सरकारका अबसरवादी मन्त्री को-को हुन् ?, ओलीले काम गर्न नसक्नुको रहस्य यसरी खुल्यो

काठमाडौं, २१ माघ । वर्तमन सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको पूर्व मन्त्री एवम् एमालेका नेता लालबाबु पण्डितले आरोप लगाउनु भएको छ । उहाँले सरकारले मुलुकमा आपूर्ति व्यवस्था गर्न नसकेको बताउनुभयो ।
‘सरकारविरुद्ध जनतामा चरम असन्तुष्टि बढेको छ’, एमाले नेता पण्डितले आज बिहान नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै भन्नुभयो, ‘जनतालाई राहत दिने गरेर सरकारले काम गर्नुपछ ।’ उहाँले सरकारले काम गर्न नसके पनि सरकार परिवर्तनको तत्तकाल आवश्यक्ता नहरेको बताउनुभयो ।
‘सरकार परिवर्तनको कुरा अहिले भएको छैन’, उहाँले भन्नुभयो, ‘यो सरकारमा अबसरवादीहरु मन्त्री बनेका छन् । त्यस कारणले सरकारले काम गर्न नसकेको हो । यस्ता अवस्थालाई चिर्दै काम गर्नुपर्छ ।’ उहाँले साना दलका र केही आफ्नै पार्टीका मन्त्रीहरुतर्फ संकेत गर्दै अबसरवादीको संज्ञा दिनुभयो । कुन कुन मन्त्री अबसरवादी हुन् उनीहरुको नाम भने नेता पण्डितले बताउन मान्नु भएन ।
एमाले नेता पण्डितले कतिपय मधेसी नेताहरुले अलग देश कसरी बनाउ भनेर आन्दोलन गरेको आरोप लगाउनु भएको छ । ‘कतिपय नेताहरु मधेसलाई अलग देश बनाउन चाहन्छन्’, उनले भने, ‘नेताहरु कसरी मुख्यमन्त्री भन्ने । कसरी व्यक्तिगत लाभ लिने भनेर लागेका छन् ।’
राजधानी बनाउने विषयमा दुई नम्बर प्रदेशमा मधेसी मोर्चाभित्रै काटाकाट हुने बताउनुभएका एमाले नेता पण्डितले भन्नुभयो, ‘कुन जिल्लालाई कहाँ राख्ने भन्ने ती जिल्लाका जनता र नेताहरुलाई अधिकार दिनुपर्छ । एक नम्बरको राजधानी विराटनगर बन्छ । के मधेसमा पर्दैन विराटनगर ?’
मधेसी मोर्चाले उठाएका माग अधिकांश पूरा भएको बताउनुभएका एमाले नेता पण्डितले भन्नुभयो, ‘लिन्डे ढिप्पी गर्ने हो भने मधेसी मोर्चासँग सहमति हुँदैन । मालिकको आडमा गरिने आन्दोलन र ढिप्पीले केही हुने वाला छैन ।’
मधेसी मोर्चाका नेताहरुले मधेसी जनताको खोल ओढेर मधेसी जनता कै विरुद्ध लागेको उहाँले आरोप लगाउनुभयो ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget