खुल्यो रसुवागढी नाका, चीनबाट अाउने भयो तेल

रसुवा-अाइतबारदेखि रसुवागढी नाका पुनः सञ्चालनमा आएको छ। चीनको सिमाक्षेत्र खम्बाटारदेखि केरुङसम्म दुई ठाउँमा गएको पहिरो हटाएपछि नाका खुल्ला भएको चिनियाँपक्षले जानकारी दिएको छ।


रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पनि नाका खुलेको बताए।
भारतको अघोषित नाकाबन्दी पछि चीनबाट ईन्धन ल्याउने प्रकृया अघि बढेको बेला नाका खुलेको छ। चीनले अनुदानमा दिने भनिएको एक हजार मेट्रिक टन ईन्धन केरुङ हुँदै रसुवागढी नाकाबाट भित्राउने योजना छ।

मंगलबार सम्ममा ईन्धन पठाउने तयारीका साथ चीनले नाका सञ्चालन गरेको जनाएको छ।पहिलो चरणमा सहयोग स्वरुप ईन्धन उपलब्ध गराउने चीनको योजना छ।

नियमित ईन्धन आपूर्तिकालागि वाणिज्य मन्त्रालयले सम्झौता गर्ने तयारी गरेको छ। केही दिन अघि आयल निगमका निमित्त नायव कार्यकारी निर्देशक सुशिल भट्टराईको टोली रसुवागढी, केरुङ हुदै न्यालम जान हिडेको थियो। टोली पहिरोकै कारण सिमा नाका रसुवागढीबाट फर्किएका थिए। नाका सञ्चालन सँगै रसुवागढीबाट व्यवसायीको एक टोली आफ्नो रोकिएको सामान भित्राउनका लागि केरुङ गईसकेका छन्। नाका सञ्चालन सँगै केरुङ प्रवेशका लागि एकदिने पास लिएर जाने व्यवस्था समेत गरिसकिएको जनाईएको छ। यो नाकासम्म आईपुग्न चीनको सिगात्सेसम्म पुग्नुपर्ने हुन्छ। काठमाण्डौबाट १ सय ८७ किलोमिटर टाढा रहेको केरुङबाट सिगात्से सहरसम्म पुग्न केरुङबाट ५ सय ४८ किलोमिटर दुरी पर्छ। चीनले ल्हासा सम्म पेट्रोलियम पदार्थ ल्याईसकेको छ। सो तेल चीनकै कोल्मुदमा प्रशोधन गर्ने गरिन्छ। उक्त प्रशोधित तेल टयाङ्करबाट केरुङसम्म ल्याएर बितरण गर्ने गरिएको छ। चीनले सिगात्से आईपुगेको रेल सञ्जालले केरुङसम्म जोड्ने योजना ल्याएसँगै उक्त तेल अागामी दिनमा सजिलै ल्याउन सकिने जानकारहरू बताउँछन्।

सिगात्से आईपुगेको रेल सन् २०२० सम्म चीनको केरुङसम्म जोड्ने लक्ष्य चीनले सार्वजनिक गरेको छ। यो बाटोलाइ चीनले दक्षिण एशियालि राष्ट्रमा व्यापार गर्ने मार्गको रुपमा बिकास गर्न खोजेको देखिन्छ।

गत वर्षबाट औपचारिक रुपमा नाका सञ्चालन आएपछि केरुङ–रसुवागढीबाट नेपाल हुँदै दक्षिण एसिया छिर्ने भूव्यापारिक योजनामा चीन निरन्तर अघि बढेको छ । ५३ वर्षअघि नै निर्माण गरिएको तिब्बतको केरुङ सुख्खा बन्दरगाहको पुनरुत्थानसँगै गत मंसिर १५ पछि भुकम्पपछि साढे ५ महिनापछि रसुवागढी अन्तराष्ट्रिय व्यापार नाका सञ्चालनमा आएको छ। सिगात्से आइपुगेको तिब्बत रेलमार्ग सन् २०२० भित्र रसुवागढीबाट ३५ किलोमिटर नजिकको हिमाली उपत्यका केरुङ जोड्ने चीनको योजना छ। रसुवागढीलाई चीन र नेपालबीच प्रमुख 'ल्यान्ड प्यासेज' का रूपमा महत्व दिएको बताइन्छ। बन्दरगाहको पुनरुत्थान र रेलमार्गले तिब्बतको सबभन्दा ठूलो अन्तराष्ट्रिय व्यापार नाकाका रूपमा केरुङ देखापर्दैछ।

तिब्बतबाट नेपाललाई 'ट्रान्जिट' बनाएर भारतको व्यापक बजारमा पस्ने 'हिमाली सिल्करोड' योजनासहित ५३ वर्षपछि चीन केरुङ फर्केको हो। हिमाली भूभाग र नेपालमा चिनियाँ रेलमार्गको योजनालाई सैन्य पूर्वाधारका रूपमा अर्थाउने भारतका सुरक्षा अधिकारी चिनको यो सडक योजनाबाट केही सशंकित देखिएका छन्। चीनले भने 'हिमाली सिल्करोड' को सम्भाव्यता अध्ययनसँगै भूराजनीतिक समन्वयको प्रयास पनि गरिरहेको छ। हालै चीनमा हुन लागेको सिल्क रोडका बारेमा नेपालका प्रमुख राजनितीक दललाई निम्ताएर बहस चलाइएसँगै यो नाका प्रति चीनको हेर्ने दृष्टिकोण अरु नाका भन्दा प्राथमिकतामा परेको देखिन्छ।

'एक साता अघि चिनीया टोली भूकम्प पछिको सडकको अबस्था बुझ्न आउनु र नाका सञ्चालनका लागि सक्रियता देखाउनु यो नाका चीनको पहिलो प्राथमिकता रहेको बुझ्न सकिन्छ,’ नेपाल चीन केरुङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङले भने नागरिकन्युजसँग भने 'चिनिया व्यापारीहरुले रसुवागढीबाट व्यापार बढाउन ईच्छा व्यक्त गरेका छन्।'

पहिला लामो समय खासा र अहिले ग्वान्झाओबाट व्यापार गर्ने चीनिया व्यापारी ए चुन केरुङ–रसुवागढी नाका खुलेकोमा निकै उत्साही भएको बताउँछन्। नाका खोल्नु दुई दिन अघि रसुवागढी भन्सार नाकामा आईपुगेका चीनिया व्यापारी ए चुनले अब आफूहरुको ध्यान केरुङ भन्सार नाका भएको बताए। नाका सञ्चालन मात्रै होईन चीनले यो नाकालाई दक्षिण एशियालि देशसँग जोड्न चाहेको छ।

'एक क्षेत्र एक रोड' रणनीतिबाट फाइदा लिनेगरि आर्थिक विकास योजना बनाउन नेपाललाई आग्रह गर्दै आएको चीनले दक्षिण सिल्करोड अवधारणासमेत अगाडि ल्याएको छ। जुन सिचुआनको छेङ्दुबाट युनानको कुनमिङ हुँदै म्यानमार, बंगलादेश, भारत, पाकिस्तान भएर अफगानिस्तानसम्म पुग्छ।nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget