विराटनगर– आयात–निर्यात हुने नेपालकै ठूलो मध्येको जोगवनी नाकाबाट समान्य अवस्थाको भन्दा बढी पेट्रोलियम पदार्थ भित्रिएको छ।
शुक्रवार विहान डिजेल ५२ टंयाकर, पेट्रोल ८ टंयाकर र ग्यासको बुलेट ४ वटा भित्रिएको छ। विराटनगर भन्सार कार्यालयका अनुसार समान्य अवस्थामा पनि यो भन्दा कमै पेट्रोलियम पदार्थ आयात हुन्छ।
भन्सार राजस्व गस्ती सशस्त्र प्रहरीका डिएसपी अर्जुन सापकोटाका अनुसार बिहीबार र शुक्रबार मात्रै डिजेल ६० टंयाकर, पेट्रोल १३ टंयाकर र ग्यासका बुलेट ४ वटा आयात भएको छ। 'भारतबाट आयात भएको पेट्रोलियम पदार्थ शुक्रबार विहानै एस्कर्टिङ गरेर आयल निगमको क्षेत्रीय डिपो पुर्याइएको हो,' डिएसपी सापकोटाले भने, 'अहिले पनि म एस्कर्टिङ मै छु ।'nagariknews
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.