पूर्वराजा ज्ञानेन्द्रले १० वर्षदेखि विद्युत महसुल तिरेनन्

पूर्वराजा ज्ञानेन्द्र शाहले १० वर्षदेखि महशुल नै नतिरी विद्युत उपभोग गर्दै आएको देखिएको छ।
पूर्वराजा ज्ञानेन्द्रले आफ्नो स्वामित्वमा रहेको काठमाडौंको नागार्जुन बंगलाको विद्युत महशुल १ सय २४ महिना अर्थात १० वर्ष ४ महिनादेखि नतिरेका हन्।
नेपाल विद्युत प्राधिकरणका आन्तरिक लेखा परीक्षण विभागका सहायक निर्देशक मुकुन्दमान चित्रकारले बिहिवार हाम्रा सम्वाददातासँग कुरा गर्दै पूर्वराजा ज्ञानेन्द्रले यो वर्षको साउन १२ गतेसम्म ६६ लाख ८१ हजार ७ सय ३४ रुपैयाँ महशुल बुझाउन बाँकि रहेको जानकारी दिए।
प्राधिकरणले महशुल उठाउनका लागि पूर्वराजा ज्ञानेन्द्र बस्दै आएको निर्मल निवासमा पटक पटक ताकेता गरेको छ। तर पूर्वराजाका सहयोगीहरुले महशुलका बारेमा कुरै गर्न नमानेको प्राधिकरणका सहायक निर्देशक चित्रकारले बताए।
उनले सहयोगीहरुले सम्पर्कमा आउनै आनाकानी गरेका कारण प्राधिकरणले यस विषयमा निर्मल निवासमै गएर  छलफल गर्ने तयारी गरेको बताए।
पूर्वराजाका सहयोगीहरुले सुरुमा नागार्जुन बंगला सरकारको स्वामित्वमा रहेको भन्दै सरकारसँग नै महशुल उठाउन भनेका थिए। तर नेपाल ट्रष्टको कार्यालयले गत असोज १३ गते नागार्जुन बंगला सरकारको स्वामित्वमा नरहेको पत्र पठाएपछि प्राधिकरणले पूर्वराजाका सहयोगीहरुले आफूलाई झुक्याएको निष्कर्षसहित महशुलका विषयमा निर्मल निवास नै गएर छलफल गर्ने निर्णय गरेको हो।
पूर्व राजा ज्ञानेन्द्र समय समयमा निर्मल निवास छोडेर नागार्जुन बंगलामा बस्दै आएका छन्। नेपाल विद्युत प्राधिकरणको कुलेश्वर शाखा अर्न्तगत पर्ने नागार्जुन बंगलाको ग्राहक परिचय नम्बर १००१४७९२५ रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget