भट्टराईको नयाँ शक्तिले झण्डा छान्यो

काठमाडौँ,  पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले रातो पृष्ठभुमिमा सेतो पाचकुने तारा अंकित चार कुने झण्डालाई पार्टीको झण्डाका रुपमा प्रयोग गर्ने निर्णय  गरेको छ ।


शुक्रबार भट्टराईको अध्यक्षतामा बसेको बैठकले पार्टीको झण्डा तय गरेको हो । नयाँ शक्तिले पार्टीको झण्डा सिफारिसका लागि केहिदिन अघि सार्वजनिक आह्वान गरेको थियो । तर तय गरिएको झण्डा कसले डिजाइन गरेर सिफारिस गरेको हो भन्ने उसले केहि खुलाएको छैन ।

नयाँ शक्तिको बैठकले गरेको अरु निर्णयका बुँदा :

पार्टीको यतिवेलाको पहिलो कार्यभार संगठन निर्माण नै हो यसकालागि सदस्यता वितरण पहिलो शर्त हो । यसैलाई ध्यानमा राखी देशैभरी पार्टीप्रति रहेको आकर्षणलाई संगठनमा वदल्न सदस्यता वितरण अभियानलाई ध्यानमा राखी निम्न मिति र स्थानहरुमा वृहत अन्तरकृया कार्यक्रम संचालन गर्ने निर्णय गरिएको छ ।

१२ गते विराटनगरः सम्वन्धित पार्टीसंगको समन्वयमा विशेष संयोजन सचिवालय सदस्य पासाड शेर्पाले गर्नुहुनेछ

१४ गते विरगन्जः सम्वन्धित पार्टीसंगको समन्वयमा विशेष संयोजन सचिवालय सदस्य रामचन्द्र झाले गर्नुहुनेछ ।

१६ गते नेपालगन्जः सम्वन्धित पार्टीसंगको समन्वयमा विशेष संयोजन सचिवालय सदस्य सुरेन्द्र चौधरीले गर्नुहुनेछ ।

२० गते काठमाण्डौ सम्वन्धित पार्टीसंगको समन्वयमा विशेष संयोजन कार्यालयले गर्ने गरी जिम्मेवारी तोकिएकोछ ।

 प्रादेशिक सम्पर्क परिषद :

देशैभरीवाट विभिन्न काम विशेषले काठमाण्डौमा वस्ने समर्थक शुभचिन्तकहरुलाई संगठित गर्न जिल्लास्तरको मान्यता  रहनेगरी प्रादेशिक सम्पर्क परिषद गर्ने निर्णय गरिएकोछ । जसमा सचिवालय सदस्य विरेन्द्र पोखरेललाई संयोजक र अन्तरिम केन्द्रिय परिषद सदस्य कृष्ण शर्मा सहसंयोजक तोकिएकोछ ।

तराई मधेशको समस्यालाई विषय केन्द्रित भै समाधान गर्ने हेतुले मधेश समस्या वारेमा अध्ययन गरी एक हप्ता भित्र कार्यालयसंग समन्वय गरी प्रतिवेदन तयार गर्ने गरी सुरेन्द्र चौधरी, पासाड शेर्पा मुक्ति प्रधान तोकिएकोछ ।

कार्यक्रम संचालन व्यवस्थित र प्रभावकारी ढंगले संचालन गर्न कार्यक्रम संचालन निर्देशिका पारित गरिएको छ । कार्यक्रम तयारीलाई प्रभावकारी वनाउनकालागि कम्तिमा एक हप्ताअघि सम्वन्धित समितिको निर्णय गरेर कार्यक्रम निर्धारण गर्ने, कार्यक्रमको विवरण, कामको जिम्मेवारी वाँडफाड, आम्दानीको खर्च पारदर्शिताको सुनिश्चित गर्ने विधि अवलम्वन गर्ने र व्यवस्थापन सरल र मितव्ययी वनाउने वारेमा ध्यान दिने निर्णय गरिएको छ । कार्यक्रममा मध्यपान धुम्रपान पुर्ण प्रतिवन्धित गरिएको छ ।

कार्यक्रम संचालन समयलाई ध्यान दिने,राष्ट्रिय गानवाट शहिदप्रति श्रद्धान्जलीवाट आरम्भ गर्ने अनावश्यक आशनग्रहण लम्मेतान भाषण र वक्ताहरुको ताती लाग्ने प्रवृत्तिको अन्त गर्ने सोकालागि संयोजकले नै कार्यक्रम संचालन गर्ने आशन ग्रहणको परम्परा अन्त गर्ने माला खादा अविर जस्ता फजुल खर्चिला काम केही नगर्ने लगायतका निर्णयहरु ग्रिएको छ ।

पार्टीको झण्डा वारे, रातो पृष्ठभुमिमा सेतो पाचकुने तारा अंकित चार कुने झण्डा लाई पार्टीको झण्डाका रुपमा प्रयोग गर्ने निर्णय गरिएको छ ।

आर्थिक कार्यविधि पारदर्शि र विश्वसनीय वनाउन आर्थिक कार्यविधि व्यापक छलफल सहित पारित गरिएकोछ ।

स्थानिय निकायमा पार्टीको संलग्नता नगराएका निकायहरुमा सहभागिताकालागि पहल गरी सहभागिता लिने निर्णय गरिएको छ ।

जनता समक्ष उत्तरदायीत्वको ग्यारेण्टी गर्नहेतु छिटै जनलोकपालको व्यवस्था गरी काम कारवाही व्यवस्थित ढंगले अघि वढाउने र सो जनलोकपाल नवन्दासम्म सचिवालय सदस्य खिमलाल देवकोटा मुक्ति प्रधानले सो जिम्मेवारी सम्पन्न गर्ने गरी तोकिएकोछ ।

अन्तरिम केन्द्रिय परिषदमा केही सदस्यहरु थप गर्ने निर्णय गरिएको छ ।

अर्को वैठक देशैभरी तोकिएका शहरहरुमा अभियानकै रुपमा अन्तरक्रिया सम्पन्न गरे पछि समिक्षा सहित वैठक वस्ने गरी सचिवलायले गरेका निर्णयहरु त्दारुकताकासाथ कार्यान्वयन गर्न आग्रह गर्दै संयोजकले आजको वैठक स्थगित गर्नुभयो ।
News24Nepal

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget