विराटनगर– भारतले सुरक्षाको कारण देखाउँदै पेट्रोलियम पदार्थ नदिएपछि त्यसको विकल्प खोज्दै चीनसँग नेपाल आयल निगमले इन्धन सम्झौता गरेपछि भारतले सामान्य अवस्थामा भन्दा बढी पेट्रोलियम पदार्थ दिन थालेको छ ।
भारतसँगको नेपालकै ठूलो मध्येको जोगवनी नाकाबाट सामान्य अवस्थाको भन्दा बढी पेट्रोलियम पदार्थ भित्रिएको छ। शुक्रवार बिहान डिजेल ५२ टंयाकर, पेट्रोल ८ टंयाकर र ग्यासको बुलेट ४ वटा भित्रिएको विराटनगर भन्सार कार्यालयले जानकारी दिएको छ ।
भन्सार कार्यालयका अनुसार सामान्य अवस्थामा पनि यो भन्दा कम पेट्रोलियम पदार्थ आयात हुने गरेको थियो ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.