विद्या राष्ट्रपति बनेपछि एमालेमा सुवास नेम्वाङलाई फाइदा

काठमाडौं– विद्यादेवी भण्डारी राष्ट्रपति बनेपछि कसलाई फाइदा होला ? सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ । एमालेको आन्तरिक जीवनमा भने यसका फाइदा पूर्व सभामुख सुवास नेम्वाङलाई हुने देखिएको छ

भण्डारी राष्ट्रपति बनेपछि खाली हुने उपाध्यक्ष पदमा नेम्वाङलाई नियुक्त गर्ने तयारी गरिएको छ । सभामुख लामो समय चलाएको, जनजाती पृष्ठभूमिका समेत भएकाले नेम्वाङलाई उपाध्यक्ष बनाउने तयारीमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले समेत तयारी गरेका छन् । नेता माधव नेपाल समेत नेम्वाङलाई उपाध्यक्ष बनाउन सकारात्मक रहेको बताइएको छ ।
यस्तै भण्डारीलाई जहाँ पनि सँगै लिएर हिड्ने गरेको र महासचिव समेत रहेका आफ्नै गुटका नेता ईश्वर पोखरेललाई कुनै मतलब नगरेको भन्दै ओली गुटकै केही नेता समेत असन्तुस्ट बनेका थिए । त्यो असन्तुस्टिकाबीच भण्डारी राष्ट्रपति भएपछि एमालेभित्रको समिकरण कसरी अगाडि बढ्ला त्यो भने अहिल्यै भन्न नसकिने एमालेका एक नेताले बताए ।
प्रधानमन्त्री भएपछि कार्यवहाक अध्यक्ष दिने भने थामथुम पारिएका उपाध्यक्ष वामदेव गौतमको सपना पनि सहजै पूरा हुने देखिएको छैन । ओलीले नेता माधव नेपाललाई नै मार्ग प्रशस्त गरिदिने आश्वासन दिएको एमालेको आन्तरिक समिकरण बुझेकाहरुले बताउने गरेका छन् ।
त्यस्तै सरकार गठन भएको लामो समय भईसक्दा समेत मन्त्री छान्न नसक्नुको पछाडि आन्तरिक गुटले काम गरेको बताइन्छ । ओली गुट र नेपाल गुटका नेताहरुबीच भागवण्डा नमिल्दा मन्त्री छान्न नसकिएको एमालेका एक नेताले रातोपाटीलाई बताए ।ratopati

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget