Articles by "Health."

– दिनहुँ अनार खानाले रक्त सञ्चालन राम्रोसँग हुन्छ ।
– अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
– अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ ।
– अनार आइरनयुक्त भएकाले रक्त अल्पता भएका बिरामीका लागि यो लाभदायक हुन्छ ।
– अनार खाने गर्नाले प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम पनि कम हुन्छ ।
– अनार खानाले पाचन क्षमता बलियो हुन्छ । साथै, नसाहरू पनि सुचारु रहन्छ ।
– बेलाबेलामा अनार खाइरहनेको छाला चम्किलो हुन्छ ।
– अनार खाइरहने व्यक्तिलाई दाँतसम्बन्धी समस्या कम हुन्छ ।
– गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन जान्छ ।
– बुढ्यौलीमा बिर्सिने समस्या भएकाहरूलाई अनार खान दिए राम्रो हुन्छ ।
swasthyakhabar

शाकाहारी भोजन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । मासु खानेहरुमा भन्दा मासु नखाने मानिसहरुमा विभिन्न खाले रोगहरुको समस्या कम देखिने गरेको विभिन्न अध्ययन तथा अनुभवले देखाएका छन् ।
यदि तपाइँ मासु खानुहुन्छ र अबदेखि मासु छाडेर शाकाहारी बन्दै हुनुहुन्छ भने तपाइँले आफ्नो वजन घटाउने, मुटुरोगको जोखिम कम गर्ने जस्ता फाइदाहरु तत्कालै प्राप्त गर्न थाल्नुहुनेछ । मासु खान छाड्नुनका ६ फाइदा यस्ता छन्ः
शरीर दुख्ने तथा सुन्निने समस्या कम हुनेछः  मासु तथा अन्य प्रोसेस्ड फुडहरुले खाएको केही घण्टामै सरीरमा दुखाइ तथा सुन्निने समस्या पैदा गर्दछन् । मासुमा हुने एनिमल फ्याटसँगको प्रतिक्रियाका कारण हाम्रा रक्तधमनीहरु प्यारालाइज्ड हुन्छन् र धमनी खुल्ने क्षमता आधाले घट्दछ । त्यसो हुँदा फोक्सो फुलिन्छ । यस्तो फुलाई तथा दुखाइ भनेको सरीरको प्रतिरोधी प्रतिक्रिया हो ।
तर लामो समयसम्म यस्तो हुँदा मुटु सम्बन्धी रोग, मधुमेह, अटोइम्युन डिजिज तथा क्यान्सर लगायतको जोखिम हुन्छ । जबकी शाकाहारी खानेकुराहरु खासगरी वनस्पतीजन्य खानेकुराहरु दुखाइ तथा सुन्नाई प्रतिरोधी हुन्छन् । यिनीहरुमा प्रसस्त मात्रामा फाइबर तथा एन्टीअक्सिडेन्ट हुनुका साथै सुन्निने तथा दुख्ने क्रियामा संलग्न बोसो तथा इन्डोटोक्सिनको मात्रा घटाइदिन्छन् ।
रगतमा कोलेस्ट्रोलको मात्रा घट्नेछः  रातो मासु, कुखुराजन्य परिकार तथा चिज लगायतका एनिमल प्रडक्टहरुमा संतृप्त बोसो हुन्छ जसले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँदछ । कोलेस्ट्रोलको मात्रा बढ्दा मुटुरोग, मस्तिष्कघात जस्ता खतरा बढ्दछन् । मांशाहारी मानिसहरु शाकाहारी बन्दा रगतमा कोलेस्ट्रोलको मात्रा ३५ प्रतिशत सम्मले घट्ने विभिन्न अध्ययनले देखाएका छन् ।
टाइप टू मधुमेहको जोखिम घट्नेः अध्ययन अनुसार प्राणीजन्य प्रोटिनको उच्च मात्राको सेवनले मधुमेह विकशित हुने दीर्घकालीन खतरा बढ्दछ । एनिमल फ्याट, मासुमा पाइने एनिमल बेस्ड आइरन तथा नाइट्रेट पि्रजर्भेटिभ्सले प्यांक्रियाजका कोशिकाहरु नष्ट गर्ने तथा इन्सुलिनको कार्यमै असर पूराउने गर्छन् जसले गर्दा टाइपू टू मधुमेहको जोखिम बढ्दछ ।
वजन नियन्त्रणः  शाकाहारी मानिसहरुमा मोटोपनाको दर मासु खाने मानिसहरुमा भन्दा कम पाइएको छ । मासु खाने तथा शाकाहारीहरुले दिनहुँ खाने क्यालोरी खपत बराबर भएपनि मासु खानेहरु बढि मोटोपनाको सिकार हुने गरेको पाइएको छ । यसको कारणमा मासु खानेहरुले वनस्पती प्रोटिन, बिटा क्यारोटिन, फाइबर, म्याग्नेसियम जस्ता तत्वहरुको खपत कम गर्दछन् र हानिकारक बोसोको सेवन मात्र धेरै गर्दछन् । कम चिल्लो तर ताजा सागपात, फलफूल र अनाज सहितको स्वस्थ शाकाहारी भोजनले वजन नियन्त्रणमा सहयोग गर्दछ ।
विषाक्त पदार्थबाट बचिनेः  हामीले खाने जनावरका मासुहरुमा विभिन्न खाले हर्मोन, किटनासक औषधि, एन्टीबायोटिक्स जस्ता दूषित पदार्थहरु पाइन्छ, जसले स्वास्थ्यमा नकारात्मक असर पार्दछ । कुखुरा, सुँगुर, भैँसी, माछा लगायतका मासुमा इ कोली, लिस्चेरिया, लगायतका विभिन्न खाले जिवाणु तथा घातक परजिवीहरु पाइन्छ । त्यसैले मासु नखानाले खानाबाट सर्ने विभिन्न खाले रोगहरुबाट बच्न सकिन्छ ।
पृथ्वीकै वातावरण बचाउन योगदानः  मानिस शाकाहारी बन्दा पृथ्वीको वातावरणमा विभिन्न खाले सकारात्मक प्रभाव पर्दछ । खानाका लागि जनावरको पालनले अहिले पृथ्वीको कुल भुभागको ३० प्रतिशत प्रयोग भएको छ । मासु खानकै लागि पालिने जनावरका कारण वनविनाश उच्च भैरहेको छ भने फडानी भएको जंगल क्षेत्रलाई चरिचरनमा बदलिएको छ ।
अध्ययन अनुसार एक ग्राम एनिमल प्रोटिन उत्पादन गर्न एक ग्राम वनस्पती प्रोटिन उत्पादन गर्नभन्दा १२ गुणा बढि जमिन, १३ गुणा बढि इन्धन तथा १५ गुणा बढि पानी चाहिन्छ । कुने मानिस मानिस मांशाहारीबाट शाकाहारी बन्ने हो भने उसले गर्ने कार्वन उत्सर्जन ५० प्रतिशतले घट्दछ । त्यसैले मासु खान छाड्दा जलवायु परिवर्तन, वनविनाश, प्रदुषण तथा श्रोतको अत्यधिक दोहन जस्ता नकारात्मक असरलाई कम गर्न सकिन्छ ।
onlinekhabar

फर्सी हामीले प्राय हाम्रो तरकारीका लागी प्रयोग गर्ने चिनिएको तरकारी हो । अमेरिकामा उत्पादन सुरू भएको मानिएको फर्सी हाम्रो खानामा केहि दिन बिराएर तरकारीका रूपमा आइपुग्ने गर्छ । तपाईहामीले प्रयोग गर्ने यो तरकारी निकै उपयोगी तरकारी हो । तपाईले प्रयोग गर्ने थोरै भन्दा थोरै मात्राले पनि तपाईलाई निकै फाइदा गर्छ । स्वास्थ्यका दृष्टिकोणले पनि निकै फाइदाकारी छ फर्सी । भिटामिनको मात्रा निकै बढी पाइने फर्सीमा अन्य पौष्टीक पदार्थ पनि उत्तिकै पाइन्छ ।





– २५० ग्राम फर्सीमा मात्र ४९ क्यालोरी पाइन्छ । फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरिरमा रहेको कोलस्टेरोलको मात्रालाई समेत कम गर्ने काममा मद्धत पुग्छ ।
– फर्सीको बियाँ पनि उत्तिकै फाइदा जनक हुन्छ । यसको बियाँबाट मनग्गे मात्रामा प्रोटिन, भिटामिन, फ्याटि एसिडहरू पाइन्छ । यसले शरिरमा चाहिने पौष्टिक पदार्थको आवश्यकतालाई पुरा गर्न समेत मद्धत गर्छ ।

– फाइबर, भिटामिन ए, सी र ई तथा अन्य पौष्टिक पदार्थ पनि यसमा पाइन्छ । जसले हाम्रो स्मरण क्षमताको विकास गर्नुका साथै रेडिकलहरू लड्नका लागी समेत मद्धत गर्छ ।

– पहेलो भएर पाकेको फर्सी झन् फाइदा जनक हुन्छ । यसमा हुने बेटा क्यारोटिन, एन्टिअक्सिडेन्टले हाम्रो शरिरमा क्यान्सरको सम्भावनालाई समेत कम गर्छ भने मुटु रोगमा समेत फाइदा गर्छ ।

– यसको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिन्कले शरिरलाई स्वस्थ, स्मरण शक्तिको विकास, हाडलाई बलियो बनाउन समेत मद्धत गर्छ ।

– फर्सीले कार्डियोभास्कुलर रोगहरूमा समेत फाइदा पुर्याउँछ भने तनावलाई समेत कम गर्न मद्धत गर्छ ।News24Nepal


पैसा हुनेहरु डाइलोसिस त गर्छन्, तर नहुनेहरु
किड्नी ‘फेलियर’ भै जीवन गुमाउन बाध्य छन्
चिन्ता नलिनुस ,
किड्नी जोगाउने उपाय छ ।त्यो पनि घरैमा । भान्सामा धनियाँ पात ल्याउनुस् । नियमित सेवन गर्नुस् ।किड्नी रोगबाट जोगिने भरपर्दो उपाय हो ।किड्नीले शरीरमा भएको विकारजन्य पदार्थ प्रशोधन गर्दछ । यसले रगतमा भएको नुन, विष तथा अनावश्यक फोहोर पदार्थ छान्ने काम गर्दछ । धनियााको नियमित सेवनबाट किड्नीको संचालन प्रक्रिया सहज बनाउन सकिने अध्ययनले देखाएको छ । यसको सेवन गर्ने तरिका सरल छ ।
सेवन विधि :
पहिले एक मूठा धनियाँको पात लिने, त्यसलाई सफा पानीले धोएर १०मिनेटजति पानीमा उमाल्नु पर्दछ । त्यसपछि चिस्याएर बोतलमा खन्याउनु पर्दछ । अब यो झोल खानयोग्य भयो । हरेक दिन एक गिलास पिउनोस् । केही साताको सेवनबाट
तपाईंले किड्नीबाट प्रशोधित विकारहरु मुत्र विसर्जनको माध्यमले निष्काशन भइरहेको महसुस गर्नु हुनेछ
______________________________________________
राम्रो कुरा शेयर गरेर सबैलाई जानकारी गराउनुहोला

मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो । तर सबैलाई मेथीको स्वाद मन पर्दैन । मेथीका धेरै फाइदा छन् । खानामा मसलाकोरुपमा प्रयोग हुने मेथीका १० फाइदाको चर्चा यहाँ गरिएको छ । यो पढिसकेपछि मेथीको स्वाद वा बासना मन नपर्नेहरुको धारणा समेत बदलिने छ ।

१. कपाल झर्न रोक्छ

मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ ।

२. चायाँबाट मुक्ति

यदि तपाइँलाई चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्छ । टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो । मेथीमा दही मिसाएर पेष्ट बनाउनुस र यसलाई कपालको जरा सम्म पुग्ने गरी लगाउनुस् । अलि अलि मसाज गर्नुस् । ३० मिनेटपछि धुनुस् तपाइँको कपालमा चायाँक समस्या तत्काल समाधान हुन्छ ।

३. डन्डीफोर नियन्त्रण

मेथीका दाना डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी मानिन्छ । यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ । डन्डीफोरले दिक्क पारेको छ भने मेथी तपाइँका लागि अचुक औषधी हो । मेथीका दाना पिस्नुस् र पेष्ट बनाउनुस् यसमा थोरै मह हाल्नुस् । मेथी र महको पेष्ट सुत्नु अघि अनुहारमा लगाउनुस् विहान उठेर चिसो पानीले धुनुस् । डन्डीफोरको समस्या समाधान हुन्छ ।

४. मोटोपनको नियन्त्रण

मेथीमा उच्च मात्रामा फाइवर हुन्छ । यसले पाचन प्रणालीमा सहयोग गर्छ । यसले शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पनि कम गर्दिन्छ । विहानमा एक गिलास मेथीको पानी पिउनुस् यसले शरीरलाई अत्यन्तै फाइदा गर्छ ।

५. चम्किलो त्वाचा

अनुहार चम्किलो पार्न चाहनु हुन्छ भने मेथी तपाइँलाई चाहिने चिज हो । मेथीको दानाले शरीरमा रहेका विभिन्न फ्रि रेडिकल्सलाई बाहिर निकाल्छ । मेथीको दानाको पेष्ट बनाएर लगाउँदा अनुहारमा रहेका काला घेरा र अन्य समस्या समेत हट्छन् । यसले छालाको कलर टोन बढाउँछ एवं मृत तन्तुहरु हटाउँछ त्यसकारण अनुहार चम्किलो देखिन्छ ।

६. पाचन प्रणालीमा सुधार

मेथीको सेवनले पाचन प्रणालीलाई राम्रो तुल्याउँछ । यसले पेट पोल्ने र अन्य समस्या समेत हटाउँछ । पाचन सम्बन्धी कुनै पनि समस्या भएको ब्यक्तिका लागि मेथीको सेवन अत्यन्तै फाइदाजनक हुन्छ ।

७. सुगरको नियन्त्रण

मेथीको सेवनले रगतमा हुने सुगर लेवल पनि नियन्त्रित हुन्छ । मेथीमा हुने एमीनो एसिडले प्याङ्क्रियाजमा हुने इन्सुलिनको प्रभाव बढाउँछ र यसले रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्छ । मधुमेहका रोगीहरुलाई पनि मेथी सेवन राम्रो मानिन्छ ।

८. मृगौलाका लागि राम्रो

मेथीको सेवनले मृगौलालाई पनि स्वस्थ राख्छ । मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई समेत फाइदा गर्छ । यसले भित्रका विकार पिसावको माध्यमबाट बाहिर निकाल्छ ।

९. ज्वरो नियन्त्रण

यदि तपाइँलाई ज्वरो आएको छ भने एक चम्चा कागतीको रशमा मह र मेथी मिसाएर खाँदा ज्वरो घटछ । यसले आराम अनुभव गराउँछ । यसले घाँटीमा हुने खस खस पनि हटाउँछ ।

१०. महिलालाई उपयोगी

मेथीले महिलामा स्तन वृद्धी गर्न सहयोग गर्छ । यसले महिलाले बच्चालाई खुवाउनका लागि दुधको उत्पादन पनि बढाइदिन्छ । महिलामा हुने विशिष्ठ समस्यामा मेथीले औषधीको काम गर्छ ।
osnepal

हामी धेरैलाई थाहै छैन की मानिसको रक्त समूहले समेत उसलाई चाहिने सन्तुलित भोजनको प्रकार निर्धारण गरेको हुन्छ ।मानिसको ब्लड ग्रुप अनुसार सन्तुलित भोजन छनोट गर्न नसक्दा मानिसमा एसिडीटी, अपच, कब्जियत तथा वजन बढ्ने लगायतका समस्या पैदा हुने गरेको कतिपय अ्रध्ययनहरुबाट प्रमाणित भैसकेको छ ।

पोषण विज्ञहरुका अनुसार खानामा लेसिटिन नामक प्रोटिन हुन्छ जसले रगतमा हुने एन्टिजिनसँग प्रतिक्रिया गर्दछ । त्यसैले रक्तसमूह अनुसारको खानेकुराको संयोजन गलत भएमा यसले विभिन्न खालका स्वास्थ्य समस्या निम्त्याउँछ । आउनुहोस् जानौँ कुन रक्त समूहका मानिसका लागि कस्तो प्रैकारको भोजन उपयुक्त हुन्छ ।

ओ: यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ । ओ ब्लड ग्रुप भएका मानिसहरुका लागि मासु तथा माछाको सेवन गेडागुडीको सेवन भन्दा उपयुक्त हुन्छ । यसका लागि उनीहरुले सागपात तथा फलफूल पर्याप्त खानुपर्दछ ।

ए: यो रक्तसमूह भएका मानिसहरुमा दुधजन्य पदार्थको एलर्जीको समस्या बढि पाइने गरेको छ । मासुजन्य पदार्थहरु पचाउने क्षमता पनि कम हुने गर्छ । त्यसैले उनीहरुले दुग्धजन्य पदार्थ तथा माछामासु कम खानु उपयुक्त हुन्छ । ए रक्तसमूह भएका मानिसहरुले आफ्नो भोजनमा साकाहारी चिजलाई बढि समावेश गराउनुपर्छ । फलफूल, सागपात, अन्न, गेडागुडी लगायतका चिजहरु खानु राम्रो हुन्छ ।

बी: यो ब्लड ग्रुपका मानिसहरुले तेलहन जन्य वस्तुहरु जस्तै तिल, बदाम आदि कम खानुपर्दछ । किनकी यो रक्तसमूह भएका मानिसहरु तेलहन पदार्थ पचाउनमा कमजोर हुन्छन् । दुग्धजन्य पदार्थ, अन्न, माछा मासु भने पर्याप्त खाँदा हुन्छ ।

एबी: भोजनको मामिलामा यो रक्तसमूहका मानिसहरु सबैभन्दा बढि भाग्यमानी हुन्छन् । यिनीहरुले लगभग सबै खाले खानेकुरा खान सक्छन् । किनकी यिनीहरुको पाचन प्रणाली अन्य रक्तसमूहका मानिसहरुको भन्दा बढि सक्रिय तथा सक्षम हुन्छ । तर खान मिल्यो भन्दैमा भकाभक खाइरहनु चाहीँ हुँदैन । सन्तुलित तथा ठीक्क खानेकुरा मात्र खानुपर्छ ।


पुरूषको स्तन बढ्नुलाई गाइनेकोमास्टिया भनिन्छ । यसका धेरै कारणमध्ये एक हार्मोनको गडबडी पनि हो । सेक्स हार्मोनको कमी भयो भने पुरुषको स्तन बढ्ने हुन्छ ।
यसको उपचार ३ किसिमले गर्न सकिन्छ । पहिलो कुरा जीवनशैलीमा परिवर्तन गर्न जरूरी हुन्छ । खानपिन र व्यायामको माध्यमबाट मोटोपन घटाउनु पर्छ । स्तन टेस्टोस्टेरोन हार्मोनको कमीले गर्दा बढ्ने भएकाले हार्मोनको उपचार गर्नुपर्छ । हार्मोनको कारणले होइन भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । महिलामा मात्र होइन स्तन बढ्ने समस्याका कारण पुरूषमा पनि स्तन क्यान्सर हुने सम्भावना हुन्छ ।

purbelinews

पिसाव खुलेर नआउने वा कम आउनाले पिसाव पोल्ने गर्दछ । बिभिन्न यौनरोग हरुको संक्रमणबाट,कुनै विष वा कडा औषधिका कारण मृगौला वा पिसाव नलि वा पत्थरीका कारण पिसाव पोल्ने गर्दछ । पिसाव पोलेको रोकथामका लागि गरिने केही घरेलु उपायहरु यस प्रकार रहेका छन् –

१.बोटैमा पाकेको अर्गानिक आप १ हप्ता सम्म दिनको दुइवटा सेवन गर्नाले धेरै पिसाबका रोगहरु निको हुन्छन् ।

२.गाजरको रस साँझ बिहान  १,१ गिलास सेवन गर्नाले पिसाव पोल्न कम हुन्छ ।
३.दुई चम्चा धनिया बेलुका भिजाउने र बिहान उठेर मिश्रीसँग सेवन गर्नाले पनि पिसाव पोल्न कम हुन्छ ।

४पिसाव पोल्ने रोगीले प्रशस्त पानी पिउनुका साथै छारयुक्त पदार्थको सेवन गर्ने ।

५.हर्रो बर्रो र अमला चूर्णं एक गिलास पानीमा बेलुका भिजाइ बिहान बिहान सेवन गर्ने गरेमा पनि पिसाव पोल्न कम हुन्छ ।

६.दत्तिवनका केही पात वा डाँठहरुलाई पानीमा पकाउने र त्यसमा हर्रो बर्रो र अमला चूर्ण समेत मिलाइ नियमित १५ दिन सेवन गरेमा पिसाव सम्वन्धि धेरै बिरामी निको हुन्छ ।

७. हरेक दिन साँझ बिहान नरिवलको पानी सेवन गर्नाले पनि पिसाब सम्वन्धि रोग निको हुने गर्दछ ।.

८.तरकारीमा मेथीको साग सेवन गर्दा पिसाव पोल्ने समस्या कम हुन्छ ।

९ फलफुलमा आलुवखरा,अंगुर पाकेको आँपको रस सेवन गर्नाले पनि पिसाव पोल्ने समस्या कम हुन्छ ।

purbelinews

म २२ वर्षीय अविवाहित युवक हुँ । केही दिनदेखि मेरो दाहिने अण्डकोष दुख्नुका साथै केही सुन्निएको छ, जसले गर्दा मलाई दैनिक क्रियाकलापमा केही असहज महसुस भैरहेको छ । यो समस्याका बारेमा मैले परिवारका सदस्यहरूसँग छलफल पनि गर्न सकेको छैन । के कारणले गर्दा यस्तो भएको हो ? के हस्तमैथुनका कारण यस्तो समस्या देखा पर्छ ? पछि गएर मेरो सन्तान नहुने पो हो कि ? यो समस्याको कुनै उपचार छ कि ?


अण्डकोषको संरचना

तपाईंको समस्यासम्बन्धी कुरा गरिहाल्नुभन्दा पहिले अण्डकोषका बारेमा थोरै चर्चा गरौं । अण्डकोष पुरुषमा भएको एउटा प्रमुख प्रजनन अङ्ग हो र यसले शुक्रकीट तथा पुरुषत्व प्रदान गर्ने हार्मोनको उत्पादन गर्छ । अण्डकोष लिङ्गको फेदनिर झुन्डिएको छालाको पातलो थैली (अण्डकोष थैली) भित्र हुन्छ । अण्डकोष र अण्डकोष थैली फरक कुरा हुन् भन्ने कतिपय व्यक्तिलाई जानकारी नहुन सक्छ । स्वभाविक रूपमा नै यी दुई सुन्निने अनि दुख्ने कारण पनि केही फरक हुन्छ । यस्तै १०–११ वर्षको उमेरदेखि अण्डकोषको विकास सुरु हुन्छ र किशोरावस्था भरी निरन्तर जारी रहन्छ । यो अलि चेप्टो अण्डा आकारको हुन्छ । सालाखाला १० देखि १४ ग्राम तौल भएको यो अङ्गको आयतन सालाखाला ४x३x२ दशमलव ५ सेन्टिमिटर हुन्छ । यसभन्दा केही बढी र केही कम हुनु पनि सामान्य नै हो ।



अण्डकोष किन दुख्छ ?

अण्डकोषको दुखाइ भन्नाले दुवै वा कुनै एक अण्डकोषको पूरै वा केही भागमात्र भए पनि दुख्नुलाई जनाउँछ । फरक भए पनि अण्डकोष थैलीको दुखाईको कुरा पनि कतिपय स्थितिमा मिसिएर आउँछ । अण्डकोष दुख्ने कारणहरूलाई छोटकरीमा सूचिकृत गर्ने हो भने चोटपटक, संक्रमण तथा अण्डकोष बेरिने इत्यादिलाई लिन सकिन्छ । अण्डकोषको पीडा एकदमै संवेदनशील हुन्छ । अण्डकोष बेरिने स्थितिमा सुन्निनुका साथै एकदमै दुख्छ । यो एउटा आपत्कालीन स्थिति हो जुन तपार्इंलाई भएजस्तो बुझिँदैन । संक्रमणको कुरा हुन सक्छ । यस्ता संक्रमण विषाणु वा जीवाणु दुवै कारणले हुन सक्छ । यस्ता संक्रमणमध्ये केही यौन रोग पनि हुन सक्छन् । तपाईंले अहिलेसम्म यौनसम्पर्क राख्नु भए–नभएको कुरा उल्लेख गर्नुभएको छैन । यौनसम्पर्कको माध्यमबाट सर्ने संक्रमणलाई संक्रमित यौनरोग भनिन्छ । हाँडे आएपछि पनि अण्डकोषको संक्रमणले अण्डकोष दुख्ने र सुन्निने हुन सक्छ ।



अण्डकोषको शोथका साथसाथै अण्डकोषनजिकै रहने अर्को अङ्ग इपिडिडाइमिसको शोथ तथा पौरुष ग्रन्थिको शोथका कारणले पनि अण्डकोष दुख्न सक्छ । भ्यारिकोसिल भने विशेष गरेर दाहिनेतिर नभई बायाँतिर हुन्छ । यो रक्तनसामा रगत बढी भरिने कारणले हुन्छ । यो स्थितिमा दुख्ने भन्दा पनि केही असजिलो हुने र तानिएर दुखेजस्तो हुने अनुभव हुन्छ ।



अण्डकोषको पीडा पछि त्यस्तै दुख्ने वा अन्य कुनै लक्षण देखिएको छ कि छैन विचार गर्नुहोला । तपाईंले लेख्नुभएको सीमित जानकारीका आधारमा यकिनका साथ तपाईंलाई के भएको होला भन्न गाह्रो छ त्यसैले चिकित्सकलाई देखाउनु बेस हुन्छ ।



के हस्तमैथुन गर्नाले यस्तो समस्या हुन्छ ?

हस्तमैथुनकै कारणले यस्तो समस्या हुन्छ भन्ने कुनै आधार छैन । हस्तमैथुनका क्रममा धेरै समय उत्तेजित अवस्थामा रहेर पनि वीर्य स्खलन हुन नसकेको स्थितिमा अण्डकोषमा केही भारीपन अनुभव हुन सक्छ । अण्डकोषमा कुनै संक्रमण वा चोटपटकजस्ता कुनै समस्या छन् भने हस्तमैथुन गर्दा हुने असजिलोपन वा दुखाइलाई हस्तमैथुन नै कारण हो भन्न मिलेन ।



पछि गएर सन्तान नहुने पो हुने हो कि ?

अण्डकोषमै शुक्रकीटको उत्पादन हुन्छ । अण्डकोषको कतिपय खराबीले शुक्रकीटको उत्पादन क्षमतामै असर पुर्‍याउँछ । त्यसैले अण्डकोषमा हुने खराबीका बारेमा विशेष चनाखो हुनु आवश्यक छ । उदाहरणका लागि हाँडेपछिको अण्डकोषको संक्रमण । अण्डकोषको तापक्रम बढी हुने स्थिति जस्तै कि भ्यारिकोसिलले पनि शुक्रकीटको उत्पादनमा कमी ल्याउँछ ।



यो समस्याको कुनै उपचार छ कि छैन ?

तपाईंलाई थाहै होला, समस्याअनुसार नै उपचार गर्नुपर्ने हुन्छ । तपार्इंले दिनुभएको जानकारी निकै सीमित भएकाले समस्या यो नै हो भन्न सकिने स्थिति छैन । त्यसैले सबैभन्दा पहिले त समस्याको निदान गर्नुपर्छ अनि त्यसपछि समस्याअनुसार नै उपचार गराउनुपर्छ । यस्तो उपचार गर्दा औषधीको सेवनदेखि शल्यक्रियासम्मका विधि प्रयोग हुन सक्छन् । दुखाइको सन्दर्भमा पीडा कम गर्ने औषधी चिकित्सकको सल्लाहअनुसार मात्र सेवन गर्नुपर्छ ।



डा.राजेन्द्र भद्रा : साप्ताहिक

एजेन्सी– तपाई हामीमध्ये धेरै जनालाई थाहा भएकै कुरा हो ढल्किदो उमेरसँगै दिमागका कोषहरु पनि निष्क्रिय हुँदै र हराउँदै जान्छन् । ३५ वर्ष पुगेपछि हरेक दिन हामीले ७ हजार दिमागका कोषहरु गुमाउन थाल्छौं । सायद यो सुन्दा पनि जो कोहीलाई उदेक लाग्न सक्छ । तर खुसीको खबर पनि छ । नियमित रुपमा यौन सम्पर्क गर्नेको दिमागको कोषमा वृद्धि हुने अमेरिकास्थित प्रिन्सटन युनिर्भसिटीका वैज्ञानिकहरु बताउँछन् । प्लस ओनमा सार्वजनिक गरिएको एक अध्ययन अनुसार सेक्सले स्मरण शक्ति रहने दिमागको कोषहरुमा तीब्र बृद्धि गरिदिन्छ ।



तनाब र निराशलले स्मरण शक्ति हुने दिमागको हिपोक्याम्पसको आकारलाई सानो बनाइदिन्छ । तर व्यायाम र सेक्सले यस्तो प्रभावको डटेर लड्छ । यसबाहेक सेक्सले दिमागको कोषलाई पतन हुनबाट बचाउँछ । ‘तसर्थ बुढेसकालसम्म पनि यौनका दृष्टिले सक्रीय वृद्धबृद्धा डिमेन्सिया रोगको शिकार हुनबाट बच्छन,’ डा घोष भन्छन् ।

विज्ञहरुका अनुसार सेक्सको समयमा दुई ओठ यति कसिलो हुन्छ यो मुठी पारेको भन्दा सय गुना बढी हुन्छ । ‘चुम्बनले दिमागमा एउटा शक्ति पैदा गर्छ, तनाब न्युन गर्ने रसायन निस्काशन गर्छ र मुडलाई रमाइलो बनाउछ,’ घोष भन्छन् ।

विज्ञहरुका अनुसार सेक्सको समयमा दुई ओठ यति कसिलो हुन्छ यो मुठी पारेको भन्दा सय गुना बढी हुन्छ । ‘चुम्बनले दिमागमा एउटा शक्ति पैदा गर्छ, तनाब न्युन गर्ने रसायन निस्काशन गर्छ र मुडलाई रमाइलो बनाउछ,’ घोष भन्छन् ।

सेक्सले दिमागमा रगतको प्रबाह बढाइदिन्छ जसका कारण अक्सिजनको मात्रा पनि बढ्छ । ‘यौन गतिविधिको बेला दिमागमा भएको न्युरोन सक्रीय र बढी अक्सिजनको उपयोग गरेको देखिन्छ,’ रुटगर्स युनिर्भसिटीका मनोचिकित्सक बारु कोमिसारुक भन्छन् ।

सेक्सले खुसी प्रदान गर्ने हर्मन निस्कासन गर्छ तसर्थ झटपट गरिने जंगली सेक्स भन्दा मायापूर्वक गरिने सेक्सले बढी हर्मन निस्काशन गर्छ ।  चरम आनन्दले पीडा गराउने सिग्नललाई रोकिदिने अर्का प्राध्यापक कोमिसारुक बताउँछन् ।

‘दिमागमा एउटा परिचित चक्र हुन्छ जसले मानिसलाई खुसी बनाइदिन्छ,’ युनिर्भसिटी अफ क्यालिफोर्नियाका स्नायुसम्बन्धी विज्ञ पउल थोम्पसन भन्छन् । सेक्सले डिप्रेसनको उपचार गर्नुका साथै दिमागमा न्युरो ट्रान्समिटरलाई बढी चलायनमान बढाई बढी रसायन उत्पादन गर्ने उनी बताउँछन् ।

विभिन्न यौन स्वास्थ्य अनुसन्धानहरुले शारीरिक र मानसिक स्वास्थ्यलाई पनि ध्यान दिएका छन् । यौन कार्यले महिलालाई डर, त्रास र चिन्ताबाट मुक्त गर्ने विज्ञहरु बताउछन् ।

‘दिमागमा एउटा परिचित चक्र हुन्छ जसले मानिसलाई खुसी बनाइदिन्छ,’ युनिर्भसिटी अफ क्यालिफोर्नियाका स्नायुसम्बन्धी विज्ञ पउल थोम्पसन भन्छन् । सेक्सले डिप्रेसनको उपचार गर्नुका साथै दिमागमा न्युरो ट्रान्समिटरलाई बढी चलायनमान बढाई बढी रसायन उत्पादन गर्ने उनी बताउँछन् ।

त्यस्तै सेक्सलाई निन्द्राको औषधी नै भएको समेत डा घोष बताउछन् । ‘यदि तपाईँलाई रातभर निन्द्रा लागेको छैन भने सेक्सले औषधीको काम गर्छ,’ उनी भन्छन् । उनका अनुसार बिहान भन्दा रातको समयमा सेक्स उपयुक्त हुन्छ ।

सेक्सले मांशपेशीलाई आनन्द दिने र काँध तथा घाँटीको दुःखाई कम गर्ने डा घोष बताउँछन । त्यस्तै सेक्सले मुटुको रोग, हड्डी सम्बन्धी समस्या समाधान गर्ने, पुरुष तथा महिलालाई बढी उर्वर बनाउने, प्रोटेस्ट क्यान्सरबाट बचाउने र तौल घटाउन समेत प्रभावकारी सिद्ध हुने विज्ञहरु बताउँछन् ।

यो एउटा सम्बन्धको मुख्य चाबी पनि हो । किनकी सेक्सले सहानूभूति बढाउँछ । जसका कारण उनीहरु सेक्सपछि पुरुषसँग माया जालमा पर्छन् ।
स्वास्थ्य खबरपत्रिका र डेलीमेलबाट


अदुवा हालेको चिया सबैले खान्छन् । तर त्यसका फाइदाबारे सबैलाई थाहा नहुन पनि सक्छ । जाडोमा अदुवा हालेको चिया पिउनुको आफ्नै महत्व छ । अदुवामा भिटामिन सीको मात्र उच्च हुन्छ भने म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ । अदुवाको जरा स्वास्थ्यका लागि अत्यन्तै राम्रो मानिन्छ ।

अदुवाको चिया बनाउँदा मह र कागती समेत मिलाउन सकिन्छ ।



किन खाने अदुवाको चिया ?



१ बान्त हुने र विरामी पर्ने हुँदैन

कुनै पनि यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने वान्त वा अन्य विमारी हुने समस्या आउँदैन । अलि अलि असजिलो महसुस भएको समयमा पनि अदुवा भएको चिया खानु राम्रो हुन्छ ।२ पाचन प्रणालीमा सुधार

अदुवाले पाचन प्रणालीका क्रियाहरु सहज तुल्याउँछ । अधिक खानेकुरा सेवन गरेको समयमा पनि एक कप अदुवा भएको चिया खानु उपयुक्त हुन्छ ।

३ दुखाइमा पनि औषधी

अदुवाले तपाइँको शरीरको कुनै भागमा भएका जलन वा दुखाइलाई पनि कम गर्छ । मांसपेसी र जोर्नीको दुखाइमा पनि अदुवाको सेवन सहायक हुन्छ ।

४ श्वासप्रश्वासको समस्यामा औषधी

अदुवाको चियाले श्वासप्रश्वासको समस्या हुनेलाई पनि लाभ गर्छ । चिसो लागेको समयमा एक कप अदुवा हालेको चिया लाभदायी हुन्छ । त्यसैगरी वातावरणीय एलर्जीलाई पनि निवारण गरिदिन्छ ।

५ रक्त सञ्चारमा सुधार

अदुवामा रहेको भिटामिन र खनिज एवं एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो पार्छ र विभिन्न रोगको खतराबाट बचाउँछ । हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ ।

६  महिनाबारीको समाधान

अदुवाको चियाले महिलालाई हुने महिनाबारीको समस्या समाधान गरिदिन्छ । अदुवाको चिया तल्लो पेटमा लगाउँदा पनि यसले दुखाइ कम गर्छ । अदुवा चियामा मह मिसाउन सकेन त्यसले झनै राम्रो गर्छ ।

७  रोग प्रतिरोधात्मक क्षमतामा वृद्धी

अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । अदुवाको चियामा उच्चस्तरको एन्टीअक्सीडेन्ट हुन्छ जसले रोगसँग लड्ने क्षमता बढाउँछ ।

८ दिकदारी कम गर्छ

अदुवा हालेको चिया सेवन गर्दा दिकदारी र तनाव कम गर्छ । चियाँ र अदुवाबाट बन्ने कडा रसायनले यस्तो लाभ दिने चिकित्सकहरुको भनाइ छ ।

 News24Nepal

पेट दुखेको होस् वा टाउको अथवा अन्य कुनै रोगको उपचारका लागि डाक्टरकहाँ जाँदा डाक्टरले चेकजाँचका क्रममा मुख आँ‘ गर्न लगाएर जिब्रो बाहिर निकाल्न लगाएर टर्च वालि बालि हेर्ने गरेको हामी सबैमा अनुभव छ ।
पेट दुखेर जँचाउन गएको बेला डाक्टरले किन जिब्रो हेरेका होलान् ? भन्ने प्रश्न सहजै हाम्रो मनमा उठ्ने गर्छ । जिब्रोको मुख्य काम स्वाद थाहा पाउने हो । स्वाद थाहा पाउने मात्रै नभएर जिब्रोले विभिन्न स्वास्थ्य समस्याको बारेमा जानकारी समेत दिन्छ । जिब्रोको अवस्था हेरेर जिउमा भएका केही रोग तथा स्वास्थ्य समस्या थाहा पाउन सकिन्छ ।
खोकी, ज्वरो, जण्डिस, टाउको तथा पेट दुख्ने जस्ता समस्याहरु जिब्रोको अवस्था हेरेरै पत्ता लगाउन सकिन्छ भने र जिब्रोको अवस्थाले डाक्टरहरुलाई रोग पत्ता लगाउन सहयोग पूराउँछ ।

स्वस्थ मानिसको स्वस्थ जिब्रोको रङ गुलाबी हुनुका साथै जिब्रो सफा तथा स(साना स्वाद टुसाहरु प्यापिली ले भरिएको हुन्छ ।
डढेको जस्तो, रातो, कालो वा सेतो रंगको जिब्रो हुनु मुखमा ढुसी वा ब्याक्टेरियाको संक्रमण भएको लक्षणको रुपमा लिइन्छ भने एलर्जीका कारण जिब्रो सुन्निएको हुन्छ ।
लामो समयसम्म एन्टिबायोटिक औषधि सेवन गरेका मानिसहरु तथा एचआइभी संक्रमित मानिसहरु जसको मुखमा ढुर्सीको संक्रमण भएको हुन्छ उनीहरुको जिब्रो कालो तथा रंगहीन हुन्छ ।
जिब्रोको सतहमा लामो गहिरो धर्साहरु हुनु भिरिंगी जस्ता यौन संक्रामक रोगको लक्षण हुनसक्ने विज्ञहरुको भनाइ छ ।
जिब्रोमा घाउहरु हुनु पेटको जटिल रोग ‘क्रोहन डिजिज’को लक्षण हो ।
स्वाद कोशिका कम भएको चिल्लो जिब्रो ले सरीरमा भिटामिन बी १२, फलाम तत्व तथा फोलेट कम भएको र रक्तअल्पताको संकेत गर्छ ।
बेलायतको क्यान्सर रिसर्च संस्थाका अनुसार जिब्रोमा जिब्रोमा गाँठागुठी हुनु तथा जिब्रोबाट धेरै रगत आउनु मुखको क्यान्सरको लक्षण हुनसक्छ ।
yejensi

घ्युकुमारीको करिब २ सय ५० प्रजाति रहेका छन् । यसमध्ये केही प्रजातिमात्र औषधीय गुण हुने गर्छ । यसमा सबैभन्दा प्रभावशाली प्रजाती बार्बाडेन्सीस वा एलोभेरा हो । हाम्रो शरिरको सही विकाका लागी २१ वटा एमिनो एसिडको आवश्यकता पर्छ । यसमा १८ वटा एमिनो एसिड एलोभेरामा पाइन्छ ।
एलोभेरा जुसमा क्याल्सियम, सोडियम, आइरन, पोटासियम, क्रोमियम, मैगनीज, ताम्बा जस्ता खनिज पदार्थ पाइन्छ ।

एलोभेरामा १८ धातु, १५ एमिनो एसिड, र १२ थरीका भिटामिन पाइन्छ । यसले शरिरमा रगतको मात्राको कमीलाई कम गर्नुका साथै शरिरमा प्रतिरोधी क्षमतामा बृद्धी गर्छ । एलोभेरा जुस गर्भासयको रोग तथा पेटको विकार नष्ट गर्नका लागि समेत फाइदा पुर्याउँछ । गर्मी, वर्षाका कारण हुने विभिन्न समस्याबाट समेत यसले मुक्ति दिने गर्छ। गुलाब जलमा एलोभेराको रस मिसाएर अनुहारमा लगाउनाले अनुहारमा चमकता आउँछ ।



यस्तो छ एलोभेराको जुस पिउनुले हुने फाइदाहरू‘

– प्रदुषण, जंक फुड, अनहेल्दी लाइफ स्टाइल, स्मोकिङ र ड्रिकिङ्ग आदीबाट शरिरमा बेफाइदा हुने गर्छ र यी खानेकुराले शरिरमा बिकार तत्व बढि मात्रामा निकाल्ने गर्छ । एलोभेरा जुसको नियमित सेवन गर्नाले यी सबै विकार पदार्थ बाहिर निस्किने गर्छन् ।
– दैनिक रूपमा एक गिलास एलोभेरा जुस पिउनाले तौल घट्छ साथै यसको प्रयोगले बारम्बार भोक लाग्ने समस्याबाट समेत मुक्ति पाइन्छ । साथै, मधुमेह नियन्त्रण गर्न पनि मद्दत गर्छ ।
– एलोभेराको जुसले दाँतको पहेलोपन पनि कम गर्छ । यसको दैनिक प्रयोगले दाँतमा हुने किटाणु नष्ट हुन्छ । सासमा हुने दुर्गन्ध समेत यसले कम गर्छ ।
– एलोभेराको जुस एक हिसाबले शक्ति दिने पदार्थ हो । यसको नियमित प्रयोगले शरिरलाई दिनभर शक्ति प्रदान गर्छ र स्फूर्त राख्न मद्धत गर्छ । यसले रो प्रतिरोधी क्षमतालाई पनि बृद्धी गर्छ ।
– एलोभेरा जुसले रगतको कमीलाई पनि कम गर्छ । एलोभेराको ६ देखी ८ इन्च तासिएको टुक्रा, ५९७ वटा तुलसीकोप पत्ता र ४९५ वटा नीमको पात लिएर थोरै पानीमा हालेर पिस्ने र यसलाई तातो काढाँ बनाएर पिउनाले एनीमिया सञ्चो हुन्छ ।
– एलोभेराको जुसले छालालाई समेत फाइदा पुर्याउँछ । यसको नियमित प्रयोगले छालामा चमकता ल्याउनुको साथै स्वस्थ समेत राख्छ । यस्तै, यसले कपाललाई पनि स्वस्थ राख्ने र रूखोपनलाई कम गर्ने गर्छ ।
– एलोभेराको जुसले रगतको सञ्चालनलाई ठिक गर्छ । यसले रक्त चापका रोगीलाई पनि निकै फाइदा पुर्याउँछ । यस्तै, मुटुका बिरामीका लागि पनि यो निकै उपयोगी हुन्छ ।
News24Nepal

 ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

चुरोटमा निकोटिन तत्व पाइन्छ र सोही रसायनका कारण लाग्ने तलतलीका कारण चुरोटको लत बस्छ भन्ने कुरा धेरैलाई थाहा छ ।

चुरोट तथा सुर्तिमा निकोटिन रसायन पाइने कुरा धेरैलाई थाहा भएपनि चुरोटमा अरु धेरै हानिकारक रसायन पनि पाइन्छन् भन्ने कुरा धेरैलाई थाहा नहुनसक्छ । तर यथार्थ कुरा के हो भने चुरोटमा निकोटिन भन्दा पनि खतरनाक अन्य कैयन् रसायनहरु हुन्छन् । चुरोटमा पाइने मुख्य हानिकारक तत्वहरु निम्नानुसार छन् :
निकोटिन – चुरोटमा निकोटिन तत्व उच्च मात्रामा पाइन्छ । सुर्तिबाट निकोटिन प्राप्त हुन्छ । यसले डिएनएमा क्षति पूराउने तथा क्यान्सर लगायतका रोग सिर्जना गर्नमा भूमिका खेल्छ ।
बेन्जिन- बेन्जिन एक प्रकारको पेट्रोकेमिकल हो । बेन्जिन त्यो रसायन हो जो ड्राइ क्लिनरमा लुगा सफा गर्न प्रयोग गरिन्छ । यो क्यान्सर गराउने एक तत्व हो र यसका कारण रक्त क्यान्सरको जोखिम उच्च हुन्छ ।
आर्सेनिक- आर्सेनिक यस्तो धातु हो जसले रगतलाई विषाक्त पार्छ । यसले शरीरका कोषिकाहरुलाई नष्ट गर्दछ ।
अलकत्रा – चुरोटमा अलकत्रा समेत पाइन्छ । चुरोट बल्दा अलकत्रा वा टार बन्दछ । त्यो अलकत्रा ठीक त्यहीँ चिज हो जो सडकमा प्रयोग गरिन्छ । सोही कारण चुरोट पिउँदा दाँत पहेँलो हुने र फोक्सो कालो हुने गर्छ ।
फर्माल्डिहाइड- यो निकै हानिकारक रसायन हो । यसले रक्तकोषिकाहरुमा क्षति पूराउँछ ।
एसिटोन- नङ पालिस हटाउन प्रयोग गरिने झोल हो एसिटोन । चुरोटमा समेत सोही रसायन पाइन्छ । त्यस कारण चुरोट पिउने मानिसको वायु नली तथा फोक्सोमा नकारात्मक असर पुग्छ ।
कार्वन मोनोअक्साइड- चुरोट तान्दा निस्कने धुँवामा ५ प्रतिशत कार्वन मोनोअक्साइड हुन्छ । यसले राता रक्तकोषको अक्सिजन बोक्ने क्षमतामा ह्रास पूराउँछ । यसका कारण फोक्सोमा असर पुग्नुका साथै विभिन्न खाले हृदयरोगको खतरा बढ्छ ।
एमोनिया – यहीँ रसायनका कारण चुरोट तान्ने मानिस ठुस्स गन्हाउँछ । यसले समेत मानिसमा लत बसाल्ने काम गर्छ ।
क्याडि्मयम – चुरोटमा पाइने यो हानिकारक धातुले मृगौलामा असर पूराउँछ ।
नाइट्रोजन अक्साइड-यो विषाक्त ग्यासले फोक्सोमा नकारात्मक असर पूराउनुका साथै रगतलाई पनि विषाक्त बनाउँछ ।
क्रोमियम-यो हानिकारक धातुले क्यान्सरको खतरा बढाउँछ । यसले डिएनएमा पनि क्षति पू्राउँछ ।
कपूर – नाप्थालिन भनिने यो रसायन सरीरका लागि निकै हानिकारक हुन्छ ।
हाइड्रोजन साइनाइड- यो निकै विषाक्त रसायन हो । यसले वायु नली तथा फोक्सोमा क्षति पूराउँछ ।
शिशा – शिशा निकै हानिकारक रसायन हो । यो निकै विषाक्त रसायन पनि हो । यसले रगतलाई विषाक्त बनाउनुका साथै मात्रा बढि भयो भने मानिसको ज्यानै जान सक्छ । यो क्यान्सर गराउने तत्व पनि हो ।
gorkhalikhaban____________________________________

खानेकुरा काँचो मीठो हुँदैन । तर, यसको लाभ भने रहेकेा छ । त्यसैले आजभोली दिनहुँ काँचो खानेकुरा लोकप्रिय भएको पाइन्छ । जाडो सयमा त्यति काँचोकचिलो नखाए पनि गर्मी मौसम भने यस्तो खानेकुराका लागि उपर्युक्त समय मानिन्छ । गर्मी मौसममा फलफुल र सागसब्जी पनि पर्यापत पाइन्छन् । काँचो खानेकुरा खाँदा राम्रो तर खानुअघि राम्ररी पखाल्ने वा प्रशोधनका अन्य उपाय अवलम्बन भने गर्नुपर्छ ।





क्यान्सर घटाउँछ
दैनिक भोजनमा फलफुल र सागसब्जी जस्ता धेरै भन्दा धेरै काँचो खानेकुरा मिसाएर खाने बानीले क्यान्सरको खतराबाट जोगाउँछ । काँचो खानेकुरामा प्रशस्त भिटामिन, खनिज, एन्टिअक्सिडियन्ट र पकाइएका खानाको तुलनमा बढी हुन्छ । किनकि पकाएको खानेकुरामा कार्सिनोजेन नामक तत्व हुने भएकोले पकाएको खानेकुराबाट विभिन्न प्रकारका क्यान्सर हुने खतरा हुन्छ ।

प्राकृतिक इन्जाइम प्राप्त हुन्छ
काँचो खानेकुरा विभिन्न प्रकारका प्रोटिनको महत्वपूर्ण स्रोत हो, जसले पाचन प्रक्रिया सहज गर्ने, कोलेस्ट्रोल ठीक्क राख्ने र कब्जियतबाट बचाउँछ । यस बाहेक मेटाबोलिज्मलाई तीब्रता दिन पनि यसले सहयोग गर्छ र तौल घटाउँछ ।

सुगरप्रतिको मोह घटाउछ
यदि तपाई चिनिप्रतिको मोह नियन्त्रण गर्न सक्नु भएको छैन भने कच्चा खानेकुराले तपाईको समस्या समाधान गर्छ । फलफूल चिनी र ऊर्जा प्रदान गर्ने अन्य पोषणको स्वभाविक प्राकृतिक स्रोत हो ।

फ्याट र क्यालोरि थोरै हुन्छ
फलफुल तथा सागसब्जीमा फ्याट र क्यालोरिको मात्रा प्राकृतिक दृष्टिले नै न्यून हुन्छ । कतिपय फलफुलमा त फ्याट नै हुँदैन । तपाई आफ्नो तौल बढेर हैरान हुनुहुन्छ वा मोटोपनबाट मुक्त हुन चाहनुहुन्छ भने निश्चय नै काँचो फलफूल र सागसब्जी सहयोगी सिद्ध हुन सक्छ ।

वातावरण मैत्री
वातावरणलाई संरक्षण गर्न चाहनुहुन्छ रु हरेक दिन धेरै भन्दा धेरै कच्चा खानेकुरा खानुहोस् । कच्चा खानेकुराले थोरै मात्रामा कार्वनडाइअक्साईड उत्सर्जन गर्छ । त्यसलाई पकाउन तपाईलाई ऊर्जा आवश्यकता पर्दैन । कच्चा खानेकुरलाई प्याक गर्न वा वोतलमा राख्न पर्दैन । यसले प्रदूषण वा फोहरलाई रोक्न पनि सहयोग गर्छ ।

स्वादिलो हुन्छ
काँचो खानेकुरा कसलाई पो मन पर्र्दैन र ? बदाम, केरा, किवी फल, सुन्तला, स्याउ, चेरी, स्ट्राबेरी, व्लुबेरी, गाजर, मुला, आप, भुईकटहर, एभोकाडो लगायतका अन्य फलफुल र सागसब्जी निकै स्वादिला हुन्छन् । यसलाई अझै स्वाद थप्न घिउ, मसला, नुन, चिनी जस्तो पकाउँदा प्रयोग गरिने चिज मिसाउनु पर्दैन । अर्थात बढि मेहनत गर्नु पर्दैन ।(स्वास्थ्य खबरपत्रिका)

    भाङलाई आयुर्वेदमा कफ सोस्ने, पाचनवद्र्धक, तीक्ष्ण, उष्ण, पित्तकारक तथा अग्निवद्र्धक मानिन्छ ।



    यो बलबद्र्धक, मेधाजनक, मोहकारक, मदकारक, रुचिकारक, उत्तेजक, लठ्याउने तथा कुष्ठनाशकसमेत हुन्छ ।

    गाँजालाई पाचनवद्र्धक तथा शक्ति प्रदायक पनि मानिन्छ ।

औषधीय प्रयोग

    भाङको पातलाई मसिनो गरी पिसेर सुँघ्दा टाउकाको अग्रभाग दुख्ने समस्या कम हुन्छ ।

    भाङको पातको रस निधार तथा टाउकोमा मालिस गरे टाउको दुख्ने समस्या समाधान हुन्छ ।

    भाङको पातको मनतातो रस कानमा २–३ थोपा हाल्दा कान दुख्ने समस्या ठीक हुन्छ ।

    दमका रोगीले भुटेको १ सय २५ ग्रामजति भाङमा २ ग्राम मरिच तथा २ ग्राम मिस्री मिसाएर खाने हो भने दमका रोगीको श्वासको गति सामान्य हुन्छ ।

    भाङको बीउको तेलको मसाज बाथ तथा गठिया रोगमा लाभदायक सिद्ध हुन्छ ।

    एक चम्चा भुटेको भाङको चुर्ण तथा आधा चम्चा मह मिसाएर बिहान–बेलुका खाँदा श्वास–प्रश्वासको रोगीलाई लाभ हुन्छ ।

    एक कचौरा भाङ घ्यूमा भुटेर त्यसमा एक/एक चम्चा मरिच तथा मिस्री मिसाई दिनमा ३–४ पटक सेवन गरे बाथ तथा गठिया रोगमा लाभ हुन्छ ।

    भाङको चुर्णमा मह तथा घ्यू मिसाएर लामो समयसम्म मात्राअनुसार सेवन गरे सम्पूर्ण प्रकारको कुष्ठ रोगमा लाभ मिल्छ ।

    भाङ तथा भाङको चुर्णलाई मात्राअनुसार सेवन गर्दा अनिन्द्रा हटेर जान्छ ।onlinedailypost

महिलाको तिघ्राको भित्री भाग अत्यन्त संवेदनशील हुन्छ। उक्त भागको छाला धेरै पातलो हुन्छ र त्यहाँ कैयन् उत्तेजक तत्त्व हुन्छ। त्यसैले यो भागलाई कामोत्तेजक मानिन्छ। यो भागमा स्नेहपूर्व भए, सुमसुम्याए वा चुम्बन गरे महिलाहरूमा कामोत्तेजना वृद्धि हुन्छ र उनीहरू यौनसम्पर्कका लागि बढी उत्प्रेरित हुन्छन् र त्यसबाट आनन्द पनि प्राप्त गर्छन्।



अधिकांश पुरुष यौन सक्रियताका बेला माहिलाहरूलाई उत्तेजित गर्न तिनका एक वा दुई शारीरिक अंगमै बढी केन्द्रित हुन्छन् तर महिलाका शरीरमा कैयन् त्यस्ता अंग छन् जहाँ स्पर्श मात्र गर्दा पनि उनीहरूमा कामेच्छा जागृत हुन्छ ।१) तिघ्राको भित्री भागः तिघ्राको भित्री भाग अत्यन्त संवेदनशील हुन्छ । उक्त भागको छाला धेरै पातलो हुन्छ र त्यहाँ कैयन् उत्तेजक तत्त्व हुन्छ । त्यसैले यो भागलाई कामोत्तेजक मानिन्छ । यो भागमा स्नेहपूर्व भए, सुमसुम्याए वा चुम्बन गरे महिलाहरूमा कामोत्तेजना वृद्धि हुन्छ र उनीहरू यौनसम्पर्कका लागि बढी उत्प्रेरित हुन्छन् र त्यसबाट आनन्द पनि प्राप्त गर्छन् ।
२) हातका भित्री भागः हातको भित्री भागको छाला अत्यन्त पातलो हुन्छ र त्यहाँ कैयन् उत्तेजक तत्त्व हुन्छन् । यो भागमा प्रेमपूर्ण क्रियाकलाप गर्नाले तुरु न्तै मस्तिष्कसम्म संकेत पुग्छ । यो भागमा यौनसाथीको स्पर्श मात्र पनि महिलाहरूलाई कामोत्तेजित गर्न पर्याप्त छ ।
३) कानः कान पनि महिलाहरूको प्रमुख कामोत्तेजक अंगमध्ये एक हो । यो शारीरिक एवं मानसिक दुवै रूपमा कामोत्तेजित गर्न सहायक हुन्छ । महिलाहरू को कानमा प्रेमपूर्वक फुसफुसाए, चुम्बन गरे वा जिस्किए उनीहरूको कामोत्तेजना बढ्छ । यसबाहेक यौन सम्र्पकका बेला कामुक कुराकानी गर्दा पनि उनीहरू कामोत्तेजित हुन्छन् ।
४) गर्दनको पछाडिको भागः गर्दन पछाडिको भागमा केश रेखाको ठीक मुनिदेखि लिएर कानपछाडिको भागसम्म अत्यन्त संवेदनशील हुन्छ । यो हिस्सामा स्पर्श वा चुम्बन गर्नाले महिलाहरूमा कामोत्तेजना जागृत हुन्छ र उनीहरूले यौनसम्पर्कमा पर्याप्त आनन्द प्राप्त गर्छन् ।
५) आँखाको परेलाः आँखाको परेला पनि महिलाहरूलाई कामोत्तेजित गर्न सहयोगी हुन्छ । परेलामा प्रेमपूर्व चुम्बन उत्तेजित गर्नका लागि पर्याप्त हुन्छ । परेलाको छाला पातलो हुन्छ र कैयन् उत्तेजक तत्वको उपस्थितिले त्यसलाई संवेदनशील बनाउँछ ।onlinedailypost


दही–दूधलाई फर्मेन्टेसन गरी बनाइन्छ । यो क्रियालाई दूध सुरक्षित राख्ने एक विधिको रुपमा पनि लिन सकिन्छ । किनकि दहीलाई केही दिनसम्म चिसोमा सुरक्षित राख्न सकिन्छ भने दूधलाई यसरी राख्दा बिग्रन्छ । दही बनाउने समयमा दूधमा प्रयोग गरिने जोडनको माध्यमबाट ल्याक्टोब्यासिल जीवाणु सक्रिय भई दूधमा रहेको ल्याक्टोज चिनीलाई ल्याक्टिक एसिडमा परिणत गर्छ, फलस्वरुप दही बन्छ । यसलाई प्रोबायोटिक कल्चर पनि भनिन्छ ।




दहीको पौष्टिक गुण बाहेक केही स्वास्थ्य समस्या निदान गर्न समेत मद्दत पु¥याउने भएकाले यसलाई फङ्सनल फूडको रुपमा पनि लिइएको छ । दहीमा पाइने ल्याक्टोब्यासिल जीवाणुले शरीरभित्र अन्य हानिकारक जीवाणुहरुको वृद्धि हुन दिंदैन । विशोष अमोबिक डिसेप्ट्रीका जीवाणुको वृद्धिलाई रोक्छ । पेट गडबडी हुँदा अर्थात पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला कम गर्छ । फर्मेन्टेसन क्रियाबाट दही बन्ने भएकोले दूधभन्दा पचाउन पनि सजिलो हुन्छ ।

एन्टिबायोटिक औषधिको सेवनबाट पाचनक्रियामा भएको गडबडीलाई दहीले ठीक राख्न मद्दत गर्छ । यस्तो औषधिले शरीरमा भएका राम्रा तथा नराम्रा दुवै किसिमका जीवाणु नष्ट गर्ने भएकोले पाचनक्रियामा समेत असर पार्छ । यस्तो स्थितिमा घरमै बनाएको अमिलो नभएको दही खानाले नराम्रा जीवाणुको वृद्धि लाई रोकी पाचन अंगलाई पुनः साधारण अवस्थामा ल्याउन मद्दत गर्छ ।

यसैगरी महिलाहरुमा विशेषतः गर्भवती, मधुमेह तथा एन्टिबायोटिक औषधि सेवन गरेको अवस्थामा देखा पर्ने एक प्रकारको योनिको संक्रमण (योनि चिलाउने तथा बाक्लो तरल पदार्थ बग्ने) लाई हटाउन दैनिक भोजनमा प्रशस्त मात्रामा दहीको समावेश गर्न आवस्यक भएको कुरा विभिन्न अध्ययनले देखाएको छ । दैनिक भोजनामा दही समावेश गर्न सकेमा यस प्रकारको संक्रमण तीन गुणाले कम हुनेछ ।

तुलनात्मकरुपमा हेर्ने हो भने दूध  र दूधबाट बनेका अन्य खाद्यपदार्थहरुमा भन्दा दहीमा प्रशस्त मात्रामा पौष्टिक तत्व पाइन्छ । १०० ग्राम दहीमा प्रोटिन ३ दशमवल १ ग्राम, चिल्लो ४० ग्राम, क्यालोरी ६० र क्याल्सियम १४९ मि.ग्रा. पाइन्छ । हुन त दूधबाट दही बनाउने भएकाले साधारणतया दुवै खाद्यपदार्थको पौष्टिक गुुण समान भए पनि दहीमा क्याल्सियमको मात्रा, शोषण हुने प्रक्रिया दूधको भन्दा केही फरक छ ।

नेसनल इन्स्टिच्युट अफ न्युट्रेसन इन हैदराबादले गरेको अध्ययन अनुसार एक कप अर्थात २५० मि.ग्रा.दहीबाट ३७० मि.ग्रा. क्याल्सियम पाइन्छ भने एक कप दूधबाट ३०० मि.ग्रा. मात्र क्याल्सियम पाइन्छ । यसरी एक कप दहीबाट एक वयष्कको क्याल्सियमको आवस्यकता ३०–४० प्रतिशत पूर्ति हुन्छ । यसैगरी प्रोटिन ८ ग्राम प्राप्त हुन्छ । यी बाहेक दही भिटामिन बी, फोस्फोरस तथा पोटासियमको पनि राम्रो स्रोत मानिन्छ । एक कप दहीबाट २५० मि.ग्रा. पोटासियम पाइन्छ, जुन एक पाकेको केराबाट पाउने बराबरको हुन्छ । दूधमा भएको क्याल्सियम भन्दा दहीमा भएको क्याल्सियमको शोषण तथा उपयोग छिटो हुन्छ ।
शरीरमा क्याल्सियम शोषणको लागि एसिडको आवश्यक पर्छ, जुन एसिडको दही भएका जीवाणुहरुले पैदा गर्छन् अर्थात दूधबाट दही बन्ने क्रममा यी जीवाणुले ल्याक्टोज चिनीलाई ल्याक्टिक एसिडमा परिणत गर्ने काम गर्छन् । यसैगरी प्रोटिन तथा लौहतत्वको शोषणमा पनि ल्याक्टिक एसिडले मद्दत पु¥याउँछ । यस प्रकार शरीरमा दहीमा भएको क्याल्सियम राम्ररी शोषण तथा सदुपयोग हुने भएकाले अस्टोपोरोसिस भएका वयष्क महिलाको दैनिक भोजनमा आवश्यक मात्रामा दही समावेश गर्दा क्याल्सियमको औषधिले भन्दा बढी फाइदा भएको पाइएको छ । दूधमा भन्दा दहीमा पानीको मात्रा कम हुनाले स्वाभाविकरुपमा यसमा पौष्टिक तत्व बढी हुन्छ तर क्यालोरीको परिमाण भने दूधमा भन्दा दहीमा कम हुन्छ । अझ तर निकाली दही बनाएको छ भने क्यालोरीको मात्रा ज्यादै कम हुन्छ ।

News24Nepal

पेट दुख्ने रोगमा

बालबेल भनेको काँचो चाना पारेर सुकाएर राखेको बेल हो, जसलाई कुटेर बिहान–बेलुका एक–एक चम्चा काँडा पकाएर खाने गरे पेट सम्बन्धी सम्पूर्ण रोगहरु ठीक हुन्छ ।


आँउ रगत परेमा
जतिसुकै कडा र पुरानो आउँ रगत परेको छ भने पनि बालबेलको काँढा बिहान–बेलुका सेवन गरेमा तीन–चार दिनमै ठीक भएर आउँछ ।

पित्तको रोगमा
अमिलो पानी आउने, चिया खानै नहुने रोगीले पनि नियमित बालबेलको चिया खाने गरेमा पित्तको रोग ठिक हुन्छ र यसले धित पनि मार्छ ।

झाडा पखाला लागेमा
बेलको एक मुठी पात पानीमा पिनेर मिस्री हालेर खाएमा जस्तो सुकै दिसा–झाडा लागेको पनि तीन–चार मात्रामै ठीक हुन्छ ।

अजीर्ण भएमा
बेलपत्रको रस नित्य एक–एक चम्चा बिहान–बेलुका पिउने गरेमा अजीर्ण, पुरानो आउँ रगत आदि रोग ठीक हुन्छ ।

दमको रोगमा
बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान÷बेलुका खाने गरेमा दमको रोग समन हुँदै जान्छ ।

दाँतको गिजाको रोगमा
गिजा दुख्ने, पाक्ने भएमा बेलपत्रको धूलोमा तोरीको तेल तीन÷चार थोपा, नुन एक चिम्टी र एक चिम्टी बेसार हालेर औंलाले बिस्तारै गिजामा मालिस गर्ने र तातो पानीले केही दिन कुल्ला गर्ने गरेमा दशरपन्ध्र दिनमै ठीक हुन्छ ।

बान्ता रोक्न
आधा चम्चा बेलको फूल पानीसँग खाने गरेमा एक÷दुई मात्राले नै वमन रोक्न मद्दत हुन्छ ।

रुघा, खोकी लागेमा
बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ ।

.timenepal

फिट्कीरी एक औषधीय गुण भएको रसाएनीक पदार्थ हो ।
आँखाको रोगमा
सानो शिशी गुलाफ जलमा २ चिम्टी फिट्कीरीको धूलो मिसाएर राख्नुहोस् र आँखा रातो भएमा, चिप्रा लागेमा, आँखा पोलेमा २ थोपा बिहान बेलुका हाल्नाले ठीक हुन्छ ।
ज्वरो आएमा
दिनदिनै वा ३्४ दिन बिराएर आउने ज्वरोमा ताउमा फुराएको धूलो फिट्किरी २ चिम्टीमा २ चिम्टी चिनी मिसाएर ज्वरो आउनु चार घण्टा अगाडि पानीसंग खानुहोस् र दोस्रो मात्रा दुइ घण्टा पछाडी फेरि खानुहोस् यसरी ज्वरो आउन सक्दैन र आएमा पनि मन्द मात्र आउँछ । यसरी ३्४ दिन नियमित प्रयोग गर्नाले ठीक हुन्छ ।





मलेरिया ज्वरोमा
फुराएको फिट्किरीको धूलो २ चिम्टी, नौशादर दुइ चिम्टी, गेरु दुइ चिम्टीको मात्रा मिलाएर दिनको चार पटक पानीसँग खाएमा मलेरिया ज्वरो निको हुँदै जान्छ ।
दम खोकीमा
दूधे बालकलाई खोकी लागेमा फुराएको फिट्किरी १ चिम्टी हालेर पानीमा फिटेर आमाको थुनमा लगाउनाले खोकी कम हुन्छ । जब बच्चाले दूध खान्छ सँगसँगै फिट्किरीको पानीले पनि काम गर्छ ।
पेट बटारिएर दुख्ने रोगमा
फुराएको फिट्कीरीको चूर्ण १ चिम्टी २ वटा दाखभित्र हालेर बिहानरबेलुका पानीसँग खाने गरेमा केही दिनमै दुखेको पेट ठीक हुन्छ ।
दन्त शूलमा
सिमालीको जरा फिट्किरी पानीमा पिनेर दाँत माझ्नाले दाँत सम्बन्धी रोगहरु निको हुन्छन् ।
डण्डिफोर र छालाको चायामा
फिट्कीरी पानीमा सुपारी घोटेर बेलुका सुत्नु अगाडि लगाउने गरेमा डण्डिफोर र छालाको चाया ठिक हुन्छ ।News24Nepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget