हाम्रो नेतृत्वसँग जोखिम लिने क्षमतै छैन: लीलामणि पौड्याल
राजनीतिले समाजका सबै पक्षलाई प्रभावित गरेजस्तै समाजले पनि राजनीतिलाई प्रभावित गरेका हुन्छ। राजनीतिक नेतृत्वको केन्द्र एउटा मात्र हुँदैन। समग्र नेपालको नेतृत्व भनेर एउटा व्यक्ति वा समयको मात्र आलोचन गर्न सकिँदैन। हामीले विजयलाई स्थायित्व गर्न सकेका छैनौँ। जीत्न जान्ने तर जीतलाई स्थायित्व दिन सक्ने सामूहिक नेतृत्व आउन सकेन। यो सामूहिक असफलताका लागि हामी सबै दोषी छौं।
हामी गहिराईमा नपुगी व्यक्तिको आचरणमात्रै हेरी निर्णय गर्छौं। चमत्कारिक व्यक्ति मात्रै खोज्छौं। हामी सबै विषयको हल गर्न सिंगो दलको संरचना कसरी बनेको विषयमा ध्यान दिन सक्दैनौं। पेटन र क्लाइटको सम्बन्ध नभत्काइ हुँदैन।
व्यक्तिको आफ्नो नैतिक आचरण र चरित्रको सीमा हुन्छ। त्यो भित्र रहेर मात्र आफ्नो भूमिका निर्वाह गर्छ। नेपालको दलका सदस्य बन्ने संरचना नभत्काई एकैचोटी कहि पनि परिवर्तन आउँदैन।
राजनीतिक प्रणालीले कस्तो परिणाम दिन्छ भन्ने समाजको सापेक्ष ज्ञानमा भर पर्छ। शासकीय स्वरुप बदलिएको भए त्यो बुझाइ ठिक ठान्थेँ। तर, अहिलेको पद्धति मिलेर खाने प्रणाली हो। यो कहिले यता कहिले उता हुन्छ, अगाडि बढ्दैन।
लिलामणीजीको नैतिक बल र क्षमता उच्च छ तर उहाँ मुख्यसचिव भएर काम गर्दा यति परिवर्तन भयो भन्ने ठाँउ छैन। हाम्रो कर्मचारी तन्त्रको संरचना नफेरी लिलामणीजीबाट मात्रै धेरै अपेक्षा गर्न सकिँदैन। हामीले संविधान बनाउँदा शासकीय स्वरुप बदल्न सकेएको भए आधारभूत रुपमा केही परिवर्तन हुने थियो। तर मिलेर खाने शासकीय प्रवृत्ति बनेको छ अहिले।
नयाँ शक्ति भनिरहनु भएको छ बाबुरामजीहरु। पार्टी नयाँ खोल्न पाइन्छ तर शक्ति हुन त जनमतले वैधानिकता दिनुपर्ने हुन्छ। नयाँ बन्न लागेको पार्टीलाई नयाँ शक्ति भन्दिने? यो बनेर आउँदा यो नयाँ शक्ति भयो भने सबैलाई थ्रेट होला। तर कसैले दाबी गर्दैमा सबैले नयाँ शक्ति भन्न मिल्दैन।
परिवर्तनका लागि जोखिम लिनु आवश्यक छ। त्यसका लागि सोच, संकल्प, सुझबुझ, साहस हुनुपर्छ। जोखिम लिने स्पेस बनाउन भन्दा त संरचना बदल्नुपर्छ। मैले आफ्नो राजनीतिक मृत्युको घोषणा गरेँ, मेरो अबको १५ वर्षको आयु राजनीतिमा छ। यो जोखिम मैले लिएँ। यो समयभित्र मैले जोखिम लिने हो, बाँकी परिणामले देखाउला।
अहिलेको अवस्थामा सफल हुने नहुने सफलताको मानक के होला? सफल भएमा अपेक्षा पूरा गर्न सकिन्छ कि सकिँदैन भन्ने हो। अहिलेको स्वार्थ समूहबाट गएर म जस्ताले आफ्नो दलको आधारभूत संरचना भत्काएर नागरिकको दल बनाउने हो।
यो बहसमा मैले के गरेँ म कस्तोभन्दा पनि अहिले सतहमा देखिएका कुरामा मात्रै रह्यौं भने कहिँपनि पुग्न सकिँदैन। हाम्रो भूमिकामा हाम्रो सीमा के छ भन्ने कुरा पनि हेर्नुपर्छ। हामी सबै कुरामा नया ढंगले प्रश्नको समाधान खोज्नु पर्छ। किसुनजीले एक पटक अर्न्तवार्तामा म रक्सी खानका लागि सांसद हुन खोजेको भनेका थिए। त्यतिबेला दोष किसुनजीको होइन।
लिलामणी पौड्याल
हामी जस्तो छौं, नेतृत्व त्यस्तै हुन्छ। उसलाई नेतृत्वमा पुर्याउन जस्ले जस्तो भूमिका खेल्छ त्यसैअनुसारको नेतृत्व हुन्छ। त्यो नहुँदा ऊ नेता रहँदैन। नेतृत्वको असफलता अहिले भएको जानेबुझेको समुदायले अपेक्षा गरेअनुसार नै काम गरेर नै नेता भएको हो। अहिलेको नेतृत्वले पनि उसलाई पुर्याएको समूहको अपेक्षा अनुसार काम गर्छ अनि कुरा देशको गर्ने? अहिलेको नेतृत्व छनौट गर्ने अनि नतिजा अर्कै आयो भनि भन्न मिल्दैन। सिंहदरबारमा पुगेको नेतृत्वले आफूलाई पुर्याएकेा समुदायको अपेक्षा पूरा गरिरहेको छ। जुन जनताले उसलाई पठायो उसको अपेक्षा पूरा गरिरहेको छ। गगनले आफ्नो समूहको अपेक्षा पूरा गरिरहनु भएको छ। यो अपेक्षा व्यक्तिगत छ। पूरा नगरे ऊ नेता रहँदैन।
कर्मचारीको भूमिका पक्कै पनि छ, उहाँहरुले नेताले जे चाहेको त्यहि गरिदिनु भएको छ। एउटा मन्त्रीले २२ वटा पूल हाल्न चाहे, कर्मचारीले त्यहि गरेको हो।
कर्मचारीतन्त्र र राजनीतिमा राजनीतिमुनिको उपप्रणाली कर्मचारी तन्त्र हो। राजनीतिक दलले लिने निर्णयको प्रणालीले गगनजस्ता व्यक्ति मात्रै बसेर निर्णय प्रक्रियामा सुधार ल्याउन सकिँदैन। भलै तलदेखि निर्वाचन गर्ने भनिए पनि परम्परागत प्रणालीभित्र सम्भव हुँदैन।
सिंहदरबारभित्र गएर पनि धेरै ठूलो परिवर्तन सम्भव छैन। कर्मचारीको पनि अलिकति क्षमता भएको नेताले त्यो क्रसचेक गर्नसक्छ। मन्त्रीलाई कति घुमाउँछ भन्ने मन्त्रीकै क्षमतामा भर पर्छ। धेरै उत्तरदायित्व राजनीतिज्ञले लिनु पर्छ। उसले नेतृत्व लिएर कमजोरी हटाउने र तलको खराबीलाई सुधार्ने काम गर्नुपर्छ। कर्मचारीजति सबै असल वा मन्त्रीजति सबै असल अर्को पक्षचाहिँ सबै खराब होइन। दुवै पक्षले आफ्नो स्वार्थमा मिलेर काम गरे राष्ट्रिय स्वार्थमा काम नगर्ने वा कहिलेकाहिँ दुइपक्षबीच द्वन्द्व हुनसक्छ।
समस्याकेा जड संरचनमा र अपेक्षा व्यक्तिगत छ। व्यक्तिगत ध्यान, बुद्धिबाट उसको सिमा, पद्धति नहेरी अपेक्षा पूरा भएन भने आलोचना गर्ने पद्धति छ। मैले पाँचजना प्रधानमन्त्रीसँग नजिक बसेर काम गर्ने मौका पाएँ। हाम्रो राजनीतिक नेतृत्वमा जोखिम मोल्ने क्षमताको कमी छ। त्यसैले शासकीय पद्धतिमा सुधार नगरी परिवर्तन सम्भव छैन। राजनीतिक दलको पद्धतिमा दलको नेता प्रधानमन्त्री भएपछि म दलको नेता भन्दा देशको प्रधानमन्त्री हुँ भन्ने नसोची गुटको नेता नै ठान्ने समस्या छ। पाँच जना प्रधानमन्त्री बनेपनि पछाडिबाट चलाउने तत्व एउटै छ तर नेतृत्वसँग जोखिम लिने क्षमतै छैन। जोखिम नमोली धेरै ठूलो परिवर्तन सम्भव छैन।
एक प्रधानमन्त्रीको कालमा एक मन्त्रीले गर्नै नहुने काम गर्नुभयो। उहाँलाई हटाउन प्रधानमन्त्रीले पत्र पठाएर राष्ट्रपतिलाई दिए पुग्छ। दलको नेतालाई अर्को व्यक्ति पठाउ, त्यसले गलत काम गरेको छ भने हुन्छ। तर उहाँले त्यो जोखिम लिनै सक्नु भएन र प्रभावकारी सरकार चलाउन सक्नुभएन। जोखिम मोल्ने भनेको साना साना जोखिमको अभ्यासबाट हुने हो। नेतृत्व निर्माणका लागि तलैदेखि अभ्यास गरी आउनु पर्छ। यो सबै क्षेत्रको नेतृत्वमा लागू हुन्छ। जोखिममा फेल पास दुवै हुनसक्छ।
अहिले जुन मुलधारका राजनीतिक दल, संरचना र निर्माण विधिलाई जोड्ने आधार बिस्तापित गरी नयाँ बन्छ भन्ने विश्वास बनेको छैन। तल दलमा मानिस किन लागेको छ भने उसको आफ्नो स्वार्थ छ। समाजको स्वार्थ भए एउटा कुरा हो तर व्यक्तिगत स्वार्थमा लागेको व्यक्तिले वर्षौँदेखिको सम्बन्ध, स्वार्थ छाडी नयाँ शक्तिमा हामफाल्ला कि भन्ने लाग्दैन। गगनले जोखिम मोल्ने भने पनि अहिलेको नेतृत्व विकासको विधि प्रक्रिया, कार्यशैली र व्यवहारले मेरो जीवन कालमा कुनै नयाँ र फरक नेतृत्व आउला जस्तो लाग्दैन। नेतृत्व निर्माणको विधि के हो भन्नेकुरा नै अस्पष्ट छ।
म पनि यहि समाजको भाइभतिजो हूँ। भ्रष्टाचार गरी कमाएको सम्पतिलाई प्रतिष्ठा ठान्ने अनि भ्रष्टाचार मुक्त समाज बनाउने कुराले हुँदैन। जीवनपर्यन्त यो अभियानमा लागिरहनु पर्छ। त्यसले मात्रै भ्रष्टाचार रोक्न सकिन्छ। मैले मात्र होइन मैले अरुलाई पनि आफ्नो क्षमताले रोक्न सक्नु पर्छ।
(पोखरामा जारी ‘नेपाल लिटरेचर फेस्टिभल’मा ‘नेतृत्वको संकट’ शीर्षकमा भएको बहसमा वक्ताद्वयले प्रस्तुत गरेका विचारको सम्पादित अंश। सो बहसमा पत्रकार सुधीर शर्माले सहजकर्ता बनेका थिए।)
साभार श्राेत ः सेताेपाटी
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.