पावर लाउने कर्मचारीलाई मन्त्री शर्माले दिइन् कसिलो झापड, दोहोरो सुविधा लिने फन्दामा

काठमाडौं, १९ माघ । पावर र पैसाको खेल खेल्ने कर्मचारीलाई सामान्य प्रशासनमन्त्री रेखा शर्माले कसिलो झापड प्रहार गरेकी छिन् ।
मन्त्री शर्माले राजनीतिक आड र पहुँचको भरमा आकर्षक कार्यालय र मन्त्रालयमा बस्दै आएका कर्मचारीलाई फिर्ता पठाएर कानुनमार्फत झापड प्रहार गरेकी हुन् ।
मंगलबार सामान्य प्रशासन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले आफूले पदभार ग्रहण गरेको तीन महिनामा पावरवाला ३१३ कर्मचारीलाई फिर्ता पठाएर दरबन्दी रहेको कार्यालयमा हाजिर गराएको जानकारी दिइन् ।

उनका अनुसार अब ७१ जना कर्मचारी काज फिर्ता हुन बाँकी छन् । उनीहरुलाई पनि छिट्टै ठेगान लगाइने मन्त्री शर्माले बताइन् । पावर पैसाको खेलमा कर्मचारी काजमा जाने प्रचलनलाई देशबाटै निमिट्यान्न पार्ने उनको उद्घोष छ ।
यसैगरी मन्त्री शर्माले दोहोरो सुविधा गर्ने कार्य अन्तिम चरणमा पुगेको बताइन् । उनले भनिन्- ‘दोहोरो सुविधा लिएर राज्यको ढुकुटी सिध्याउनेको सपना अब पुरा हुन्न । अहिलेसम्म लिएको सबै कटौती हुन्छ ।’ दोहोरो सुविधा लिन नपाउने प्रावधानलाई कडाइका साथ कार्यान्वयन गर्ने उनले बताइन् ।
यसैगरी भीडभाड तथा जनसम्पर्क धेरै हुने सरकारी कार्यालयमा ड्रेसकोर्ड लागू गर्न निर्देशन दिइएको छ ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget