बेरुत, गत पाँच बर्षयतादेखि सिरियामा जारी द्वन्द्वमा २ लाख ७० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको बेलायतसँगआवद्ध मानवअधिकारीवादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ ।
जारी द्वन्द्वमा मारिएका मध्ये करिब ८० हजार सर्वसाधारण रहेका पनि सो समूहले प्रष्ट पारेको छ । ती मध्ये पनि १३ हजार ५ सय भने बालबालिका नै रहेका छन् ।
सिरियामा त्यहाँका राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सन् २०११ को मार्च महिनाबाट सुरु भएको यस द्वन्द्वमा परी करिब १७७ वटा अस्पताल ध्वस्त भएको र लगभग ७ सय स्वास्थ्यकर्मी मारिएका बताइएको छ ।
गत जनवरीमा संयुक्त राष्ट्रसंघ जनाएअनुसार सिरियामा द्वन्द्व भन्दा अगाडी रहेका २ करोड ३० लाख जनसङ्ख्यामा १ करोड ३५ लाख आफ्ना घरबाट विस्थापित भएका छन् । यो जनसङ्ख्या ५० प्रतिशत भन्दा बढी रहेको छ ।
सिरियामा जारी द्वन्द्वको कारण ४७ लाख जनसङ्ख्या आफ्नो देशबाट विस्थापित भई अन्य छिमेकी देशमा शरण लिन पुगेका छन् ।
एक युगमा एक द्वन्द्वमा छिमेकी राष्ट्रमा शरणार्थी बन्न पुगेका यो एक भीषण सङ्ख्या भएको संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय (युएनएचसीआर) का प्रमुख एन्टोनीओ गुटेर्रेस्ले सन् २०१५ मा बताउनु भएको थियो ।
संयुक्त राष्ट्र संघकाअनुसार ठूलो सङ्ख्यामा सिरियाली शरणार्थीलाई आतिथ्य गर्ने देश टर्की रहेको छ । टर्कीमा २७ लाख सिरियाली शरणार्थी आश्रय लिईरहेका युएनएचसीआरले जनाएको छ । त्यसैगरी लेबनानमा १० लाख सिरियाली शरणार्थी रहेका छन् ।
युएनएचसीआरका अनुसार ६ लाख ३० हजार सिरियाली शरणार्थी जोर्डन रहेका छन् । इराकमा २ लाख २५ हजार र १ लाख ३७ हजार इजिप्टमा रहेका छन् ।
यसप्रकारण सिरियाली शरणार्थीहरुले गरीवी, स्वास्थ्य समस्या र स्थानीय समूदायको तनाव जेलिरहनु परेको पनि युएनएचसीआरले प्रष्ट पारेको छ । रासस ÷एएफपी
News24Nepal
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.