सोल: दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाईले उत्तर कोरियालाई परिवर्तनको बाटोमा आउन आग्रह गरेकी छन् ।
'समयानुकुल परिवर्तित बाटोमा आउन मेरो आग्रह छ', उनले भनेकी छन्, 'यदि यसै हिसाबमा अघि बढ्ने हो भने त्यसले कसैलाई पनि राम्रो गर्ने छैन ।'
पछिल्ला समयमा उत्तर कोरियाले जारी राखेका आणविक सस्त्रास्त्रको परीक्षण अनावश्यक उत्तेजना भएको पनि राष्ट्रपति हाईले जानकारी दिइन् ।
मङ्गलबारको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति हाईले उत्तर कोरियालाई यसरी विश्व समुदायसँग अनावश्यक रुपमा चिढाउने र उत्तेजना फैलाउने काममा नलागी वास्तविक परिवर्तनको बाटोमा आउँदा उसलाई राम्रो हुने धारणा राखिन् ।
उत्तर कोरियाले गत महिना गरेको लामो दूरीको रकेट परीक्षण र त्यसपछि उसका विरुद्धमा अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले लगाएको नाकाबन्दीपछि उत्तर कोरिया विश्व समुदायबाट लगभग एक्लिएको जस्तो देखिन्छ ।
यसका विरुद्धमा संयुक्त राष्ट्रसङ्घले पनि उत्तरका विरुद्धमा नाकाबन्दी गरेको छ । सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको छ ।
सो नाकाबन्दीपछि पनि हालैमात्र दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास सोलमा गरिसकेका छन् । यस अभ्यासको पनि उत्तर कोरियाले यसको कडा विरोध गरेको छ ।
यस सैनिक अभ्यासपछि उत्तर कोरियाले प्रतिक्रिया दिँदै थप आणविक परीक्षणको चेतावनी समेत दिएको एक समाचारमा जनाइएको थियो ।
लामो दूरीको रकेट परीक्षणपछि सबैभन्दा बढी विरोध गर्ने दुई राष्ट्र दक्षिण कोरिया र अमेरिका हुन् । यी दुई देशले पनि उसका विरुद्धमा नाकाबन्दी घोषणा गरेका छन् ।
दक्षिण कोरियाको राजधानी सोलमा गतहप्तामात्र भएको उक्त संयुक्त सैन्य अभ्यासले पछिल्लो समयमा तनावमा रहेको यस देशलाई थप भड्काएको बताइन्छ ।
उत्तर कोरियाले पछिल्लो समयमा गरेको सो रकेट परीक्षणका विरुद्धमा हालैका दिनमा विश्वव्यापी रुपमा विरोध भएको छ । सोही विरोधस्वरुप संयुक्त राष्ट्रसङ्घले पनि नाकाबन्दीको घोषणा गरेको हो ।
सो नाकाबन्दी अहिलेसम्मकै सबैभन्दा कडा भएको भनिएकोले उत्तर कोरियाले त्यसको तीब्र विरोध गरेको छ ।
राष्ट्रपति हाईले उत्तर कोरिया सच्चिएर आएमा उसमाथिको विदेशनीति पनि विश्वबाट नै सहज रुपमा निर्धारण हुने धारणा राखिन् । एजेन्सी
annapurnapost
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.