१५ कात्तिक, काठमाडौं । ग्यास उद्योगीले शुक्रबार राजधानीका सर्वसाधारण उपभोक्तालाई शनिबार ग्यास बाँड्ने ‘ललिपप’ देखाए । दुई महिनादेखि ग्यास सकिएर यताउता भौतारिरहेका उपभोत्ता शनिबार बिहान तीन बजेदेखि नै नजिकको डिपो पुगेर सिलिन्डरसहित लाइन बसे ।
१२ घन्टा लाइन बस्दा पनि उनीहरुले ग्यास भने पाएनन्, कोही टोकन लिएर त कोही रित्तो सिलिन्डर मात्रै बोकेर फर्किए ।
दिउँसो तीन बजेमात्र उपभोत्ताले थाहा पाए- डिपोमा ग्यासै रहेनछ, उद्योगीले बाँड्ने भनेर पंगु पो बनाएछन् । काठमाडौंमा भएका करिब एक दर्जन ग्यास उद्योगले शुक्रबार २० बुलेट ग्यास आफ्नै उद्योग भित्र छिराएका थिए । त्यही ग्यास एक सिलिन्डरमा आधा भरेर उपभोक्तालाई बाड्ने निर्णय उनीहरुको थियो ।
उनीहरुको यो निर्णयले उपभोक्तालाई धेरै आशा जगाएपनि उद्योगीहरुले रातारात अर्बौ कमाउने लोभमा उक्त ग्यास प्रतिसिलिन्डर आठ देखि १० हजार रुपैयाँ लिएर तारे होटल र अन्य होटल रेस्टुरेन्टमा बेचेको खुलासा भएको नागरिक दैनिकमा खबर छ । ग्यास उद्योगीले कालोबजारी गरेको रहस्य खोल्दै ग्यास बिक्रेता महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले भने ‘एकैरातमा अर्बो कमाउन सकिन्छ भने किरोडमा किन आँखा लगाउँथे’ उनले भने ‘यो सर्वसाधारण उपभोत्तामाथि ठूलो धोका हो । राज्यले यसबारे तुरुन्त छानबिन गरेर दोषी उद्योगीमाथि कारबाही गर्नुपर्छ ।’
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.