काठमाण्डौ, ८ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दसैंलगत्तै नाका केन्द्रित आन्दोलन थप कडा बनाउने भएको छ । दसैंका लागि केही खुकुलो बनाइएको र कोजाग्रत पूर्णिमालगत्तै आन्दोलन थप सशक्त बनाउन लागिएको मोर्चाका नेताहरुले बताएका छन् ।
आफूहरुले अवरोध नगेका कारण वीरगञ्जबाहेक अन्य नाकाबाट सामान ढुवानी भइरहेको दाबी गर्दै त्रिपाठीले अन्य नाकामा पनि धर्ना र प्रदर्शन गरिने उल्लेख गरे । ‘हामीले छोडिदिएका कारण रक्सौलबोहक अन्य नाकाबाट समान आएको हो’, उनले भने, ‘अब काँकडभिट्टा, जोगवनी, सुनौली, रुपैडिहा र बेलहिया नाकामा पनि धर्ना दिन्छौं ।’ माग सम्बोधन नभएसम्म एक लिटर पेट्रोल पनि नेपाल आउन नदिने निर्णय मोर्चाले गरेको छ । आइतबारको वार्तापछि मोर्चाको बैठक बसेर भावी आन्दोलनबारे ठोस निर्णयमा पुग्ने जानकारी त्रिपाठीले दिए । हाम्राे सन्देश बाट ।purbelinews
Post a Comment