१३ कात्तिक, काठमाडौ ।
विवादास्पद जनजाति अभियानेता आङकाजी शेर्पाले नवनिर्वाचित राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बन्धमाथि पुनः प्रहार गरेका छन् ।
करिव १ वर्ष अघि ओलीको हत्या गर्ने चेतावनी दिएर विवादमा परेका आङकाजीले ओली प्रधानमन्त्री बन्नासाथ परस्त्रीसँगको सम्बन्धको विषयमा प्रश्न उठाएका थिए ।
ओलीलाई उखाने प्रधानमन्त्री बन्ने शैलीमा ब्यङ्ग्य गरेका आङकाजीले प्रधानमन्त्री र राष्ट्रपतिको सम्बन्ध सुमधुर रहेको, प्रधानमन्त्रीको उखान तुक्काले खुसी हुने राष्ट्रपति भनेर चित्रित गरेका छन् ।
त्यसैगरी राष्ट्रपति र प्रधानमन्त्री एउटै गाडीमा चढ्न मन पराउने भनेर समेत उनले ब्यङ्ग्य गरेका छन् । यो अभिब्यक्ति नवनिर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीको चरित्रमाथिको प्रहारकोरुपमा समेत हेरिएको छ ।
प्रधानमन्त्री ओलीमाथि आङकाजीको टिप्पणी, चरित्रमै प्रश्न
यस अघि आङकाजीले ओलीलाई रोगी भएकाले मदिरा सेवन नगर्न र आदिवासीको ज्वाइँ भएकाले आदिवासी, मधेसी, दलितलाई अपमानित हुने अभिव्यक्ति दिन बन्द गर्न सुझाव दिएका थिए ।
आङकाजीको टिप्पणी- ओलीको योग्यता गाविस अध्यक्ष हुने पनि छैन
उनले १ वर्षको अवधीमा ओली देखि प्रचण्ड र बामदेव गौतम सम्मलाई मार्ने धम्की दिइसकेका छन् ।
nepaliheadline
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.