सिरहामा फेरि कफर्यु

लहान: जिल्ला प्रशासन कार्यालय सिरहाले शनिबार राति ९ बजेदेखि लागू हुनेगरी जिल्लाको पूर्व–पश्चिम सडकको दायाँबायाँ ५०० मिटर क्षेत्रमा फेरि निषेधाज्ञा लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले साँझ सार्वजनिक सूचना जारी गर्दै चाडपर्वलाई मध्यनजर गर्दै कात्तिक २ गतेदेखि हटाएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि पुनः लगाइएको जनाएको छ ।


सूचनामा राति ९ बजेदेखि बिहान ७ बजे सम्म लगाइएको निषेधाज्ञाको अवधिमा निषेधित क्षेत्रमा सभा, जुलुस, धर्नालगायत कुनै किसिमको अवरोधको कार्यक्रम गर्न नपाइने जनाइएको छ ।

सङ्घीयताको सीमाङ्कन र संविधानको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा पछिल्लो दुई महिनाभन्दा बढी लामो आन्दोलन दसैँपर्व सुरु भएलगत्तै केही मत्थर भएपछि स्थानीय प्रशासनले भदौ २३ गतेदेखि लगाएको निषेधाज्ञा कात्तिक २ गते हटाएको थियो ।

मोर्चाले फेरि शुक्रबारदेखि सिरहाको लहान, गोलबजार, मिर्चैया, सिरहा सदरमुकामलगायतका ठाउँमा बजार पसल बन्द गराउनुका साथै शनिबारदेखि मोटरसाइकलसमेत चल्न रोक लगाएपछि आन्दोलनलाई हिंसात्मक बन्न नदिन स्थानीय प्रशासनले राति ९ बजेदेखि बिहान ७ बजेसम्मका लागि फेरि निषेधाज्ञा लगाएको सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकले बताए । annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget