चीनसँग किन डराए राजेन्द्र महतो ?

काठमाडौं, १२ कात्तिक । भारतको सहयोगमा नाका अवरोध गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा चिनियाँ नाका अवरोध गर्न डराएको छ ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै सदभावना पार्टीका अध्यक्ष तथा मधेसी मोर्चाका नेता राजेन्द्र महतोले तत्कालिन अवस्थामा चिनियाँ नाका बन्द गर्न सम्भव नभएको बताए ।
भारतजस्तै चिनियाँ नाकामा गएर अवरोध गर्नसक्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा महतोलाई एकछिन पसिना नै छुट्यो । निकै हड्बडाउँदै महतोले चीनको नाकामा अवरोध गर्न नसकिने जवाफ दिए ।
उनले मधेस आन्दोलन तुहाउन चीनले नेपाललाई अनुदानमा इन्धन दिएको र आपूर्ति व्यापार सम्झौता गरेको आरोप लगाउँदै आफूहरुको मूख्य दुश्मन चीन भएको बताए । चीनविरुद्ध मधेसमा आन्दोलन सुरु भइसकेको बताउँदै अहिलेको अवस्थामा चिनियाँ नाकामा अवरोध गर्न मधेसी मोर्चाले नसक्ने उनले स्वीकारे ।
‘चीनको नाकामा गएर प्रदर्शन गर्न हामीलाई गाह्रो छ । जनजाति, थारु साथीहरुले गर्छौं भन्नुभएको छ, हामी उहाँहरुलाई सहयोग गर्न सक्छौं,’ महतोले भने ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget