काठमाडौं, १४ माघ । पूर्व उच्च प्रशासकहरुको दोहोरो सुविधा कटौती गर्ने सरकारी निर्णयको विरोधमा सामान्य प्रशासनमन्त्री रेखा शर्मालाई धम्की दिनेमा अरु कोही नभएर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी दिदी सासु कयोदेवी यमी रहेको रहस्य खुलेको छ ।
नयाँ शक्तिका संयोजक समेत रहेका भट्टराईकी दिदी सासु कयोदेवी यमीले मन्त्री शर्मालाई बुधबार मोबाइलमा फोन गरेर दोहोरो सुविधा कटौती गरेकोमा आक्रोश व्यक्त गरेकी हुन् । फोनमा कयोदेवीले भनेकि थिइन्, ‘म पनि हेरौँला । दोहोरो सुविधा कटौती गरेकोमा तपाईहरुलाई अदातलसम्म घिसार्न सकेन भने मेरो नाम पनि कयोदेवी यमी होइन । मसँग धेरै नजिर छन् । अदालतमा गरएर सरकारको निर्णयलाई रोक्नेछु ।’
जवाफमा सामान्य प्रशासन मन्त्री शर्माले जे मन लाग्छ त्यही गर्न कयोदेवी यमीलाई सुझाव दिएकी थिइन् । स्रोतले मन्त्री शर्मालाई उदृत गर्दै भन्यो, ‘कयोदेवी यमी ज्यूले फोन गर्नुभएको थियो । मन्त्री ज्यूलाई बधाइ दिन फोन गरेको हुँ भन्नुभयो । त्यसपछि त ज्यान छाडेर बोल्न थाल्नु भयो । धम्की दिन थाल्नु भयो ।’
सामान्य प्रशासन मन्त्री शर्माले राज्यका उच्च अंगमा रहेको उच्च पदाधिकारीले दोहोरो सेवा र सुविधा लिइ राज्यको करोडौको रकम सिध्याएको तथ्याङ्क फेला पारेपछि सो कार्यलाई रोक्न सरकारी निर्णय गराइ फिर्ता गराउनु भएको थियो । निर्णयको सर्वसाधारणले स्वागत गरेका छन् । तर दोहोरो सुविधालाई रहेकाहरुले भने त्यसको चर्को विरोध गर्दै आएका छन् ।
‘नाष्ट’की पूर्व वैज्ञानिक रहेकी यमी बाबुराम भट्टराईकी दिदी सासु हुन् । भट्टराईकी पत्नी हिसिला यमीकी जेठी दिदी कयोदेवीलाई राजनीतिक नियुक्त गराउनमा हिसिला र भट्टराईका ठूलो भूमिका छ ।
उनी लोक सेवा आयोगको अध्यक्षसमेत भएकी थिइन् । उनले लोकसेवा आयोग र नाष्टका तर्फबाट राज्यलाई भार पर्ने गरी लाखौँ रुपियाँ बराबरको सुविधा लिने गरेकी छिन् । खाइपाइ आएको सुविधा कटौती भएपछि आबेगमा आएकी कयोदेवीले बुधबार फोन गरेर मन्त्री शर्मालाई धम्की दिएकी हुन् ।
कयोदेवीले राज्यका तर्फबाट गाडी, घर, सुरक्षा, तेललगायतका थुप्रै दोहोरो सुविधा लिँदे आएकी थिइन् । दोहोरो सुविधा लिनेमा उनी मात्रै होइन अरु थुप्रै उच्च पूर्व प्रशासकहरु छन् । सबैले मन्त्री शर्माविरुद्ध आक्रोश व्यक्त गर्ने गरेका छन् ।
dainiknepal
Post a Comment