कार्तिक १३, २०७२- संयुक्त राष्ट्रसंघको मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा(युपिआर) का लागि सरकारका तर्फबाट कानूनमन्त्री अग्नी खरेल जेनेभा जाने भएका छन् । खरेलसहितको टोली यही कात्तिक १६
गते जेनेभा जानेछ र समीक्षा सकेर २० गते फर्किनेछ । परराष्ट्रमन्त्री कमल थापा मधेशी मोर्चासँग वार्तामा बस्नु परेकाले कानूनमन्त्री खरेल जेनेभा जाने तय भएको मन्त्रालयले जनाएको छ । युपिआरमा राष्ट्रसंघका सबै सदस्य राष्ट्रको मानवअधिकारको विश्वव्यापी समीक्षा गरिन्छ । सन् २००८ मा सुरु भएको यो समीक्षामा यसपाली नेपालको दोस्रोपटक पालो परेको हो । समीक्षामा हरेक देशले आफ्नो मानवअधिकारबारे राजनीतिक, नागरिक, सामाजिक, साँस्कृतिक तथा आर्थिक अवस्थाको प्रतिवेदन पेश गर्नु पर्छ । मानवअधिकार आयोगले अघिल्लो महिना आफ्नो प्रतिवेदन पेश गरिसकेको छ । युपिआरमा प्रस्तुत प्रतिवेदन र मानवअधिकारको मूल्याङनका आधारमा नेपालको अन्तराष्ट्रिय समूहसँगको सम्बन्ध र सहयोग निर्भर हुने भएकाले यो निकै महत्वपूर्ण हुन्छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.