नेपालगन्ज रूपैडिया नाका अबरोध गर्न खोज्ने आन्दोलनकारीहरुलाई नेपाल र भारतका सुरक्षाकर्मीहरुले लखेटेर नाका सुचारू गरेका छन्। नाका अवरोध गर्न खोज्ने आन्दोलनकारी र भारतमा किनमेल गर्न जाने चाहाने सर्वसाधारणबीच बिबाद बढ्दै गए पछि नेपालगन्ज नाका केहिबेर तनाबग्रस्त भएको थियो।
नाकामा अबरोध हटे पछि भारतबाट आज २३ वटा पेट्रोलियम ट्रयान्कर तथा ७३ वटा मालबाहक ट्रक नेपाल भित्रिएको सीमास्थित जमुनाहा प्रहरी कार्यालयले जनाएको छ। setopati
Post a Comment