रानी भन्सारबाट १२५ ट्यांकर इन्धन आयो, सुनौली नाकाबाट १८ बुलेट ग्यास भित्रियो इमेज जिल्ला ब्यूरो

काठमाडौं, कार्तिक १३ । विराटनगरको रानी–जोगबनी भन्सार नाकाबाट शुक्रबार बेलुकासम्म पेट्रोलियम पदार्थ बोकेका १ सय २५ ट्यांकर नेपाल प्रवेश गरेका छन् ।

जसमा पेट्रोलका २७, डिजेलका ९२ र ग्याँसका ४ ओटा बुलेट रहेका छन् ।

झापाको काँकडभिट्टा–पानी ट्यांकी नाकाबाट शुक्रबार बिहान २ ट्यांकर डिजेलसहित ५५ ओटा मालबाहक सवारी–साधन नेपाल भित्रिएका छन् ।

यस्तै, नेपालगन्ज–रुपहडिया नाकाबाट शुक्रबार १४ ओटा डिजेलका ट्यांकर नेपाल भित्रिएका छन् ।

यसैगरी, भैरहवा–सुनौली नाकाबाट शुक्रबार साझँसम्म ३६ ओटा इन्धन बोकेका गाडी नेपाल प्रवेश गरेका छन् । जसमा १६ ओटा डिजल, २ ओटा पेट्रोल र १८ ओटा बुलेट ग्याँस बोकेका गाडी छन् ।

मुलुकको प्रमुख भन्सार वीरगन्ज–रक्सौल नाका भने ३७ दिनदेखि ठप्प छ ।imagekhabar

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget