चीनको तेल लिन आएका ट्याङ्करको भब्य स्वागत

मनोज सत्याल/सविन मिश्र-
धुन्चे (रसुवा) : चीनले अनुदानमा दिएको तेल लिन आएका निगमका अधिकारी तथा ट्यांकर चालकलाई रसुवाका स्थानीयबासिन्दाले भब्य स्वागत गरेका छन्।

टोलीमा रहेका निगमका निमित्त निर्देशक दीपक बराल, चिनियाँ दूतावासका अधिकारी तथा ट्यांकर चालक/सहचालकलाई धुन्चे र स्याफ्रुवेशीका बासिन्दाले स्वागत गरे।

नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले टोलीमा रहेका सरकारी अधिकारी र ट्याङ्कर चालकहरुलाई खादा लगाएर स्वागत गरेका हुन्। पहिलो पटक चीनबाट तेल ल्याउन लागेको खुशियालीमा सर्वसाधारणले सरकारी अधिकारी र ढुवानी ब्यवसायी र चालकहरुको स्वागत गरेका हुन्।

अनुदानबापतको तेल ल्याउन नेपाल आयल निगमले केरुङ पठाएका १२ वटा ट्यांकर शुक्रबार साँझ रसुवा पुगेका छन्।
शनिबार तेल हस्तान्तरण

शनिवारसम्म चीनले केही ट्यांकर तेल केरुङ ल्याइपुर्‍याउने जानकारी दिएपछि शुक्रबार बिहान पूजापाठसहित चालकलाई माला लगाएर ट्यांकर रसुवातर्फ गुडाइएको थियो। थानकोट डिपो प्रमुख रविनकुमार शर्माले चालकलाई अविर र माला लगाएर विदा गरेका थिए। ट्यांकर १२ हजार लिटर क्षमताका छन्।



चीनले शनिबार एक सय टन (१ लाख ४४ हजार) लिटर पेट्रोल नेपाललाई हस्तान्तरण गर्नेछ। शनिबार केरुङ तेल आउने भन्दै चीनले शुक्रवारनै ट्यांकर पठाउन आयल निगमलाई पत्र पठाएको थियो।

भारतले अघोषित नाकाबन्दीपछि विहीबार नेपालको सरकारको स्वामित्वको आयल निगम र चीनको सरकारी स्वामित्वको पेट्रो चाइनाबीच तेल कारोबारको सम्झौंता भएको थियो।

त्यही सम्झौंतामा चीनले नेपाललाई एक हजार टन (१३ लाख लिटर) पेट्रोल दिने सम्झौंता गरेको थियो। यही सम्झौंता अनुसार चीनले पहिलो खेप एक सय टन नेपाललाई शनिबार हस्तान्तरण गर्न लागेको हो।


चीनले शनिबार औपचारिक समारोहकावीच रसुवाका प्रमुख जिल्ला अधिकारी शिबराम गेलाल र आयल निगमका निमित निर्देशक दीपक बराललाई एक सय टन तेल हस्तान्तरण गर्नेछ। निगमको टोलीले तेलको जाँचका लागि आवश्यक पर्ने सबै सामाग्री लिएर गएको छ।

नेपालले अहिलेपनि तेलको परिमाण डिप रडबाट गर्छ। ट्यांकरमा डिप रड गाडेर तेलको परिमाण जाँच्ने गरिन्छ। तर चीनले भने फ्लोर मिटरले तेलको परिमाण जाँच्छ।



स्रोतका अनुसार चीनले दिएको तेल रसुवागढीको टिमुरे भन्ने स्थानमा खन्याइन्छ। टिमुरेमा सुख्खा बन्दरगाह बन्दैछ। यो बन्दरगाह चीनले निर्माण गरिदिने औपचारिक सहमति समेत भइसकेको छ। रसुवागढी नजिकै ट्यांकर राख्ने जमिन टिमुरेमा मात्रै भएकोले त्यसलाई छानिएको हो।

चिनियाँ ट्यांकरबाट नेपाली ट्यांकरमा सक्सन पम्पबाट तेल खन्याइनेछ। एउटा ट्यांकरबाट अर्कोमा तेल खन्याउन आधा घन्टा लाग्ने प्राविधिकहरुले बताए।


पहिलो पटक औपचारिक रुपमा तेल ल्याउने प्रक्रियामा सहभागी हुन नेपाल पेट्रोलियम डिलर्स ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोरा, महासचिव विश्व अर्याल र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान र कृष्णराम गेलाल समेत गएका छन्।  चीन लैजाने सबै ट्यांकरको व्यवस्थापन वाग्मती अञ्चल पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी संघका अध्यक्ष वासु दाहालले गरेका थिए।



नेपाल पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघको विरोधका वावजुद उनले चीनबाट तेल ल्याउन ट्यांकरको व्यवस्था गरेका थिए। महासंघ पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायीहरुको छाता संगठन हो।pahilopost

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget