संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सुरु गरेको संयुक्त सैन्य अभ्यासमा ठुलो शक्ति प्रदर्शन गरिएको छ। उतर कोरियाको सुरक्षा व्यवस्थासंग कसरी जुध्न सकिन्छ, संयुक्त सैन्य अभ्यासमा शक्ति प्रदर्शन गरिएको छ। बढ्दो तनाव र उत्तर कोरियाले दिएको दुश्मन सिद्धाउने चेतावनीका बीच यस्तो सैन्य अभ्यास सुरु गरिएको हो।
जमिन, पानी र हावाको युद्धकला सैन्य अभ्यासमा प्रस्तुत गरिएको छ। ८ हप्तासम्म चल्ने यो अभ्यास अहिलेसम्मकै ठुलो संयुक्त अभ्यास भएको जनाइएको छ।
जनवरीमा उत्तर कोरियाको आफ्नो चौथो परमाणु परिक्षण र लगतै लामो दुरीको रकेट प्रक्षेपण गरेपछि संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथी अहिलेसम्मकै कडा प्रतिबन्ध लगाइसकेको छ।
संयुक्त अभ्यासमा अमेरिकाको ५५ वायुयान र ३० वटा अमेरिका र दक्षिण कोरियाको पानीजहाज दक्षिण कोरियाको पोह्याङ सहर नजिक अभ्यासमा लगाइएको छ।
गैर उत्तेजक बताइएको अभ्यासमा १७,००० अमेरिकी सेना र ३००,००० भन्दा बढी दक्षिण कोरियाली सेना सहभागी छन्।
nepaliheadlines
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.