उपप्रधानमन्त्री रायमाझीले देशको झन्डा लिएर नेपालको नाम राख्नेलाई बाचुन्जेल सहयोग गर्ने
काठमाण्डु, १३ कात्तिक– उपप्रधानमन्त्री तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले देशको झन्डा लिएर नेपालको नाम राख्नेलाई बाचुन्जेल सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार कृतिमानि बिश्व पर्वतारोही एवंम् लामो दुरीका धाबक संजय पण्डितसहितको टोलिसंग सिंहदरबारमा आयोजित भेटघाट तथा बधाई कार्यक्रममा उनले पदमा रहे पनि नरहे पनि देशको झन्डा लिएर अन्तर्राष्ट्रिय क्षत्रमा नेपालको नाम राख्ने खेलाडी, कलाकार, पर्वतारोहीहरुलाई बाचुन्जेल सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
सातै महादेशका सातै उच्च हिमाल आरोहणको तयारीमा रहेका पण्डितलाई आगामी अन्तिम गन्तब्य अन्ट्राटिका महादेशको भिन्सन् मशिफको लागि सरकारी स्तरबाट पनि सहयोगका लागि पहल गरे उनले बताए । पण्डितले यसै वर्ष को अन्त्य सम्म उक्त हिमाल आरोहण गर्ने तयारीमा छन््र । उनले सगरमाथासहित अन्य ६ महादेशका हिम श्रीखंलाहरुको सफल आरोहण गरिसकेका छन् ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.