बनेपा – एकीकृत नेकपा (माओवादी)का महासचिव कृष्णबहादुर महराले भारतको अघोषित नाकाबन्दी, मधेस आन्दोलन र नेपाली काँग्रेस प्रतिपक्षमा बस्ने निर्णय वर्तमान सरकारका लागि ठूलो चुनौती भएको बताएका छन् ।
एनेकपा माओवादी जिल्ला कमिटी काभ्रेपलाञ्चोकले बिहिबार बनेपामा आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षणमा उनले यी तीन चुनौती त्यति सहज छैनन् त्यसैले सरकार सञ्चालनको विषय सजिलो नभएको बताए ।
महासचिव महराले एमाओवादी नेतालाई लगाएको राजनीतिक मुद्दा फिर्ता लिने शर्तमा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा सर्मथन गरिएको उल्लेख गरे । उनले सहिद परिवारलाई रु १० लाख दिनेलगायतका १४ बुँदे लिखित सहमति भएकाले ओली नेतृत्वको सरकार सम्भव भएको बताए ।
अझै पनि अध्यक्ष प्रचण्डलगायतका शीर्ष नेतृत्वको टाउकोमा विभिन्न प्रकारका मुद्दा छन् त्यसलाई खारेज गर्न जरुरी छ महासचिव महराले भने ।
मुलुकमा नयाँ संविधान जारी नभएको भए हामी फेरि पनि जेलमा हुन्थ्याँै वा आतङ्ककारी तथा अपराधीको कोटीमा हुनसक्थ्र्यौ त्यसैले संविधान जारी भएर ठूलो राजनीतिक फाइदा भएको महराको भनाइ छ ।
जनयुद्धले उठाएको मुद्दा राजनीतिकरुपमा संविधानले पुष्टि गरेको उल्लेख गर्दै महराले माओवादी आन्दोलनको एजेन्डाको जगमा संविधान जारी भएको बताए ।
उनले नेकपा (एमाले)सँगको एकता विल्कुल गलत भएको टिप्पणी गर्दै पहिलो प्राथमिकता छरिएर रहेका माओवादीलाई एकीकृत गर्नु रहेको बताए ।
राष्ट्रिय स्वाधीनताका लागि नेकपा (एमाले)सँगको सहकार्य र संयुक्त मोर्चा हुनेमा जोड दिँदै उहाँले स्वाधीनताको लडाइँ पेचिलो हँुदै गएको तर्क गरे ।
जबसम्म नेकपा (एमाले)ले राष्ट्रिय स्वाधीनताको लडाइँमा साथ दिन्छ त्यतिबेलासम्म यो गठबन्धन रहन्छ महासचिव महराले भने ।ratopati
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.