काठमाडौं, कात्तिक १२

नेपालका लागि भारतीय राजदूत रञ्जित रेले नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई उनकै निवासमा पुगेर बधाई र शुभकामना दिएका छन्। राष्ट्रपति भण्डारीका सहयोगी शिव भट्टराईका अनुसार भण्डारीलाई बधाई दिन राजदूत रे बिहिबार सवा १२ बजे भण्डारीको उनको निवास बानेश्वर पुगेका थिए। भेटमा रेले राष्ट्रपतिमा निर्वाचित भएकोमा उनलाई बधाई दिएका थिए।
setopati
Post a Comment