देशमा भ्रष्टाचार बढ्दा गृहमन्त्री खुसी !


झापा : ट्रान्सपरेन्सी इन्टरनेशलले हालै सार्वजनिक गरेको सूचकांकमा नेपाल दक्षिण एसियामै तेस्रो भ्रष्ट मुलुक बनेका बेला गृहमन्त्री शक्तिबहादुर बस्नेतले खुसी व्यक्त गरेका छन् ।

झापाको विर्तामोडमा क्रान्तिकारी पत्रकार संघले शुक्रबार बिहान गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘अंक बढ्दा त खुसी हुनुपर्छ ।’


भ्रष्टाचार बढ्दा देशले बढी अंक पाउने गरेको बारेमा जानकार नरहेका गृहमन्त्री बस्नेतले त्यसो भन्दा पत्रकारमाझ हाँसोको पात्र बन्न पुगे ।

पत्रकारहरुले अंक बढ्दा भ्रष्टाचार बढ्नु हो भन्ने हेक्का किन नराखेको भनेपछि गृहमन्त्री बस्नेतले अध्ययन नै गरेको छैन भन्दै माफी मागेका थिए ।

गृहमन्त्री बस्नेतले भारतले लगाएको नाकाबन्दी केही दिनमै खुल्ने दाबी फेरि दोहो¥याए । ‘पेट्रोलियम पदार्थको अपूर्तिपनि सहज भएको छ’, उनले भने, ‘विरामी भएको मानिस तंग्रिन समय लागेजस्तै सबै कुरा सहज हुन समय लाग्छ ।’
annapurnapost-

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget