टीकाटालोसहित निगमका ट्याङ्कर पेट्रोल लिन तिब्बततिर

शनिबार केरुङ आइपुग्दैछ चिनियाँ अनुदानको तेल
​चीनसँग सम्झौताको भोलिपल्ट आइओसीले भन्यो 'नेपालमा तेल आपूर्ति बढाउछौं'
मनोज सत्याल/सविन मिश्र –
थानकोट : छिमेकी मुलुक चीनले उपलब्ध गराउने पेट्रोलियम पदार्थ लिन आज नेपाल आयल निगमबाट १२ वटा ट्याङ्करहरु तिब्बतका लागि हिडेका छन्। आज बिहान निगमको थानकोटस्थित भण्डारण केन्द्रबाट १२ हजार लिटर पेट्रोल बोक्न सक्ने १२ वटै गाडी तिब्बततर्फ लागेका हुन्।

नेपाल आयल निगमका निमित्त निर्देशक दीपक बराल र चिनिया पक्षसमेत पेट्रोलियम पदार्थ ल्याउनका लागि हिडेका छन्। भारतीय आयल निगमसँगमात्रै इन्धन लिँदै आएको नेपाल आयल निगमले पहिलोपटक उत्तरी छिमेकी मुलुक चीनबाट सडकमार्ग हुँदै तेल भित्र्याउँदैछ।
नाकाबन्दीका कारण भारतले निगमलाई उपलब्ध गराउँदै आएको इन्धनमा कटौती गरेपछि नेपालले पहिलोपटक इन्धन आपूर्तिका चीनबाट गर्नका लागि पहल गरेको हो।


आज निगमका पदाधिकारीहरुले इन्धन बोक्ने ट्याङ्करको पुजापाठ गरी, चालकहरुलाई फूलमालासहित इन्धन ल्याउन विदाई गरेको छ। वाग्मती अञ्चलमा चल्ने ट्याङ्करहरु तिब्बतका लागि हिँडेका हुन्।pahilopost

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget