काठमाडौ– सिचाई मन्त्री उमेश यादवले आफू मन्त्रालयको कामको अध्ययनमा ब्यस्त रहेको, मधेस आन्दोलन र आपूर्तिमा देखिएको समस्याले सोचे जस्तो काम गर्न नसकेकोभन्दै छिट्टै आफ्नो काम परिणाममा देखिने दावी गरेका छन ।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ धेरै योजनाहरु मैले अगाडि बढाएको छु, केही समयमै परिणाम देखिन्छ । नदिसम्बन्धी ऐनको अभाव, सिचाई योजना निर्माणमा स्थानीय निकाय, चुरे, निकुञ्जको अवरोध छ, अब त्यसलाई हटाएर आयोजना अगाडि बढाउन म एकीकृत ब्यवस्था गर्न खोज्दैछु ।’
मन्त्री यादवले राष्ट्रिय गौरबका आयोजनालाई फाष्टट्रायक विधीबाट अगाडि बढाउने, जलको उपयोगमा अल्मलिएकोले यसको उपयोगको बहुआयामिक रणनीति ल्याउन लागेको बताए ।
उनले मुलुकको प्रमुख सिचाई आयोजना सुनसरी मोरङ आयोजना डेडलकमा रहेकोले त्यसको प्राथमिकता तत्काल परिवर्तन नगरे बन्द हुने अवस्थामा रहेकोले त्यसलाई राष्ट्रिय गौरबको आयोजनाको रुपमा आगाडि बढाउने जानकारी दिदै सुनकोशी कमला डाईभर्सन, सुनकोशी मरिन डाईभर्सनलाई अगाडि बढाईसकेको, कालिगण्डकी तिनाई आयोजनाको अध्ययन अगाडि बढाईएको र दाङमा विशेष सिचाई योजना ल्याउन लागेको जानकारी दिए । उनले भने,‘ सुनसरी मोरङ आयोजनामा डन प्रबृत्तिका करार र ज्यालादारी १७५ कर्मचारीलाई हटाएका छौ । अहिलेको संरचनाले त्यहाँ काम गर्न सक्दैन त्यसैले त्यहाँको संरचना परिवर्तन नभए एक साता भित्र सबैलाई सरुवा गर्दैछौ ।’
सिचाई मन्त्री यादवले आफ्नो कार्यकालमा मुलुकले सिचाईको क्षेत्रमा फड्को मार्ने दावी गर्दै प्रति निर्वाचन क्षेत्रमा ५ डिपट्यूबेल, २०० स्यालो ट्यूबेल, १० पोखरी बनाउने योजना अगाडि बढाईएको भन्दै खुला दिशामुक्त क्षेत्र जस्तै नमुना सिञ्चित गाँउ घोषणा कार्यक्रम समेत अगाडि बढाएको बताए।
उनले जल उपभोक्ता समिति डन प्रबृत्तिका भएकोले अब कुनै पनि आयोजनामा उनीहरुसप्ँपग सम्झौता नगरी टेण्डर गर्ने, पाँच लाख रुपैया भन्दा कमको आयोजना सञ्चालन नगर्ने जस्ता नीति अख्तियार गरेको सुनाए ।
तराई मधेसमा समृद्ध तराई मधेस विशेष सिचाई कार्यक्रम ल्याउने, तराईमा बाढी नियन्त्रण अभियान अगाडि बढाउने, पहाड र हिमालमा टार विशेषसिचाई कार्यक्रम सुरु गर्न लागेको बताए ।
मन्त्री यादवले लक्ष्मणपुर बाधमा तत्कालिन ईन्जिनियर र सिडियोले गल्ती गर्दा नेपाली भुभाग डुबानमा परेको जानकारी दिदै अहिले आफ्नो प्रयासमा त्यो पानीलाई निकास दिन भारत तयार रहेको जानकारी दिए ।
उनले सुनकोशी कमला डाईभर्सन भारतको सहयोगमा निर्माण हुने, खाडो, बलान र राप्ती आयोजना सरकारले चलाउने तर भारतले सहयोग गर्ने गरी सहमति भईसकेको साक्षात्कारमा जानकारी दिए ।
ratopati
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.