पूर्वगृहराज्यमन्त्री कँडेलमाथि गोली हान्ने प्रयास

कार्तिक १३, २०७२- पूर्वगृहमन्त्री देबेन्द्रराज कँडेललाई गोली हान्ने प्रयास विफल भएको छ । दिउँसो साढे एक बजे उनको गृहनगर नजिकै दुई भारतीय सूटरले उनलाई घरमा बनेको पेस्तोलले गोली हान्ने प्रयास गरेका थिए
। नवलपरासीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार बडहरा दुबौलिया गाविसमा कार्यकर्तासँग बसिरहेको अबस्थामा भारतीय मोटरसाइकलमा आएका दुईजनाले एक्कासी पेस्तोल निकाल्दै गर्दा कँडेलका अंगरक्षकले उनीहरुलाई ढालेका थिए । कँडेल नेपाली कांग्रेस नवलपरासीका सभापति हुन् । पेस्तोलसहित दुई भारतीय नागरिक उज्वल गर्तौला र जोगेन्द्र पासवान पक्राउ परेका छन् । कँडेल भने सुरक्षित छन् । भारतीय सूटरहरुले कसको योजनामा उनलाई हान्ने प्रयास गरेका हुन भन्ने खुलेको छैन । उनीहरु चढेर आएको भारतीय यूपी ५३ ए ९८५६ नम्बरको मोटरसाइकल स्थानियले आगो लगाइदिएका छन् । कँडेलको घर भारतीय सिमानासँग जोडिएको महेशपुर बजारमा पर्दछ । दशगजाबाट एक किलोमिटर दुरीमा उनको निवास छ । उनलाई गोली हान्न आउने भारतीयहरु कँडेलको निवासवाट दुई किलोमिटर दक्षिण भारतको ठुटिबारीका हुन् । कडेलसँग नेपाल प्रहरीका सईको कमाण्डमा निजी सुरक्षाकर्मी पनि सधै रहन्छन् । माओवादी द्वन्द्वकालमा राजधानीमै आक्रमण हुँदा उनलाई ७ गोली लागेको थियो । मधेस आन्दोलन चर्केको बेला चार वर्षअघि उनको निवासमा आक्रमण हुँदा उनी मुस्किलले बाँचेका थिए ।ekantipur

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget