पाँच जिल्लालाई चीनको छुट्टै सहयोग

काठमाडौं – चीनले सीमाना जोडिएका भूकम्प प्रभावित पाँच जिल्लामा सोलार जस्तापातालगायत सामुदायिक पूर्वाधार विकासका सामग्री पठाउन थालेको छ । नेपालका उत्तरवर्ती १५ जिल्लासँग चीनले सुरु गरेको पूर्वाधार विकास र खाद्यान्नका आयोजनाअन्तर्गत गोरखा, सिन्धुपाल्चोक, रसुवा, दोलखा र मुस्ताङलाई ती सामग्री सीमामा पठाएको हो ।

नेपालले दोस्रो वर्षका लागि भूकम्पप्रभावित जिल्लालाई प्राथमिकता दिन आग्रह गरेपछि सबैभन्दा बढी आवश्यकता भएका सामग्रीको सूची पठाउन भनेको थियो । पाँचै जिल्लाले भूकम्प पीडितका लागि जस्तापाताको माग सबैभन्दा बढी गरेका थिए ।

संंघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको वैदेशिक सहयोग समन्वय शाखाका प्रमुख प्रकाश दाहालले पाँचमध्ये गोरखा र मुस्ताङका लागि जस्तापाता सोलारलगायत सामग्री सीमामा ल्याइपुर्याइएको जानकारी दिए ।

ratopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget