प्रसंग हो नयाँ राष्ट्रपति विद्यादेवी भण्डारीको समथ ग्रहण समारोहको । राष्ट्रपतिको समथ ग्रहणमा शीतल निवासमा भारतीय राजदूत रञ्जित राय देखिएनन् । सथप ग्रहण सकिएको केही बेरमा उनी त्यहाँ पुगे । राष्ट्रपति कार्यालयको भित्री कोठामा पदभार ग्रहण हुँदै थियो । राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली, सभामुख ओनसरी घर्ती, उपसभामुख गंगाप्रसाद यादव, उपप्रधामन्त्रीत्रय टोपबहादुर रायमाझी, कमल थापा र विजयकुमार गच्छदार, एमाले सचिव विष्णु पौडेल, नेमकिपा नेता प्रेम सुवाल, काँग्रेस युवा नेता तथा सभासद् रामहरि खतिवडा र प्रधान सेनापति राजेन्द्र क्षेत्री मात्र थिए ।
राष्ट्रपतिले पदभार ग्रहण गर्नै लाग्दा भारतीय राजदूत राय गेटमा आए । उनी ठाँटबाँडका साथ पदभार ग्रहण भइरहेको कोठाभित्र पस्न खोजे । त्यतिबेला राय कालो नीलो भए जतिबेला गेटमा बसेका सेना र प्रहरीका सुरक्षाकर्मीले उनलाई भित्र पस्न रोके । उनले आफू भारतीय राजदूत भएकाले छाडिदिन आग्रह गरे । तर सुरक्षाकर्मीले मानेनन् । उनीहरुले माफ गर्नुहोला भित्र अनुमति छैन भन्ने जवाफ दिए ।
राजदूत अक्क न पक्क भएर केहीबेर उभिए । भित्रबाट सबैले त्यो दृश्य हेरिरहेका थिए । प्रधानसेनापति क्षेत्री बाहिर आए । राजदूतसँथ हात मिलाए । राजदूतले सोचेका रहेछन्, आफूलाई रोक्ने सुरक्षकर्मीलाई क्षेत्रीले हप्काउँछन् र आफूलाई भित्र लैजानेछन् । तर उनको अनुमान गलत ठहरियो ।
क्षेत्री हात मिलाएर बाहिरिए । बाहिरैबाट राजदूतलाई रोकेको देखेका रहेछन् पशुपति क्षेत्रविकास कोषका पूर्वसदस्य सचिव सुशील नाहटाले । उनी दर्गुर्दै गए र राजदूतलाई शाष्टांग दण्डवत गरे ।
रोक्ने सुरक्षाकर्मीलाई रवाफपूर्ण शैलीमा राजदूतलाई छाडिदिन आग्रह गरे । तर माथिको आदेश छैन भन्दै सुरक्षाकर्मीले रायलाई जान दिएनन् । त्यसपछि राय कालो अनुहार बनाउँदै फर्किए । गाडी चढे र भारतीय दूतावास गए ।sajhapatrika
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.