१२ कार्तिक
काठमाडौं । चीनसँग इन्धन आपुर्तिको सम्झौता भएको भोलिपल्टै भारतले नेपालमा आफ्नो व्यापार घट्ने अवस्था आउनु नराम्रो भएको बताएको छ ।
भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक सार्वजनिक समारोहमा बोल्दै अध्यक्ष अशोकले अब भारतले नेपालमा इन्धनको आपूर्ति बढाउने समेत बताएका छन् ।
उनले आन्दोलन भैरहेका नाका बाहेकका स्थानबाट तत्काल आपुर्ति बढाइने र आन्दोलन रोकिएपछि ती नाकाहरुबाट पनि इन्धन पठाइने बताएका हुन् । भारतको चर्चित अनलाइन पत्रिका बिजनेश स्ट्याण्डर्डले उनको भनाइलाई प्रमुख समाचार बनाएको छ ।
अशोकले भारत र नेपालबीच ४० वर्षदेखि इन्धन कारोबार हुँदै आएको उल्लेख गर्दै अहिले देखिएको समस्या प्रति आफुहरु सुजबुझपुर्ण ढंगले अघि बढ्न चाहेको र नेपाली जनताले व्यहोर्नुपरेको सास्तीप्ति दुःख व्यक्त समेत गरेका छन् ।
उनले भारतले ठुलो व्यापार र बजार गुमाउने अवस्था आउन सक्नेतर्फ संकेत गर्दै यसको निकास निकाल्न पहल गर्नुपर्ने बताउँदै तत्कालकालागि पर्ख र हेर बाहेक आफुहरुसँग विकल्प नभएको बताए ।dainik
Post a Comment