सरकारले नाकावन्दीलाई अन्तराष्ट्रियकरण गर्न नसक्नु कमजोरी भएको उपप्रधानमन्त्री चित्रवहादुर केसीको स्वीकारोक्ति
उपप्रधान तथा सहकारी विकास तथा गरिवी निवारणमन्त्री चित्रवहादुर केसीले नाकावन्दीको विषयलाई अन्तराष्ट्रियकरण गर्न नसकेको बताउनुभएको छ । अन्तराष्ट्रिय जगतले साथ दिन्छु भन्दा पनि सरकारले अन्तराष्ट्रियकरण गर्न नसक्नु कमजोरी भएको स्वीकार गर्नुभएको छ ।
न्युज २४ टेलिभिजनको नियमित प्रस्तुती कार्यक्रम ६ प्रश्नमा कुरा गर्दे उपप्रधानमन्त्री केसीले भारतले गरेको अघोषित नाकावन्दीको विषय अन्तराष्ट्रियकरण गर्न नसक्नु सरकारको ठूलो कमजोरी रहेको बताउनुभएको हो । उहा“ले भूकम्प र नाकावन्दीको दोहरो मारमा परेका जनताले सरकारलाई साथ दिदा दिदै पनि आफूहरुले नाकावन्दीको अन्तराष्ट्रियकरण गर्न नसकेको स्विकार्नु भयो ।
कार्यक्रममा उपप्रधानमन्त्री केसीले भारतले नकावन्दी लगाएर संविधान संशोधन गराएका कारण आफु सरकारमा भएपनि संशोधनको विपक्षमा मतदान गरेको बताउनु भयो । सरकारमा भए पनि पाटीृले विगतदेखि उठाएका मुद्धाहरमा आफ्नो फरक मत रहेको उहाँले प्रष्ट पार्नुभयो ।
संविधानसभाको दोस्रो निर्वाचनताका नेपाली जनता संघीयताकै पक्षमा भएपनि भारतको नाकावन्दी पछि संघियताको विपक्ष्ँमा जनमत बढ्दै गएको उहाँको दावी छ ।
news24nepal
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.