का मार्च ५ मा पृथ्वीको नजिकैबाट पार हुनेछ । यो उल्का पृथ्वीको सतहबाट सबैभन्दा नजिक १७,७०० किलोमिटरसम्म आउनेछ भने सबैभन्दा टाढा १४.५ मिलियन किलोमिटरसम्म जानेछ । “यो उल्काले अन्तरीक्षमा यात्रा गर्ने सम्भावित पथ थुप्रै भएकोले नै पृथ्वीबाट सबैभन्दा नजिकको सम्भावित दूरी पत्ता लगाउन गाह्रो भएको हो ।”, नासाका वैज्ञानिकले एक बयानमा उल्लेख गरेका छन्। यो भन्दा पहिला दुई वर्ष अगाडि मात्रै, यो ‘टिएक्स६८’ उल्का पृथ्वीबाट २ मिलियन किलोमिटरको दूरीबाट पार भएको थियो । सन् २०१३ फेब्रुअरीमा रुसी शहर ‘चेल्याबिन्स्क’को आकाशमा आएर पड्किएको उल्काले त्यहाँका अग्ला भवनमा क्षति पुर्याउनुका साथै १००० भन्दा बढि सर्वसाधारणलाई घाइते बनाएको थियो । वैज्ञानिकहरूको अनुमान अनुसार सो उल्का ६५ फिट मात्र लम्बाइको थियो। यदि ‘टिएक्स६८’ अथवा यसकै आकारको अर्को कुनै उल्का पृथ्वीमा आएर ठोक्किने हो भने चेल्याबिन्स्कको भन्दा दोब्बर क्षति हुने नासाका वैज्ञानिक बताउँछन् । सन् २०१३ अक्टोबरमा पहिलो पटक देखिएको यो उल्का भने पृथ्वीमा ठोक्किने कुनै खतरा छैन। तथापी, पृथ्वीबाट पार भएर फेरि फर्किने क्रममा सन् २०१७ सेप्टेम्बर २८ मा ठोक्किने सम्भावना रहेपनि निकै कम रहेको वैज्ञानिकहरुले बताएका छन् । -नेपली हेडलाइनबाट

– नारायण न्यौपाने
काठमाडौँ, २३ माघ । सरकारले विद्यमान जन्मकैदसम्बन्धी प्रावधानलाई संशोधन गरी १० वर्ष कैद सजाय थप गर्ने प्रस्ताव गरेको छ ।
फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, अपराधसंहितामा जन्मकैदको अवधि बढाएर ३० वर्ष पु¥याउने प्रस्ताव गरिएको हो । यद्यपि केही गम्भीर मुद्दामा आजीवन अर्थात् कसुरदार जीवित रहेसम्म कैद बस्नुपर्नेमा भने यो प्रावधान लागू हुने छैन ।
नेपालीबाट नेपालीमाथि विदेशमा हुने अपराधको क्षेत्राधिकार नेपालका न्यायिक निकायमा बिरलै हुने विद्यमान अवस्थालाई सुधार गर्दै अपराधसंहिताले बहिक्र्षेत्रीय प्रयोगसम्बन्धी स्पष्ट नयाँ कानुनी प्रबन्ध गरेको छ । नेपालका अदालतमा मुद्दा चल्न सक्ने फौजदारी कसुरको अनुसन्धान एकार्का मुलुकका अधिकार प्राप्त अनुसन्धान अधिकारीबाट हुन सक्ने कुनै मुलुकसँग सन्धि भएको रहेछ भने त्यसै अनुसार तथा तत्सम्बन्धी व्यवस्था नभएका खण्डमा पनि कूटनीतिक माध्यम मार्फत अनुसन्धान अधिकृत खटाइने छ ।
न्यायाधीशको तजबीज नहुने
कसुरको गम्भीरता बढाउने तथा घटाउने काम न्यायाधीशको तजबीजमा हुँदै आएकामा नयाँ विधेयकमा त्यससम्बन्धी प्रावधानलाई खारेज गरी कानुनमै दण्डसजायको अवधि र सीमा तोक्ने तथा मुलुकी ऐनमा बेग्ला बेग्लै महलमा रहेको तर प्रयोगमा नआएका कानुनलाई एउटै कानुनमा समेट्ने व्यवस्था पनि विधेयकमा गरिएको छ ।
आपराधिक षड्यन्त्र, उद्योग, दुरुत्साहन र मतियारको सुस्पष्ट व्याख्याका साथै बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्ने अधिकारीलाई जिम्मेवार बनाउन दण्डित गर्ने कानुनी व्यवस्था समेत विधेयकमा प्रस्ताव गरिएको छ । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका कसुरमा कसुरदारलाई नवीनतम रुपमा परिभाषित गर्दै त्यस्तो कसुर गर्नेलाई दण्डको कठघरामा उभ्याउने प्रयासको प्रबन्ध गरिएको छ ।
राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरुद्धका कसुरलाई नयाँ ढङ्गबाट परिभाषित गरिनाका साथै धर्मसम्बन्धी कसुरलाई गम्भीरतापूर्वक लिँदै छुट्टै धर्मसम्बन्धी कसुरको व्यवस्था गरिएको छ । व्यक्तिगत गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुरसम्बन्धी नयाँ व्यवस्थाका साथै फौजदारी न्यायप्रणालीको सामान्य सिद्धान्तका बारेमा ऐनमै व्याख्या हुनुपर्नेमा जोड दिइएको छ ।
विधेयकमा भएको सोसम्बन्धी व्यवस्थाले फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन, जाहेरी, पुर्पक्ष सुनुवाइ र अरु कार्यविधिसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गरी सरलीकृत र समायानुकूल तुल्याउन योगदान पुग्ने विधायन समितिका सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
माफी दिन सकिने–नसकिने
विधेयकमा केही विशेष प्रकृतिका मुद्दाबाहेक गृह मन्त्रालयमार्फत राष्ट्रपति समक्ष निवेदन दिएर सजाय माफी दिने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ । भ्रष्टाचार, जबर्जस्ती करणी, कर्तव्य ज्यान, हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ, अपहरण वा शरीर बन्धक, राष्ट्रिय तथा सार्वजनिक सम्पदाको र लागुपदार्थको ओसारपसार वा कारोबारसम्बन्धी कसुरका कसुरदारलाई माफी दिन नसकिने फौजदारी अपराधसंहिता २०७१ मा व्यवस्था गरिएको छ ।
भ्रुणावस्थादेखि मृत्युपर्यन्त, दैनिक व्यवहारदेखि राजकाज सञ्चालनसम्म अपनाउनुपर्ने सजगता तथा त्यसको पालना नहँुदा भोग्नुपर्ने दण्ड सजायका बारेमा विस्तृत रुपमा कानुनी प्रावधान समेटिएको नेपालको १६८ वर्ष पुरानो मौलिक कानुनका रुपमा रहेको मुलुकी ऐनमा रहेको व्यवस्था र समयानुकूल आवश्यकता महसुस गरिएको अन्य कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक निर्माण गरिएको हो ।
मुलुकी ऐनको मौलिकता
नयाँ संविधान निर्माणपछि मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको विधेयकलाई सर्वाधिक महत्व दिएर व्यवस्थापिका– संसद्ले काम गरिरहेको जनाउँदै सांसद कृष्णभक्त पोखरेलले मुलुकी ऐनको मौलिकता र भावनालाई प्रतिविम्बित हुन सकोस् भनेर संसदीय अभ्यासमा सो विधेयकमाथि जनताको अभिमत लिने कुरा विधेयकमा उल्लेख छ भन्नुभयो ।
विधेयकका बारेमा जनताको बढीभन्दा बढी रायसुझाव सङ्कलन गर्न सकियोस् भनेर १६ वटा पुनरावेदन बारमा पठाइनाका साथै सञ्चारमाध्यमबाट पनि गुण र दोषका बारेमा आउने टिप्पणीलाई समेटेर सुधार गर्ने व्यवस्था मिलाइएको छ ।
विधेयकमा १० वर्षभन्दा कमका बालबालिका र ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई अरु दोषी सरह समान सजाय नगरिने तथा अपराध स्वीकार गर्ने तथा अपराधको सबै सूचना दिएर न्यायालय र अनुसन्धानमा सहयोग पु¥याउनेको दण्ड सजाय छुट दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
कैदीले व्यवसाय चलाउन पाउने
संसद्को विधायन समितिका सदस्य रामनारायण बिंडारी मुलुकमा नयाँ राजनीतिक व्यवस्था र नयाँ संविधान जारी भएको परिप्रेक्ष्यमा न्यायपूर्ण, शान्तिपूर्ण र सुरक्षित समाजको सिर्जना गरी सर्वसाधारणको हित गर्न मुलुकी ऐनमा प्रयोग भएका भाषा, शब्दावली र शैलीलाई समयानुकूल बनाउन मुलुकी ऐन सहित अन्यत्र छरिएर रहेका कानुनलाई समेटेर विधेयक तयार गर्न लागिएको बताउनुभयो ।
झ्यालखानालाई सुधार गृहका रुपमा विकास र विस्तार गर्ने राज्यको नीतिअनुसार केही विशेष र गम्भीर प्रकृतिका अपराधमा संलग्नबाहेक अरुलाई घरमा बसेर र व्यवसाय गरेर पनि कैद सजाय भोग्न सकिने लचिलो कानुनी व्यवस्था अवलम्बन गरिने तथा अपराधीलाई कडा सजाय होइन, कानुनअनुसार कारबाही भोग्न बाध्य बनाउने गरी विधेयक तयार गरिन लागेको उहाँको भनाइ थियो ।
पहिला सुन्ने, पछि थुन्ने
अपराध नगरे पनि प्रहरीले मुद्दा लिएर जानासाथ अपराधमा संलग्न भएको ठहरिने व्यवस्थाको खारेजी तथा गलत मनशायका साथ अभियोजन गर्ने अधिकारी पनि दण्डको कठघरामा उभिनुपर्ने छ । ‘पहिला थुन्ने अनि सुन्ने’ होइन, अब ‘पहिला सुन्ने, अनुसन्धान गर्ने अनि मात्र थुन्ने’ कानुन निर्माण गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभएको छ ।
आगामी जेठ मसान्तसम्म पारित गरिसक्ने उद्देश्यले व्यवस्थापिका– संसद्ले विधेयकलाई अघि बढाउँदै जनताको अधिक रायसुझाव सङ्कलन गर्न सकियोस् भन्ने अपेक्षा गरेको छ । रासस
dainiknepal

भट्टराईसँग भेट होला भनेर सोचेकी पनि थिइनँ : करिस्मा (अन्तर्वार्ता)
लामो नेपाली रजतपटमा एकछत्र राज गरेकी अभिनेत्री करिस्मा मानन्धर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति प्रवेश गर्दा ठूलै तरङ्ग पैदा भयो। करिस्मा र नयाँ शक्तिको समग्र गतिविधिलाई फिल्मकै दर्जा दिँदै सामाजिक सञ्जालमा खिल्ली उडाउने काम भयो। तीन दशकभन्दा बढी कलाकारितामा बिताएर सम्मानित स्थान हासिल गरेकी करिस्माको राजनीतिक भविष्य कस्तो होला? यही सेरोफेरोमा रहेर नागरिकन्युजका लागि स्मृति ढुंगानाले गरेको अन्तर्वार्ताः


तपाइँको फिल्म फागु प्रदर्शनको तयारीमा छ, फिल्म प्रवर्द्धन गर्न छाडेर एक्कासि राजनीतितिर लाग्नु भयो नि?
राजनीति र फिल्म एक अर्कासँग मेल खाँदा रहेनछन्। दुवैको लागि समय मिलाइरहेकी छु । तराईको कथावस्तुमा आधारित 'फागु' रिलिजको तयारीमा छ। फिल्म निर्माताको हैसियतले फिल्म प्रवद्र्धनको लागि विभिन्न कार्यक्रममा सहभागी भइरहेकै छु। राजनीति प्रवेशको सही समय आएको हुँदा म त्यतातिर लागेकी हुँ। दुवैलाई मिलाएर लगिरहेकी छु ।

कलाकारितामा यति लामो समयको अनुभव भइसकेको र निकै सम्मानित स्थान पाइसकेपछि पनि किन राजनीतितिर जान आवश्यक पर्‍यो?
पछिल्लो समय म फिल्म करियरप्रति सन्तुष्ट छैन। एक किसिमको वितृष्णा उत्पन्न भएको छ। त्यसैले दुई वर्षदेखि फिल्ममा आएका भूमिका समेत नगरी यसै बसिरहेको छु। शुभचिन्तकको लागि केही म्युजिक भिडियो भने गरेँ। फागु फिल्मको टिमसँग आवद्ध भएपछि फेरि फिल्ममा देखिएको हुँ। नेपालमा राजनैतिक अस्थिरताका कारण सबै निरास छन्। त्यसैले अरुबाट आशा गर्नुभन्दा आफैँ राजनीतितिर लागेकी हुँ।

फिल्मतिर तपाइँको उपस्थिति पातलो बन्दै गएको र आफ्नो व्यापार पनि केही नभएकाले फुर्सदको समय उपयोग गर्न नयाँ शक्तितिर लाग्नुभएको हो?
ठ्याक्कै त्यस्तै भन्न नमिल्ला। राजनीतिले सबैतिर असर गरिरहेको छ। हामीमा नेतालाई गाली गर्ने प्रवृत्ति हाबी छ। म साँच्चै डा.भट्टराईको नयाँ शक्तिबाट प्रभावित छु। उहाँको नेतृत्वमा सहभागी भएर जनताको सेवा गर्न पाउनु ठूलो कुरो हो भन्ने ठानेकी छु। फेरि हामीले सबै नेताहरुलाई हेरिसकेका छौं। एकपटक आफँैले राजनीतिको केन्द्रमै रहेर काम गर्न इच्छा लागेर आएकी हुँ।

बाबुराम भट्टराई आफैँले तपाइँलाई फोन गरेर, भेटेर अफर गरेका हुन् कि तपाइँ आफैँ म पनि आउँछु भनेर जानुभएको हो?
डा.भट्टराई र उहाँको निकट व्यक्तिहरुसँग करिव एक वर्षदेखि नियमित सम्पर्कमा थिएँ। राजनीतिमा लाग्न उहाँले नै मलाई प्रोत्साहन गर्नु भएको हो। म उहाँको सोचबाट प्रभावित भएकाले निर्णय गर्न अझ ढिला पो भयो कि जस्तो लागेको छ। नयाँ शक्तिका एजेन्डालाई लिएर पछिल्लो समय करिव तीन पटकजति भेटघाट भयो। यसलाई अफर वा पछ्याएर भन्दा पनि यस्तै भेटघाट र कुराकानीको उपजको रुपमा म नयाँ शक्तितिर लागेको भनेर बुझ्दा सही हुन्छ होला।

सोह्र हजार मान्छेको ज्यान जानेगरी भएको जनयुद्धको मुख्य योजनाकार बाबुराम भट्टराईलाई पछ्याउँदै नेता बन्छु भन्ने निर्णयमा पुग्न तपाइँलाई कति समय लाग्यो ?
पछिल्लो चुनावपछि देशमा उत्पन्न स्थितिलाई लिएर निराश भएको थिएँ। युवा जुटेर केही गर्ने सोच थियो । करिव १ वर्षको अन्योलपछि सही ठाँउ र सही सोचाई आवश्यक छ भन्ने लागेर नयाँ शक्ति प्रवेश गरेकी हुँ। त्यही एक वर्ष राजनीति भनौं वा नयाँ शक्ति प्रवेशका लागि भनौं मैले चिन्तन मनन्मा बिताए। भटराईको टोलीमा बसेर काम गरौंला भनेर कहिलै सोचेकी थिइनँ। जीवनमा भेटघाट होला भन्ने पनि ठानेकी थिइनँ। अहिले मलाई उहाँको नेतृत्वमा जनताको सेवा गर्न सक्छु भन्ने लागेको छ ।

भिडियो हेर्नुस्



नेता बनेर तपाइँले गर्न चाहेका योजना वा सपना के छन्?
पछिल्लो समय मैले गर्दै आएको काम अर्थात् कलाकारिताप्रति रुचि कम हुँदै गएको थियो। म सन्तुष्ट थिइनँ। फिल्म निर्देशनमा हात हालौं कि भनेर सोच्दै गर्दा फागु टिमसँग आवद्ध भएँ। अब समाजका लागि केही गर्नुपर्छ, देशका लागि केही गर्नुपर्छ भन्दा राजनीति आइहाल्दो रहेछ। हाम्रो देशमा धेरै कुराहरु राजनीति केन्द्रित छन्। त्यसैले जनताको सेवा गर्न राजनीतितिर लागेकी हुँ।

राजनीतिमा तपाइँको लक्ष्य कहाँसम्म पुग्छु भन्ने हो ? मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति त्यस्तो केही छ?
जनताको सेवा गर्न राजनीति यात्रा सुरु गरेको हुँ। पदको लोभले राजनीतिमा नआएको हुँदा सेवा गर्न उत्साहित छु । पदको लोभ हुन्थ्यो भने धेरैअघि राजनीति सुरु गरिसक्थेँ होला। म नितान्त जनताको सेवा गर्न राजनीतिमा लागेकी हुँ।

तपाइँ नयाँ शक्तिमा प्रवेश गरेपछि फ्यानहरुले रिसाएर पोष्टर नै डिजाइन गरेर सामाजिक सञ्जालमा राखेको सम्म भेटियो। उनीहरुलाई के भन्नुहुन्छ?
त्यसरी गाली गर्नेहरु मेरा फ्यान होइनन् जस्तो लाग्छ। मेरो फ्यानहरुले मलाई गरेको प्रतिक्रिया त्यो होइन जस्तो लाग्छ। नेपाली राजनीतिमा जोडिने बित्तिकै कोही नराम्रो भयो भन्ने मिल्दैन। पछिल्लो समय नेपाली राजनीतिले सबै जनतालाई निराश बनाएको छ। सामाजिक सञ्जालमा पनि त्यही वितृष्णा देखिएको हुनुपर्छ। विस्तारै उहाँहरुले नेपाली राजनीतिलाई सम्मान गर्नुहुनेछ भन्नेमा म आशावादी छु।

अनि तपाइँको परिवार त कांग्रेस समर्थक हुन् तपाइँ बाबुरामको पार्टीको ठुलै नेताको रुपमा देखिनुभएको छ। परिवार सबै खुशी छन् त ?
घरपरिवारको साथ नभएको भए मैलेमात्र एक्लै राजनीतिमा लागेर समाज र जनताको सेवा गर्नु भनेर निर्णय गर्न सक्ने थिइन्। अहिले देशमा जातियता, संघियता र अखण्डताका विषय उठिरहेका छन्। मलाई लाग्छ हामी सबैजना सर्वप्रथम नेपाली हुनुपर्छ। म यही सोचका साथ नयाँ शक्ति प्रवेश गरेकी हुँ। मेरो यही सोचले गर्दा परिवारले समेत साथ दिएको छ। आगामी दिनमा मेरो परिवारमा राजनीतिलाई लिएर समस्या उत्पन्न हुनेछैन्। मेरो निर्णयमा श्रीमानको समर्थन पाएकी छु। मेरी आमा समेत अचेल राजनीतिक गतिविधिबारे धेरै जानकारी राख्नुहुन्छ। उहाँ आफैँ मेरो प्रिय नेता डा.भट्टराई हुनुहुन्छ। मेरो राजनीतिमा प्रवेशको खबरले आमा समेत उत्साही छिन्।

पार्टीहरुले हिरोइनलाई एउटा सो पिसको रुपमा देखाएर जनतालाई भुलभुलाईमा पार्ने प्रचलन पनि देखिएको छ । तपाइँको भूमिका चाहिँ पार्टीभित्र के हो?
अहिलेसम्म पार्टीको सिद्धान्त बुझ्नै लागिपरेको छु। नयाँ शक्तिमा लागेका मध्ये म आफ्नो भूमिकाबारे अनविज्ञ नै छु। त्यसैले पार्टीको सबै कुराहरु थाहा पाउन मलाई केही समय लाग्छ। अहिले म नयाँ नै छु। मुद्दाहरु बुझ्न, पार्टीको नीति र रणनीतिहरु थाहा पाउन गृहकार्य गर्दैछु।
nagariknews

अभिताभ बच्चनको लोकप्रियता झन्झन् चुलिँदो छ । हालै ‘अतुल्य भारत’ का ब्राण्ड एम्बेसडर बनेका बच्च्चन ट्विटरमा भारतकै सबैभन्दा शक्तिशाली देखिएका छन् ।

ट्विटरमा उनलाई पछ्याउनेको संख्या १.९ करोड पुगेको छ । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीभन्दा अगाडी छन् । मोदीलाई १.७५ करोडले पछ्याएका छन् । मोदीपछि बलिउडका तीन खानले कब्जा जमाएका छन् ।
तीन खानमध्ये सबैभन्दा शक्तिशाली बलिउडका ‘बादशाह’ शाहरुख खान रहेका छन् दोस्रो र तेस्रोमा क्रमशः आमिर खान र सलमान खान रहेका छन् । शाहरुख, आमिर र सलमानलाई क्रमशः १.७५, १.६२ र १.५८ करोडले पछ्याएका छन् ।

भारतमा सबैभन्दा धेरै फलोअर्स भएका अमिताभले आफ्नो फिल्म ‘सत्ता से पत्ता’ ले ३४ वर्ष पार गरेको उपलक्ष्यमा खुशी बाँडेका छन् ।

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको मूल्य १०९ रुपैयाँ २४ पैसा तोकेको छ । जुन यसअघिको रेकर्डभन्दा २१ पैसाले वढी नेपाल राष्ट्र बैकले जनाएको छ ।
यसअघि अमेरिकी डलर २०७० भदौ १९ गते सबैभन्दा उच्च मूल्यमा पुगेको थियो । सो दिन डलरको भाउले १ सय ९ रुपैयाँ ३ पैसा कारोवार भएको थियो । अमेरिकी डलरले १ सय १० रुपैयाँ नाघ्न सक्ने सञ्चाल माध्यमहरुले जनाएका छन् । अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर भारुका आधारमा निर्धारण हुन्छ । १४ बर्षअघि सरकारले एक सय भारु बराबर एक सय ६० रुपैयाँ नेपाली रुपैयाँ हुने निर्धारण गरेपछि त्यही अनुसार भारु कमजोर हुँदा नेपालमा पनि डलरको मूल्य बढ्छ । अमेरिकी अर्थतन्त्र सवल हुँदै गएको तथा चिनियाँ अर्थतन्त्र पछिल्लो समय कमजोर भएको तथ्यांकहरु सार्वजनिक भइरहेका बेला डलरले नयाँ उचाइ छोएको राष्ट्र बैंकले जनाएको छ । डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ । डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ । बस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ । डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा वढी नोक्सान हुन्छ । आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित पर्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी हुर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । डलर वढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरित्त भार पर्छ । डलर वृद्धिले बजेट घाटा बढ्ने राष्ट्र बैंकले जनाएको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget