Articles by "Business"

काठमाडौं, चैत २ । पछिल्ला दिन उकालो लाग्दै आएको सुनको भाउमा मंगलबार उल्लेख्य गिरावट आयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेर ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार ५६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको चाँदीको भाउ पनि ५ रुपैयाँ सस्तिएर ७ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १२ सय ३३ डलर हाराहारीमा आइरहेको थियो ।
imagekhabar

महानगर यातायात प्राइभेट लिमिटेडद्वारा सञ्चालित महानगर यातायातको बस चलेको दोस्रो दिनमै ढुंगा प्रहार भएको छ। सोमबार मध्यान्ह बा ४ ख १०६ नम्बरको बसमा बल्खु चोकमा नै ढुंगा प्रहार भएको प्रहरीले जनाएको छ । ढुंगा कसले र किन हानेको भन्ने बारेमा केही खुल्न नसकेको काठमाडौं प्रहरीले जनाएको छ। ढुंगा प्रहारबाट बसको सिसा फुटेको छ।

सहचालक नारायणप्रसाद सुवेदीले ढुंगा प्रहारबाट बसको सिसा फुटेपनि यात्रुहरु भने सकुशल रहेको बताए। बस रोक्न लागेको बेला ढुंगा प्रहार भएको उनले बताए। बसमा सवार गरिरहेका यात्रु निश्चल घिमिरेले साथीसंग गफ गरेर बसिरहेका बेला ढुंगा प्रहार भएको बताए। उनी घाइते नभएपनि फुटेको सिसा उनको जिउमा आएर ठोक्किएको थियो। महानगर यातायात प्रालिका अध्यक्ष मधुसुदन अधिकारीले भने अहिले सम्म कस्ले ढुङ्गा हान्यो भन्ने बारेमा कुनै पत्ता नलागेको बताए।

उनले भने ‘गाडीमा ढुङ्गा प्रहारपछि हामीले प्रहरीलाई जानकारी गराएका छौँ अध्ययनपश्चात मात्रै कस्ले ढुङ्गा हान्यो भन्ने बारेमा थाहा हुनेछ। ’ वर्षौदेखि रिङरोडमा बस र माइक्रो चलाइरहेकाहरुले बेला बेलामा बस नचलाउन धम्की दिने गरेको र त्यही समूहले ढुंगा प्रहार गरेको हुन सक्ने उनले बताए।
onelinekhabar

काठमाडौं, ३० फागुन । विवादित विराट पेट्रोलियम कम्पनि अन्ततः पेट्रोलको मुल्य घटाउन बाध्य भएको छ ।
अब उसले ९९ रूपैयाँ प्रतिलिटरमा पेट्रोल बिक्री गर्न थालेको छ । शनिबारसम्म सोही तेल १ सय ३० रूपैया प्रतिलिटरमा बिक्री गर्दै आएको थियो ।
१ सय ३० मा बिक्री सुरू गर्दा चौतर्फी आलोचना तथा विरोध भएपछि विराट पछि हटेको हो ।
नेपाल आयल निगमले ९९ रूपैयाँ प्रति लिटरमा बिक्री गरिरहेको पेट्रोल विराटले युरो-४ मापदण्ड र अन्य विभिन्न कारण देखाउँदै१ सय ३० मा बिक्री गर्दै आएको थियो ।
आइतबार बिहानदेखि नयाँ मूल्य ९९ प्रतिलिटर बिक्री गर्न मिल्नेगरी विराटले पेट्रोल उपलब्ध गराएको त्रिपुरेश्वरस्थित जयन्ती आयल स्टोरका व्यवस्थापक राजकुमार महर्जनले बताए । जयन्ती आयल स्टोरलाई नेपाल आयल निगमले विराटकै मूल्यमा बिक्री गर्न अनुमति दिएको थियो ।
dainiknepal

संयुक्त राज्य अमेरिकाबाट प्रकाशन हुने चर्चित म्यागेजिन ‘फोब्र्स’ले सन् २०१६ का विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरीलाई पुनःसमावेश गराएको छ ।

चौधरी समूहका अध्यक्ष चौधरीको सम्पत्ति १.१ बिलियन अमेरिकी डलर अर्थात् करिब रु एक खर्ब १० अर्ब रहेको ‘फोब्र्स’ले उल्लेख गरेको छ । म्यागेजिनले बुधबार सार्वजनिक गरेको सूचीमा उहाँलाई विश्वका अर्बपतिको एक हजार ५७७ औं स्थानमा राखेको छ । चौधरीका भारत, बङ्गलादेश, श्रीलङ्का, सर्बिया, साउदी अरब, रुवान्डा लगायतका देशमा लगानी छ । नबिल बैंक एवम् सिजी इलेक्ट्रोनिक लगायत कम्पनीका मालिक ६० वर्षीय चौधरीले गत वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट भत्किएका विद्यालय एवम् घर निर्माणका लागि २.५ मिलियन डलर अर्थात् रु २५ करोड सहयोग गर्नुभएको फोब्र्सले उल्लेख गरेको छ । उक्त म्यागेजिनले विश्वको एक नं सूचीमा अमेरिकी खर्बपति बिल गेट्स नै परेको उल्लेख गरेको छ ।


News24Nepal

 काठमाडौं । भारतले हाल दिइरहेको ग्यासको तुलनामा चीनबाट ल्याउँदा प्रतिसिलिन्डर सय रुपैयाँ सस्तो पर्ने देखिएको छ । आपूर्ति मन्त्रालयका सहसचिव उत्तम नागिलाको नेतृत्वमा चीन गएको टोलीले गरेको अध्ययन अनुसार नेपालले सस्तोमा ग्यास पाउने देखिएको  छ ।

चिनियाँ कम्पनी साइनो प्याक्सले भारतको भन्दा कम मूल्यमा ग्यास प्रस्ताव गरेको छ ।  साइनो प्याक्सले प्रतिकिलो ग्यास ३.५ चिनियाँ युआन(५८ रुपैयाँ) मा दिन सकिने प्रस्ताव नेपाललाई गरेको छ । यो चीनको स्थानीय करसहितको मूल्य हो ।

प्रतिसिलिन्डर अर्थात १४ं२ किलो ग्यासलाई ८ सय २३ रुपैयाँ पर्छ । भारतीय आयल कर्पोरेशन रक्सौलमा प्रतिसिलिन्डर ग्यासको मूल्य ९ सय २२ रुपैयाँ पर्छ । राजश्व र मूल्य अभिवृद्धि करसहित मूल्उ २०७ रुपैयाँ थपिन्छ । ढुवानी, कमिसनलगायत खर्च जोड्दा उपभोक्ताले १ हजार ४०० रुपैयाँमा किनिरहेका छन् । सो मूल्यमा नेपाल आयल निगमलाई प्रतिसिलिन्डर ९७ रुपैया घाटा छ ।

यो हिसावमा चीनको ग्यास निकै सस्तो छ । ढुवानी जोड्दा पनि भारतको भन्दा सस्तो हुन्छ । चर, नेपाल तर्फको सडक कच्ची भएकाले समस्या हुने मन्त्रालयका सहसचिव नागिलाले भने ।कारोबार दैनिकमा खबर छ ।

२७ फागुन, काठमाडौं ।

नेपालमा सबैभन्दा बढी ग्राहक भएको टेलिकम कम्पनी नेपाल टेलिकमको ‘सिस्टम कन्ट्रोल’ ह्याकरको हातमा पुगेको छ । ह्याकरहरूले नेपाल टेलिकमको सिस्टम ह्याक गरेर आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका हुन् ।

यद्यपी टेलिकमले यो दावी अस्वीकार गर्दै ‘सिस्टम कन्ट्रोल’ आफ्नो प्रणालीमै सीमित रहेको जानकारी दिएको छ । केही दिन यता सामाजिक सञ्जालमा फेलिएको एक म्यासेजमा ह्याकरले नेपाल टेलिकमभित्र ठूलो स्तरमा ‘भ्रष्टाचार’ भइरहेको र त्यो उनीहरूले अनुगमन गरिरहेको दाबी गरेका छन् ।


टेलिकमले ग्राहकलाई एडिएसएलबाट र ब्रोडब्यान्डबाट पाँचदेखि ६ एमबी डाटा पठाउनुपर्नेमा एक एमबी वा त्योभन्दा कम पठाइरहेको उनीहरूको दाबी छ ।

टेलिकमभित्र भ्रष्टचार बढिरहेको, ग्राहकले किनेको भन्दा कम डाटा पठाएको आफूहरुले फेला पारेको ह्याकर बताउनेले फेसबुक वालमा दाबी गरेका छन् । ‘हामी तिमीहरूलाई हेरिरहेका छौं, हेरिरहेका थियौं र हेरिरहने छौं, उनीहरुको दावी छ ‘हामीलाई एनटिसीमा दर्ता भएको तपाईंको प्राइभेट नम्बर पठाउनुस्, हामी तपाईंको पूर्ण विवरण पठाउँछौं’ह्याकरको फेसुबुक म्यासेजमा भनिएको छ ।


काठमाडौं । चीनले नेपाललाई खाना पकाउने ग्यास दिने भएको छ । चीननको सरकारी स्वामित्वको चाइना नेसनल पेट्रोलियम कर्पोरेसनको चाइना नेसनल पेट्रोलियम कर्पोरेसनले ग्यास दिने प्रस्ताव सरकारसमक्ष गरेपछि छलफलका लागि दुई सदस्यीय नेपाली टोली चीन पुगेको  छ ।

स्रोतका अनुसार आपूर्ति मन्त्रालयका महासचिव उत्तम नागिला र आयल निगमका निर्देशक वीरेन्द्र गोइत सोमबार चीन गएका हुन् । ‘चीनले १५ दिनअघि नै नेपालको आवश्यकता अनुसार ग्यास दिने गरी प्रस्ताव गरेको थियो । ‘स्रोतले भन्यो, सिएनपिसीका प्रतिनिधिनै नेपाल आएर प्रस्ताव गरेका थिए । तर ढिला गरि दुई सदस्यीय नेपाली टोली चीन गएको हो ।

सरकारी स्वामित्वको सिएनपिसी मातहतको पेट्रो चाइनाले ग्यास कारोबार गर्न बेग्लै कम्पनी खडा गरेको छ । सोही कम्पनीले नेपाललाई मागे जति ग्यास सिदने प्रस्ताव गरेको हो । चीनले नेपालकै उद्योगसम्म ग्यास ल्याइदिने प्रस्ताव गरे पनि सरकारले गम्भीरतापूर्वक नलिएको स्रोतले बतायो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ



पैसा र सफलता कडा  मिहिनेत र परिश्रमिले मात्रै कमाउन सकिन्छ भन्ने उदाहरण हुन् नवलपरासी गैंडाकोटका देव घिमिरे।
करिब नौ बर्ष अगाडि २००७ मा वृद्धवृद्धाको हेरविचार गर्ने (केयर गिभर) भिषामा इजरायल आइपुगेका उनको ठूलो महत्वकांक्षा थिएन। मासिक तलब पैतालिस पचास हजारमा सन्तुस्ट थिए उनी। चारपाँच वर्ष विदेशमा दु:ख गरिसकेपछि नेपाल फर्किएर एउटा घर बनाउने र व्यापारव्यवसायगरेर बस्ने सोच थियो उनको। तर, आज उनी इजरायलमै करौडौंको मालिक बनेका छन्।
सुरुका दिनमा भनेजस्तो काम नपाएर दिक्क भएका उनलाई कर्मले डोहोर्‍याउँदै 'ज्ञाने याभ्ने' भन्ने इजरायलको एउटा गाउँमा पुरर्‍यायो।त्यहाँ उनी करिब असि बर्षको बृद्दको हेरविचार गर्थे।
केहिसमयमा नै उनले घरको पछाडि पैसा फल्ने ठाउँ यत्तिकै खेर गइराखेको देखे। त्यो पैसा फल्ने ठाउँ थियो- घर मालिकको बाँझो जमिन।

उनले त्यो खालि जमिनमा नेपाली रायोको साग रोपे। शुक्रबार-शनिबार नेपालीहरु छुट्टि मनाउन जम्मा हुने मुख्य ठाउँ तेलअविबमा शहरमा बेच्ने सोच बनाए।
उनले जमिनको मालिकसँग आफ्नो सोच सुनाए। सिंचाइका पानी लगायत अन्य रकम आफै व्यहोर्ने बताए। मनकारी मालिकले तुरुन्तै मन्जुरी दिए।
पहिलो फटकमा दश मुठ्ठा साग ‍बेचे। अहिले करिब एक कट्ठमा साग खेती गर्छन्। उनका  मुख्य ग्राहक नेपाली तथा भारतीय र श्रीलंकन हुन् ।
खाली हात बस्न नरुचाउने स्वभावका देवसँग नियमित काम र साग खेतीको अलावा अरु बाँकि केहि समय थियो। त्यो समयमा स्थानीय अरबिको खसी-बोका फार्ममा गएर खसी काटेर नेपालीहरुलाई खसीको मासु बेच्न थाले।
सुरुमा एउटा खसीको मासु बेच्न धौधौ पर्थ्यो उनलाई। अहिले प्रतिमहिना पाँच-सात सिंगो खसीको मासु सजिलै बेच्छन्। त्यस्तै चाडपर्वको बेलामा खसीको मासुको माग उनले धान्नै सक्दैनन्।
हँसिला-फुर्तिला  देखिने दुई जवान छोराका बाबु देव विदेशी भूमिमा  नेपालकै जस्तो रायो साग अनि खसीको मासु नेपालीलाई खुवाउन सकेकोमा धेरै खुसी छन्।
मेहनेती र मिजासिला स्वभावका देव बिहान सामान्यत चाँर बजेतिरै उठ्छन् र दिनभरी काम गर्छन्। उनको आरामको समय भनेको राति मात्रै हो। अझै केहिवर्ष यतै बसेर सकेको मेहनेत गर्ने, पैसा कमाउने र आफ्नै देश नेपाल गएर रमाइलो घुमाघाम गर्ने बताउँछन्।
नियमित  तलब बाहेक महिनाको चार-पाँच लाख रुपैंया आम्दानी हुन्छ उनको। उनकी जीवनसंगिनी सुमित्रा घिमिरे पनि देवसँगै काममा खट्छिन्।
 विश्वको जुनसुकै कुनामा भएपनि  मेहेनती मानिसहरुको पछाडि मात्रै  पैसा दौडने विश्वास भएका देव विदेशी भूमिमा नाम र दाम कमाउन सफल छन्।

काठमाडौं –साताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ । सुन तोलाको रु ५ सय घटेर आइतबार ५६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रबार सुन तोलाको ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने केही सातादेखि सुनको लगातार भाउ बढेकोबढ्यै छ । बिहेको सिजनमा सुनको भाउ बढ्ढा सर्वसाधारण मारमा परेका छन् ।

यसैबीच आइतबार चाँदी १० रुपैयाँले घटेर तोलाको सात सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ratopati

२०७२ फाल्गुन ११ मंगलवार

एजेन्सी: जाट आन्दोलनका कारण कारण उत्तर भारतीय राज्यमा आर्थिक गतिविधि ठप्प हुँदा ३४ खर्ब भारतीय रुपैयाँ घाटा भएको छ ।

यसको आँकलन गरेको संगठन उद्योग मन्डल पिएचडी च्याम्बरले आपूर्ति ठप्प हुँदा अतिआवाश्कयक सामानहरुको भाउले पनि आकाश छुने अनुमान गरिएको छ ।


पीएचडी च्याम्बरका अध्यक्ष महेश गुप्ताले भने, 'केवल हरियाणामात्रै होइन उत्तर भारतका राज्यमा आर्थिक गतिविधि ठप्प हुँदा जरूरी सामानको आपूर्ति प्रभावित भएको छ । यस्तोमा मुद्रास्फितिमा यसको प्रभावलाई नजरअन्दाज गर्न सकिन्न ।'

गुप्ताका अनुसार रेलवे, सडक, यात्री बस, मालवाहक ढुवानीका साधन रोकिँदा वित्तीय सेवामा कमी, विनिर्माण, बिजुली र निर्माण समेत उद्योग क्षेत्रमा राज्यको जिएसडीपीमा आर्थिक वर्ष २०१५-१० को अन्तिम त्रैमासिकमा ठूलो नोक्सान हुने देखिएको छ ।

उद्योग मण्डलका अनुसार पर्यटन क्षेत्र, परिवहन एवम् वित्तीय सेवासमेत अन्य सेवा गतिविधिमा आन्दोलनका कारण १८ हजार करोड रुपैयाँको नोक्सानी भएको अनुमान गरिएको छ ।

यसका अलावा विनिर्माण, बिजुली, निर्माण गतिविधि एवम् खाद्य वस्तुमा भएको नोक्सानीका कारण औद्योगिक एवं कृषि कारोबार गतिविधिमा १२ हजार करोड रुपैयाँको नोक्सान भएको छ।

साथै सडक, रस्टुरा, बस स्ट्यान्ड, रेलवे स्टेशन समेत अन्य पूर्वाधारमा गरिएको तोडफोडबाट चार हजार करोड रुपैयाँको नोक्सान भएको अनुमान गरिएको छ । यसरी जाट आन्दोलनका कारण ३४ हजार करोड रुपैयाँको नोक्सानी भएको अनुमान गरिएको हो ।

नोक्सानीको यो आकलन हरियाणा, पञ्जाब, दिल्ली, चन्डीगढ, राजस्थान, उत्तराखन्ड, उत्तर प्रदेश, जम्मू कश्मीर र हिमाञ्चल प्रदेश समेत उत्तरी राज्यमा गरिएको हो । उद्योग मण्डलका अनुसार देशका सबै घरेलु उत्पादमा यी राज्यको योगदान करिब ३२ प्रतिशत रहेको छ ।

जाट प्रदर्शनकारीको आन्दोलन आइतबार हरियाणापछि दिल्ली र पश्चिमी यूपीमा पनि फेलिएको थियो । मुजफ्फरनगर र हापुडमा पनि सडक र रेल जाम गरियो ।

आन्दोलनले दिल्लीबासे चन्डीगढका लागि बस र रेल बन्द हुँदा एयरलाइन्स कम्पनीले भाडा १५ हजार रुपैयाँसम्म बढाएका छन् । आन्दोलन अघि भाडा २५ सयदेखि तीन हजारसम्म थियो ।
annapurnapost

अावश्यकता अनुसार तेल पाइने, स्टक राख्नेलाई कारवाही
नेपाल आयल निगमले इन्धनको अभावका बेला बाँडिने पेट्रोलको परिमाणमा लागू गरेको प्रणाली पूर्णरुपमा खारेज गरेको छ।

नाका सहज भएपछि निजी गाडी तथा मोटरसाइकल-स्कुटरलाई पेट्रोल वितरण गर्न निगमले निश्चित परिमाणमा मात्र तेल दिने नियम लागू गरेको थियो जसमा निजी कार-जीपले एकपटकमा १५ लिटर र दुई पांग्रेले ५ लिटर पेट्रोल पाउने व्यवस्था थियो।

यो व्यवस्था आज निगमले खारेज गर्दै अब आवश्यकता अनुसार पेट्रोल पाउन सकिने बताएको छ। अब पेट्रोलको परिमाणमा कुनै निश्चित नियम नभएका कारण स्टक नराख्न पनि निगमले आग्रह गरेको छ। स्टक राखेको कतै फेला पारेमा निगमले कारवाही गर्ने चेतावनी पनि दिएको छ।

त्यस्तै निगमले आजबाट नै उद्योगीहरुलाई पूरा सिलिण्डर ग्यास भरेर बजारमा पठाउने पनि अनुमति दिएको छ।
सेतोपाटी

सहज हुन भने अझै समय लाग्ने लाग्ने
आधा सिलिण्डर ग्यास भर्दै आएका उद्योगीले अाज सोमरबारबाट पूरा सिलिण्डर ग्यास बजारमा ल्याउने भएका छन्।

नेपालको सामान्य अवस्थामा माग हुने ग्यास बुलेट आयात नभएपनि करिब एक महिनादेखि उद्योगीहरुले पूरा सिलिण्डर भर्न माग गर्दै आपूर्ति मन्त्रालय र निगमलाई पत्राचार गरिरहेको थिए। अन्ततः मन्त्रालयले उद्योगीहरुको माग अनुसार पूरा सिलिण्डर ग्यास भर्न आजबाट निर्देशन दिने तयारी गरेको मन्त्रालयले जनाएको छ।मन्त्रालयले उद्योगीले भर्दै आएको आधा सिलिण्डरबाट पूरा अर्थात् १४.२ किलो भर्न निर्देशन दिन आज पत्रकार सम्मेलन समेत राखेको  छ।

यो निर्णय पारित भएसँगै अाजैबाट बजारमा पूरा सिलिण्डर ग्यास पठाइने र उपभोक्ताले करिब ५ महिनापछि भोलिदेखि ग्यास पाउने घिमिरेको तर्क छ।

उद्योगीहरुले भने आयात बढेको भन्दै फागुन ४ गतेबाट नै पूरा सिलिण्डर ग्यास भर्ने तयारी गरेर बसेको नेपाल एलपी ग्यास संघका अध्यक्ष शिव घिमिरेले बताए।

अाजबाट पूरा सिलिण्डर ग्यास बजारमा आएपनि सहज रुपमा उपभोक्ताले पाउन भने अझै केही समय लाग्ने घिमिरेले सेतोपाटीसँग बताए। त्यस्तै बजारमा गइसकेका अाधा सिलिण्डर ग्यास नसकुन्जेल विक्रेताले ती नै ग्यास बेच्ने पनि उनले बताए।

आधा सिलिण्डर ग्यास बजार पठाउँदा ढुवानी लागत महँगिन गएको र सर्वसाधारणले पनि चाँडो चाँडो माग गरेकाले उपभोक्ताको सहजताका लागि आफूहरुले बारम्बार पूरा सिलिण्डर भर्न पाउँ भनी निवेदन दिएकोमा हाल भने नेपाल आयल निगम र आपूर्ति मन्त्रालयले अनुमति दिएको घिमिरेले बताए।

नाकाबन्दीका कारण अभाव भएपछि उद्योगीले एउटा सिलिण्डरमा ७ दशमलव १ केजी ग्यास भर्दै आएका थिए। कतिपय उद्योगीले भने सिलिण्डरमा १४ केजी नै भर्न थालिसकेको जनाएका छन्। भारतले लामो समयसम्म गरेको नाकाबन्दीका कारण सामान्य अवस्थामा जस्तै गरी ग्यास आएपनि यो बीचको अन्तर सहज हुन समय लाग्ने घिमिरेको तर्क छ। सामान्य अवस्थामा नेपालमा मासिक ३३ हजार मेट्रिक टन ग्यासको माग भएपनि अहिले अभावले यो माग बढ्ने उनको तर्क छ।

‘भारतले नाकाबन्दी खोलेसँगै अहिले दैनिक मागको ५० प्रतिशत इन्धन आइरहेको छ’, घिमिरेले भने, ‘यो आयातको मात्रा मासिक ५० हजार मेट्रिक टन बनाउन सकिएमा अबको दुई महिनामा उपभोक्ताले सहज रुपमा ग्यास पाउँछन्।’
setopati

फाल्गुन ९, २०७२- आधा ग्यास वितरणका कारण सिलिन्डर बजारमै ‘होल्ड’ भएपछि उद्योगको नाममा आएको ग्यास बजार पठाउन कठिन भएको हो । अघोषित नाकाबन्दीपछि आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने सरकारी निर्णयले यहाँका उद्योगका ७५ प्रतिशत सिलिन्डर बजारमै अडेका हुन् ।

ग्राहकहरूकोमा आधा ग्यास सिलिन्डर धेरै रहेको भण्डारणका नाममा रहेको र रित्तो नफर्काएपछि समस्या भएको हो । यसले थप ग्यास बजार लैजान समस्या पारेको उद्योगीहरूले बताएका छन् । उनीहरूका अनुसार बुलेटमा भएको ग्यास ग्राहकसमक्ष पुर्‍याउन सकिएको छैन ।

आयात गरिएको ग्यास उद्योगमै थन्किएको छ । ‘१४ केजी नै ग्यास भर्ने अनुमति पाए समस्या समाधानमा सहयोग पुग्ने थियो,’ एचपी ग्यासका व्यवस्थापक एलके शर्माले भने । भारतले नाकाबन्दी खोलेसँगै ग्यास आयातमा सहज भएको छ । तर, नाकाबन्दीको समयमा नेपाल आयल निगमले निर्णय गरेको आधा ग्यास वितरणको प्रणाली परिवर्तन भएको छैन ।

उद्योगी, निगम र बिक्रेताहरूबीचको विवादले उक्त निर्णय परिवर्तन हुन नसकेको हो । उक्त कारणले भारतबाट ग्यास ल्याउने बुलेटहरू उद्योगमै थन्केका हुन् । उद्योगको भण्डारण क्षमतामा आयातित ग्यास नअटेर बुलेटमै राख्नुपरेको छ ।

हालसम्म भण्डारण जुगेखोलाको एसटीसी, सिद्धार्थ, थाक्रेस्थित खेतान समूहको एचपीलगायत सबैजसो उद्योगमा ४ बुलेट ग्यास थन्किएका छन् । भण्डारण गर्ने बुलेट पनि खाली नभएकाले ग्यास बुलेटमै राख्नुपरेको हो । ४ वटा बुलेटका ग्यासले ५ हजारवटा भरि सिलिन्डर (१४ दशमलव २ किलो) हुन आउँछ । तर सरकारको वितरणसम्बन्धी नीति र बिक्रेता तथा उद्योगीहरूबीचको विवादका कारण उक्त ग्यास थन्किएर बसेको हो ।

बजारमा भने ग्राहकले ग्यास नपाएर सास्ती भोग्दै आएका छन् । ‘नाकाबन्दीपछि आधा सिलिन्डर मात्रै बजार पठाउने प्रावधानले १० लाखमध्ये अहिले ९ लाख बजारमा होल्ड भएका हुन्,’ प्रहरी नायब उपरीक्षक सबिन प्रधानले भने, ‘उद्योगसँग अहिले करिब १ लाख रित्ता सिलिन्डर मात्र छन् ।

ग्यासका बुलेट आइरहे पनि खाली सिलिन्डरकै अभाव छ ।’ खाली भनिएका उक्त सिलिन्डरले केही दिनलाई मात्रै ग्यास भर्न र बजार पठाउन सकिन्छ । आधा सिलिन्डर नै पठाउनुपर्ने भएकाले थप सिलिन्डर होल्ड हुनेछन् । यहाँबाट खेतान समूहले राजधानीको बजारमा सबैभन्दा बढी १ लाख ८८ हजार सिलिन्डर पठाउने गरेको छ ।

समूहको चालिसेस्थित हिमालय पेट्रो केमिकल्समा भर्न ल्याइएका सिलिन्डर ६ हजार मात्र छन् । एउटा बुलेटबाट आधा भर्ने हो भने २ हजार ५ सय सिलिन्डर खपत हुन्छ । धादिङका १३ वटा ग्यास रिफिल गर्ने उद्योगले हालसम्म करिब १० लाख सिलिबडर बजार पठाएका छन् । सामान्य अवस्थामा दैनिक २० हजार सिलिन्डर बजार पठाउने गरेका थिए । हालको व्यवस्थाका कारण भएको ग्याससमेत सर्वसाधारणलाई पठाउन कठिन भएको छ ।

उद्योगहरू घरायसी प्रयोजनका लागिभन्दा पनि छिटै प्रयोग गरेर एकमुष्ट फिर्ता गर्ने होटल र रेस्टुरेन्टलाई नै सिलिन्डर बिक्री गर्न रुचाउँछन् । उद्योगहरूले आसपासका होटल र स्थानीयलाई १४ केजीको ५ हजारमा बेचेर नाफा कमाएका थिए । राजधानीका होटल र रेस्टुरेन्टमा १४ केजीको सिलिन्डरलाई ६ हजार र आधालाई ४५ सयसम्म बचेका थिए ।
ekantipur

काठमाडौंः बैसाख १२ को शक्तिशाली भूकम्पबाट ढलेको ऐतिहासिक स्तम्भ धरहरा पुनःनिर्माणका लागि ओली मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब दिने भएका छन् ।

भूकम्पले ढलेका ऐतिहासिक धरोहर पुनःनिर्माण राष्ट्रिय संकल्प कार्यक्रमको शुरुवात कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाको तलब दिने बताएपछि मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

मंगलबार बेलुका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले धरहरा निर्माणका लागि सबै मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीले एक महिनाको तलब दिने निर्णय गरेको हो ।


मंगलबार दिउँसो भएको ऐतिहासिक धरोहर पुननिर्माण संकल्प कार्यक्रममा प्रम ओलीले ‘म बनाउँछु धरहरा’ अन्तरगत आफ्नो एक महिनाको तलब धरहरा बनाउन प्रदान गर्ने घोषणा गरेका थिए ।

मन्त्रिपरिषद्ले धरहराको पुननिर्माणको शिलान्यास कार्यक्रम भत्केको एक वर्ष पुगेको दिन २०७३ वैसाख १२ गते नै गर्ने निर्णय गरेको छ।

'धरहरा पुन:निर्माणका लागि आम सर्वसाधरणलाई पनि आफूले सक्ने योगदान दिन आग्रह गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ', सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले भने, 'धरहरा पुन:निर्माणको शुरुवातसँगै अन्य एेतिहासिक धरोहरहरु पनि पुन:निर्माणकार्य अघि बढाइनेछ ।'
annapurnapost

केही दिनदेखि लगातार महँगिदै गएको सुनको भाउ साताको दोस्रो दिन सोमबार सामान्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमवार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो । शुक्रबार प्रतितोला ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार भने ८ सयले बढेर ५३ हजार ३ सय रुपैयाँ पुगेको थियो । सोमवार ३ सय रुपैयाँ घट्दै प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भएको छ ।





त्यसैगरी सोमवार तेजावी सुन प्रतितोला ५२ हजार ७ सय ५० रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रयी बजारमा डलरको भाउमा आएको उत्तारचढावको कारण नेपाली बजारमा सुनको भाउमा केही गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । सुनको भाउमा केह िगिरावट आए पनि चाँदीको भाउ भने यथावत रहेको छ । शुक्रबार चाँदी प्रतितोला ७ सय रुपैयाँमा कारोवार भएकोमा आइतबार १० रुपैयाँले बढेर ७ सय १५ रुपैयाँ पुगेको थियो र सोमवार पनि सोही भाउमा कारोबार सुरु भएको छ महासंघले जनाएको छ ।

news24nepal

सरकारले सार्वजनिक यातायातको भाडा घटाउने तयारी गरेको छ । पेट्रोलियम पदार्थको मूल्य घटेकाले त्यसै अनुसार सार्वजनिक गाडीको भाडा समायोजन गर्न लागिएको छ ।
यातायात व्यवस्था विभागले भाडा घटाउने तयारी गरेको हो । भाडा समायोजन गर्न यातायात मन्त्रालयलाई बिहीबार नै घटेको भाडाको दर रेट पेश गरिसकिएको विभागले जनाएको छ । अब मन्त्रालयले निर्णय गरे लगत्तै घटेको भाडा लागू हुनेछ ।


भाडा घटेपनि यात्रुलाई भने खासै राहत नमिल्ने देखिएको छ । सरकारले घटाउन लागेको भाडादर अनुसार काठमाडौं उपत्यकामा भाडा समायोजन हुने छैन । लामो दूरीमा भने एक सय किलोमिटरमा अहिले तिर्दै आएको भाडामा ५ रुपैयाँले मात्र घट्नेछ । पछिल्लो पटक घटेको पेट्रोलियम पदार्थको मूल्य अनुसार वैज्ञानिक भाडादर कायम गर्दा उपत्यकामा न्युनतम भाडा १३ रुपैयाँ ७ पैसा निस्केकाले यात्रुले १३ रुपैयाँले तिर्नु पर्ने विभागले जनाएको छ ।
विभागका अनुसार सार्वजनिक गाडी बाहेक अरु ट्रक, ट्रिपर लगायत ढुवानीका साधनमा पनि भाडा घट्ने छ । यसअघि, विहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले भाडा घटाउन विभागलाई निर्देशन दिएको थियो ।

माघ १८, २०७२- महानगरीय प्रहरी अपराध महाशाखाले खाना पकाउने ग्यासको कालोबजारीमा संलग्नलाई २५ वटा एसटिसी तथा २५८ वटा गीता ग्याँसको सिलिन्डरसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपन, आकाशे धारा निवासी राजेश भारती छन् । उनले संचालन गरेको रारा एडिएस इन्टरप्राइजेसबाट उक्त परिमाणको सिलिन्डर फेला पारिएको थियो ।

यस्तै कलंकीस्थित गोर्खा मनकामना तरकारी तथा कृषि बजारमा रहेको उग्रचण्डी स्टोरबाट ३२० लिटर पेट्रोल, ५० लिटर डिजल तथा १२५ लिटर मट्टितेलसहित यशोदा बजगाँईलाई समेत पक्राउ गरेको छ ।

केहीदिन यता अपराध महाशाखाले पेट्रोलियम पदार्थको कालोबजारी गर्नेलाई पक्राउ गर्न फेरी तदारुपता देखाउन थालेको छ । ‘हामीले नाकाबन्दी भए यता पेट्रोलियम पदार्थको कालोबजारी गर्ने थुप्रैलाई नियन्त्रणमा लिएर कारवाही अगाडी बढाएका छौं,’ अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, ‘अहिले केहीदिन यता फेरी अप्रेसन सुरु गरेर ठूलो मात्रामा कोलोबजारी भइरहेको पेट्रोल, डिजल तथा ग्यास बरामद गर्न सफल भएका हौं । आज पक्राउ गरेको ग्यास सिलिन्डरको संख्या अहिलेसम्मकै धेरै हो ।’

शनिबार पनि महाशाखाको टोलीले १६५० लिटर पेट्रोल, ११३५ लिटर डिजल र १३५ लिटर मट्टितेल विभिन्न ठाउँबाट बरामद गरी कब्जामा लिएको थियो । उक्त परिमाणको पेट्रोलियम पदार्थसहित काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई नियन्त्रणमा लिएर कारवाही प्रकृया अगाडी बढाएको थियो ।

‘हामी कुनै पनि हालतमा बजारमा पेट्रोलियम पदार्थको कालोबजारी भएर सर्वसाधारणले दु:ख पाएको टुलुटुलु हेरेर बस्दैनौं,’ एसएसपी खनालले भने, ‘कालोबजारीमा संलग्न जो कोहीलाई पनि कारवाही गर्छौं ।’
ekantipur

माघ १७, २०७२- पुसमा आयात भएको ग्यासको परिमाणलाई सात किलो तौलका आधारमा भर्ने हो भने १२ लाख ६९ हजार सिलिन्डर बराबरका ग्यास उपलब्ध हुनुपर्छ । परिमाण नहेरी सिलिन्डर संख्यासँग मात्रै तुलना गर्ने हो भने यो नाकाबन्दी सुरु हुनुअघि साउन महिनाभन्दा पनि बढी हो । हाल सात किलो क्षमताका मात्रै सिलिन्डर बेच्न पाउने व्यवस्था भएकाले थोरै परिमाणको भए पनि सर्वसाधारणले सजिलै सिलिन्डर पाउनुपर्ने अवस्था हो ।


नेपाल आयल निगमको तथ्यांकअनुसार साउन महिनामा १६ हजार ५३ टन (१४ दशमलव २ किलोको ११ लाख १४ हजार ग्यास सिलिन्डर) भित्रिएको थियो । पुस महिनामा ९ हजार १ सय ४२ टन अर्थात् ७ किलो ग्यास भएको करिब १२ लाख ६९ हजार सिलिन्डर ग्यास भित्रिएको छ । असोजबाट अघोषित नाकाबन्दी भएपछि अधिकांश उपभोक्तालाई ग्यास उपलब्ध गराउन सरकारले कात्तिकबाट ७ किलो मात्रै ग्यास भएको सिलिन्डर बिक्री गर्ने निर्णय गरेको थियो ।

नाकाबन्दीले ग्यास अभावमा सर्वसाधारणलाई सास्ती भएपछि साविकको तौल आधा घटाई बढी सिलिन्डर बेच्न पाउने निर्णय भएको थियो । यो निर्णयपछि यसअघिको एउटा सिलिन्डरले दुई जनाको अभाव टार्न सक्ने बुझाइ सरकारको थियो । तर, नाकाबन्दी हुनुअघि र पछि उही परिमाणमा सिलिन्डर संख्याको ग्यास आयात भए पनि अधिकांश उपभोक्ताले पाएका छैनन् ।

उद्योगहरूले भूमिगत डिलरबाट बिक्री गर्दै आएकाले सबै उपभोक्ताले पाउन नसकेको बिक्रेताहरूको भनाइ छ । भूमिगत डिलरबाट ग्यास पठाउँदा पर्याप्त मात्रामा कालोबजारी गर्न पाइन्छ । उनीहरूका अनुसार केही व्यवसायीले कालोबजारी गर्नकै लागि ग्यास वितरणको विवरण अनिवार्य बुझाउनुपर्ने भनिए पनि निर्देशनको अवज्ञा गर्दै आएका छन् । यसका लागि आयल निगममा छुट्टै ग्यास कन्ट्रोल रुम पनि गठन भएको छ । तर, केही उद्योगीहरूले नियमको पालना नगरेको उनीहरूको भनाइ छ ।

‘पछिल्लो चरणमा ग्यास आयात बढेको तथ्यांकमा छ । तर, केही उद्योगीहरूले ग्यास वितरण गरेको विवरण ग्यास कन्ट्रोल रूपमा पठाएका छैनन्,’ ग्यास बिक्रेता महासंघका कार्यसमिति सदस्य राजेश दाहालले भने, ‘विवरण नपठाउनु भनेको भूमिगत डिलरबाट कालोबजारी गर्नु हो । जसले गर्दा उपभोक्ताले पाउन सकेका छैनन् ।’ उद्योगीहरूले अभावको मौका छोपी सिलिन्डर बेच्ने चलखेल सुरु गरेको उनीहरूको भनाइ छ । कन्ट्रोल रूमकाअनुसार नमस्ते, श्रीमाया, चण्डी, सूर्य, लोकप्रिय, तारा, त्रिवेणी, गीता, मनोज र गृह लक्ष्मी ग्यास उद्योगले ग्यास वितरण गरेको विवरण कन्ट्रोल रूममा बुझाएका छैनन् ।

सरकारले ग्यास कम्पनीमा आएको बुलेट र ग्यास सिलिन्डर कुनकुन डिपोमा पठाइएको र डिपोले कुनकुन उपभोक्तालाई वितरण गरेको सम्पूर्ण उल्लेख फर्ममा गर्नुपथ्र्यो । यस्तै विवरण फर्म दैनिक कन्ट्रोल रूममा उपलब्ध गराउनुपर्ने वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले जनाएको थियो । तर, सरकारले नियम लागू गरे पनि कार्यान्वयन हुन सकेको छैन ।

तथ्यांकअनुसार भदौ महिनामा २० हजार ६ सय ३९ टन (१४ दशमलव २ किलोअनुसार १४ लाख ३३ हजार ६ सय २५ सिलिन्डर ग्यास) आयात भएको थियो । असोज ७ गते नाकाबन्दी भएपछि आयातमा भारी कटौती हुँदै आएको थियो । भारतीय आयल कर्पोरेसन्स (आईओसी) ले १० देखि १५ प्रतिशतमात्रै इन्धन दिने नीति अपनाएको थियो । तर, पछिल्लो चरण आयातमा केही वृद्धि भएको हो ।

तथ्यांकअनुसार असोज महिनामा ४ हजार ४ सय ९८ टन (१४ दशमलव २ किलोको ३ लाख १२ हजार सिलिन्डर ग्यास) आयात भएको थियो । कात्तिकमा ५ हजार १३ टन (७ किलोको करिब ७ लाख ग्यास सिलिन्डर आयात भएको तथ्यांकमा छ । मंसिरमा ५ हजार २ सय ८७ (७ लाख ३४ हजार ग्यास सिलिन्डर) भित्रिएको निगमले जनाएको छ । निगमका नि. नायव कार्यकारी निर्देशक सुशील भट्टराईले केही सातायता आयातमा केही सुधार भए पनि रक्सौल नाका सहज नहँुदा आपूर्तिमा समस्या भएको बताए । रक्सौलबाट भित्रिने इन्धन मुख्यत: उपत्यकाका लागि हो । ती नाकाबाट करिब ६० प्रतिशत आयात हुन्छ तर सोही नाका अवरोध छ ।

‘मुख्य नाका अवरोध हँुदा मागको करिब ४० प्रतिशत मात्रै इन्धन (पेट्रोल, डिजेल, ग्यास, हवाई इन्धन र मटितेल) आयात भएको छ,’ उनले भने, ‘अहिले जिल्लाका लागि भित्रिएको इन्धन उपत्यकामा तानेर वितरण भइरहेको छ ।’ निगमको तथ्यांकअनुसार डिजेलको आयातमा केही सुधार भएको छ । असोज कात्तिक र मंसिरमा करिब २० हजार किलोलिटरमा सीमित भएको डिजेलको आयात बढेर साढे ३४ हजार किलोलिटर पुगेको छ । नाकाबन्दीअघि भाद्र महिनामा साढे ४५ हजार किलोलिटर भित्रिएको थियो ।


अघिल्लो दिनको मूल्य साढे ५१ हजारबाट सुन घटेको छ। प्रतितोला २ सय रुपैयाँले मात्रै सुनको भाउ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवारका लागि सुनको भाउ प्रतितोला ५१ हजार ३ सय रुपैयाँ कायम भएको छ।

चाँदीको भाउमा भने तोलामा ५ रुपैयाँले कमी आएको छ। चाँदीको भाउ शुक्रवारका लागि प्रतितोला ६ सय ९० रुपैयाँ कायम भएको छ।

विश्व सेयर बजारमा आएको गिरावटले लगानीकर्ताहरु सुनमा आकर्षण भएसँगै पछिल्ला दिनमा सुनको भाउ महँगिएको छ।

डलरसित चिनियाँ मुद्रा कमजोर बन्नु, कच्चा तेलको मूल्य घट्नु र विश्व आतंकवादबिरुद्ध कदम बढाइँदा पनि लगानीकर्ताहरु सुनप्रति आकर्षित भएका हुन्।
setopati

काठमाडौं, माघ १३ । सुनको मूल्य उकालो लाग्नेक्रम विहीबार पनि जारी रह्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले उकालो लागेर ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार पनि ६ सयले बढेर ५० हजार ९ सय रुपैयाँमा आइपुगेको थियो ।

/>बुधबार चाँदीको भाउमा पनि १० रुपैयाँ बृद्धि भएर ६ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस ११ सय १६ डलरको हाराहारीमा कारोबार भएको थियो ।
imagekhabar

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget