भैरहवा–नेपाल भारतको सीमा बेलहिया रहेको भन्सारमा भारतीय नम्बर प्लेटका मोटरसाईकलहरुको सुविधा लिन लाईन लागेको छ । यस अघि सम्म नेपाल प्रवेश गर्न सुविधा लिने ब्यावस्था रहे पनि यसरी लाईन नै लाग्नु नपरेको भन्सारका कर्मचारीहरुको भनाई छ ।
यो लाईन नेपाल प्रवेश गरि आफ्नो काम गर्नलाई हैन कि भारतीय तेल नेपालमा कालोबजारी गर्न लाग्ने गरेको छ । भारतको अघोषित नाकाबन्दीले नेपालमा पेट्रोलियम पदार्थको अभाव भएको अवश्थामा सीमाको केही सिमित ब्यक्ति स्थानिय प्रशासनको मौन स्विकृतिमा तेलको अवैध कारोबार गरि मोटाईरहेका छन् ।
भारतीय नम्बर प्लेटका मोटरसाईकलमा भारतको नौतनवा, मिश्रवलिया, ठुठिबारी लगायतका स्थानबाट नेपालमा अवैध तरिकाले पेट्रोल तथा ल्याईएको डिजल नेपाल तर्फ स्थानिय प्रशासनको स्विकृतिमा खुलेआम बिक्रि भई रहेको छ । बेलहिया ईलाका प्रहरी अगाडी नै भारतीय मोटरसाईकलबाट पेट्रोल खन्याईरहदा प्रहरी मुक दर्शक बनि रमिता हेर्ने गरेको छ । प्रहरीको मिलेमतोमा बेलहिया गाउको प्रत्येक घरबाट पेटो«लियम पदार्थको कारोबार भै रहेको श्रोतको भनाई छ । भारतमा १ सय १० रुपैया पर्ने पेट्रोल भारतीय मोटरसाइृकल चालकहरुले नेपालमा १ सय ४५ देखी १ सय ६० रुपैया सम्ममा बिक्रि गर्ने गरेका श्रोतको भनाई छ । बेलहियाका स्थानियहरुले मिनि पेट्रोलपम्प नै सञ्चालन गरि अवस्था हेरी पेट्रोल प्रतिलिटर २ सय देखी ३ सय रुपैया सम्ममा बिक्रि गर्ने गरेका छन । स्थानियहरुको भाषामा बेलहियालाई अहिले “बैतालपुर” भनि सम्बोधन गर्ने गरिएको छ । बैतालपर भनेको बेलहिया नाका हुदै तेल लिन जाने भारतको निकटतम डिपो हो ।
बेलहिया, सेमरपानी, नौडिहवा, केवटलिया, अमवा, मैनहिया, मदरी, बुची बरवा, मनोहरापुर लगायतका गाउलाई स्थानियहरुले बैतालपुरबाट सम्बोधन गर्ने गरेका छन् । यी गाउहरुमा अति प्रज्वलशिल मानिने पेट्रोलियम पदार्थको खुला खरिद बिक्रि भै रहदा पनि स्थानिय प्रहरी प्रशासनले देखेर पनि नदेखे झै गर्ने गरेको छ । प्रहरीको यो ब्यवहार र तेलको कारोबारका कारण सीमा क्षेत्रका गाउहरु आगलागीको उच्च जोखिममा रहेका छन् ।
मोटरसाईकल सवार चालकहरुले ग्यालेनमा तेल भरि घाटीमा माला झै भिरेर ल्याउने गरेको आफूले देखेको सीमा क्षेत्रमा बस्ने शिक्षक जुल्फेकार खा ले बताए । “यस्ता ब्यक्तिको केही दुरीमा सलाई कोरे ब्यक्ति नै आगो लाग्ने डर रहेको छ” खाँ ले भने ।
उपभोक्ताले ३ सय तिरेर हालेको पेट्रोल पनि शुद्ध भने हुने गरेको छैन । भारतीय ब्यापारीहरुले भारतबाट नै मट्टितेल, डिजल, पानी मिसाई नेपालमा बिक्रि गरे पछि नेपाली ब्यापारी पनि मिसावट गरिएको तेलमा फेरी पनि मट्टितेल, डिजल, पानी, तारपिनको तेल लगायत मिसाई बिक्री गर्ने गरेका छन । ईन्धनको चरम संकटबाट गुज्रिरहेका नेपाली उपभोक्ताहरु महङ्गो दाम हाली खरिद गरेको पेट्रोलले उनिहरुको सवारीहरु बिगारि रहेका छन । मिसावट गरिएको ईन्धन प्रयोग गरि चलाईएका सवारीहरुको प्राय जसो ईन्जिन सिज हुने गरेको मोटरसाईकल मिस्त्रिहरु बताउछन् ।
यस्तो मिसावट भएको पेट्रोल तथा डिजल नेपालको बिभिन्न भागमा पुग्ने गरेको छ । बेलहियामा पुग्ने प्राय ट्रक, बस, जिप लगायतमा ग्यालेन झुण्ड्एईको देखिन्छ । ग्यासको कालोबजारी तथा अवैध भण्डारण गर्नेलाई प्रहरीले कानूनी दायरामा ल्याए पनि तेलको अवैध कारोबार गर्नेलाई मौन सहमति दिएको छ । प्रहरीको स्विकृतिमा यस्तो ब्यावसाय दिनदिनै फस्टाउदै गई राज्य भन्दा पनि केही सिमित ब्यक्ति मोटाउने गरेको छन । करोडौमा तेलको अवैध कारोबार हुदा पनि रुपन्देही प्रहरी यस्ता कारोबारीलाई जानाजान हो वा अन्य केही अदृश्य डरले कार्यवाही गर्न सकेको छैन ।
प्रहरीकै अगाडी कालोबजारी, अवैध भण्डारण, मिसावट भै रहदा पनि यस्ता कारोबारीलाई कार्यवाही गर्न ब्यवहारीक नहुने रुपन्देही प्रहरीको भनाई छ । “कार्यवाही गर्दा सकारात्मक प्रतिक्रिया आउदैन” प्रहरी प्रमुख बुद्धिराज गुरुङ्गले भने । प्रहरी उपरिक्षक गुरुङ्गले ब्यवहारीक कुरालाई ध्यानमा राखेर यस्तो अवैध कारोबार गर्न दिईएको प्रतिक्रिया दिएका छन् । बजारमा तेलको चरम अभाव भएको अवश्थामा उनले उपभोक्ताले पेट्रोल किन्न छोडे यस्ता कारोबारी स्वतः घट्दै जाने गैर जिम्मेवार जवाफ दिएका छन् । डिजलको हकमा कृषि कार्य गर्नेलाई सहुलियत दिएको गुरुङ्गको भनाई छ ।ratopati
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.