काठमाडौं, कार्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलन नरोकिने र अझ कडा हुने बताएका छन् ।
‘मधेसी नागरिकलाई चिढ्याउने काम मात्रै भएका कारण पनि आन्दोलन झन्झन् चर्किएको यादवले बताए ।’ उनले,’सरकारले मधेस आन्दोलनलाई खिसिट्युरी मात्र गरेको छ ।
वार्ता टोली गठनको नाटक गरेर मधेस आन्दोलन तुहाउने प्रयास सरकारले गर्दै छ , हामी सरकारको नाटकबाट अनभिज्ञ छैनौं । मधेस आन्दोलनले उठाएका माग नबुझेजस्तो गरेर आन्दोलनलाई सरकारले नै चर्काएको उनले आरोप लगाए ।’
नेपाली भूमीमा चर्को दमन भएका कारण सीमानामा पुगेर आन्दोलन गर्नु परेको बताउदै यादवले भने( ‘यो सबै कुराको जिम्मेवारी सरकार नै हो । ‘देश र नागरिकले अहिले खेपेको सास्ती अझ बढी हुने दिन आउँछ ।
आन्दोलनमा पीडा हुन्छ । सरकारले बेलैमा नसोच्ने हो ‘भने स्थिति अझ विग्रन्छ ।’himalayakhabar
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.