बाबुरामले भने- पाँच वर्ष काम गर्ने अवसर दिनुस्, नेपाललाई स्वर्ग बनाउँछु

पोखरा, १५ माघ । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले नयाँ शक्तिले छिट्टै जनताको मन जित्ने दाबी गरेका छन् ।
शुक्रबारदेखि पोखरामा सुरु भएको साहित्य सम्मेलनको ‘नयाँ शक्ति बहस’मा भाग लिँदै भट्टराईले जनताको मन जितेर ५ वर्ष काम गर्ने अवसर पाए गरेर नेपाललाई स्वर्ग बनाउने दाबी गरे ।
पहिले देशको नेतृत्व गर्दा काम गर्ने समय नपाएको उल्लेख गर्दै भट्टराईले भने- ‘त्यतिबेला संक्रमणकालीन स्थितिमा थियौं, केही सुरुवात भएको थियो तर ९ महिनामा सरकार गयो,’ भट्टराईले भने, ‘९ महिनामा सबै पूरा गर्ने अपेक्षा गर्छौं भने त्यो सम्भव छैन । अब मलाई ५ वर्ष काम गर्ने अवसर दिनुस्, नेपाललाई स्वर्गजस्तै बनाउँछु ।’
भट्टराईले ६/६ महिनामा सरकार फेरिने संसदीय व्यवस्थाले विकास हुन नसकेको जिकिर गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि आवाज उठाउन अपिल गरे । ‘त्यसपछि ५ वर्ष समय दिनुस् त्यो बेला गर्न सकिन भने बाबुराम भट्टराईलाई जे भने पनि हुन्छ,’ उनले भने ।
१० वर्षमा गरिवी बेरोजगारी हटाउन र ४० वर्षमा मुलुक समृद्ध बनाउन सकिने भन्दै भट्टराईले राजनीतिक क्रान्ति समाप्त भएकाले विकास र समृद्धिका लागि नयाँ शक्तिको आवश्यकतामा जोड दिए ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget