यसरी आइपुग्यो चीनको तेल नेपाल; पुरा पद्नुस हेर्नुस

काठमाडौं, १० असोज । चीन सरकारले अनुदानमा उपलब्ध गराएको इन्धन नेपाल आइपुगेको छ । नेपाली पक्षले बुधबार मात्रै नेपाल आइपुग्ने सूचना दिएको भएपनि चीनले मंगलबारै अनुदानको इन्धनलाई उत्तरी नाका रसुवागढी नजिकैको केरुङमा पुर्याएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । भारतको अघोषित नाकाबन्दी नखुलेपछि नेपाल सरकारको लिखित प्रस्तावमा चीनले सुरुमा सहयोग स्वरुप नेपाललाई १ हजार मेट्रिकटन पेट्रोलियम पदार्थ अनुदानमा दिने घोषणा गरेको थियो । उक्त पेट्रोलियम पदार्थ मंगलबार अपराह्न नेपाल चीन सीमा क्षेत्रको केरुङमा आइपुगेको हो । नेपालको रसुवागढीबाट केरुङ पुग्न मात्र २६ किलोमिटरको बाटो छ । जहाँ चिनियाँ ट्यांकरहरु तेल बोकेर नेपाली ट्यांकरलाई कुरिरहेका छन् ।
पेट्रोलिम पदार्थ बोकेका चिनियाँ ट्यांकर केरुङ पुगेर नेपाली ट्यांकरलाई पर्खिरहेको केरुङस्थित नेपाली व्यवसायी कृष्ण तामाङले बताउनुभयो । उहाँका अनुसार सय भन्दा बढी ट्यांकर केरुङको बाटोमा लामबद्ध भएर बसिरहेका छन् । प्रमुख जिल्ला अधिकारी गेलालले चीनको केरुङमा रोकिएको तेल उठाउन नेपाली ट्यांकर चालकको प्रवेशपास व्यवस्था नभएका कारण ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो- ‘चिनियाँ राजदूताबासले ट्याङकर लिएर जाने चालक र सह–चालकको परिचयपत्र र सवारी अनुमतिपत्र सहित नाम लिष्ट पठाउन भनेपछि प्रक्रिया ढिलाई भयो । सम्भवतः भोली बुधबार नेपाली ट्यांकर तेल भर्न केरुङ पुग्छन् ।’ यसअघि रसुवागढी नाका सञ्चालनमा आएकै दिन चीनले अनुदानमै करोडौंको खाद्यान्न सामग्री समेत नेपाललाई उपलब्ध गराइसकेको छ ।
 यसैबीच इन्धन खरिद सम्झौता गर्न चीन पुगेको उच्चस्तरीय सरकारी टोलीले बुधबारै चाइना नेशनल आयल कर्पाेरेशनसँग वार्ता गर्ने टोलीका सदस्य एंव चीनका लागि नेपाली राजदूत महेश मास्केले जानकारी दिनुभयो ।स्रोत दैनिक नेपाल .कम
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget