प्रधानमन्त्रीको कडा भाषणले दिल्लीमा हंगामा ! चीनतिर जाने होकि भन्ने त्रास

काठमाडौं, १३ माघ । मंगलबार(हिजो) प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नाकाबन्दी नखोलेसम्म भारत जान्न्’ भन्ने कडा बयान दिएपछि भारतमा हंगामा भएको छ ।
भाषणका क्रममा नाकाबन्दी नखोले चीनतिर लाग्ने संकेत दिएपछि त्यसले राजधानी नयाँ दिल्लीका शासकलाई झन त्रसित तथा चिन्तित बनाएको छ ।
भारतीय च्यानल आजतकले प्रकाशित गरेको समाचारमा ओलीले अब चीनबाट आफ्नो पहिलो विदेश भ्रमण गर्ने सम्भावना बढेको र यो चिन्ताको विषय भएको उल्लेख गरेको छ । समाचारमा परम्परागत रूपमा नेपालका नयाँ प्रधानमन्त्री सबैभन्दा पहिला भारतको भ्रमणमा आउने गरेको भनिएको छ ।
ओली पहिला चीन गए भारतलाई नटेरेको र अपमान गरेको भन्ने सन्देश जनमानसमा जाने भएपछि दिल्लीका शासक प्रधानमन्त्री ओलीको पछिल्लो बोलीबाट त्रसित बनेका हुन् । यद्यपी ओलीले नाकाबन्दी एक–दुई दिनमै अघोषित रुपमा खुल्ने दाबी गरेका छन् । नखुले भारत जान्न भन्नु अर्काे हिसाबले दिल्लीका शासकलाई दिएको चेतावनी जस्तै पनि देखिन्छ ।
भारतीय च्यानल आजतकले भिडियो रिपोर्ट नै प्रशारण गरी ओलीले भारतमा आरोप लगाएको उल्लेख गरेको छ । उसले रिपोर्टमा नाकाबन्दीले नेपालसँग चीन एकदमै नजिकिएको कुरा पनि उल्लेख गरेको छ ।
dainiknepal

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget