कात्तिक १३
सिरहा–लेखक खगेन्द्र संग्रौले अहिले जारी रहेको मधेश आन्दोलन लामो समयसम्म चल्न नहुनेमा जोड दिएका छन् । विहिवार सिरहाको लहानमा मधेश मिडिया मिसनले ‘मधेश आन्दोलन किन ?’ भन्ने विषयमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘आन्दोलन धेरै लामो भएपछि आन्दोलनमा धेरै किसिमका समस्याहरु आउन सक्छ । आन्दोलनमा घुषपैठ हुन्छ । आन्दोलनकारीहरु थकित हुन्छन् । आन्दोलनलाई भ्रमित गर्नको लागि आन्दोलन विरोधीहरु विभिन्न किसिमका प्रयत्नहरु गर्न सक्छन्, त्यसैले यो आन्दोलन धेरै लामो समय जान हुदैँन ’, उनले भने ।
उनले मधेश तराईमा रहेका पहाडी, दलित, जनजाति, थारु, मुस्लिमहरु सबै एकवद्धता भएर अघिबढ्नुपर्नेमा जजोड दिए ।
देशमा स्वतन्त्रता लागि जब मानिसहरु बोल्छन् त्यति वेला उनीहरुलाई केही न केही आरोपहरु लाग्ने गरेको समेत उनको भनाई छ ।
‘राणा शासनमा देश द्रोही भनियो, पञ्चयातमा अराष्ट्रिय तत्व र उर्गवादी भनियो , संसदीय पद्धतीमा आतंकारी भनियो अहिले प्रगतिशिल परिवर्तनको पक्षमा बोल्नेलाई विखण्डनकारी भनिएको छ’, उनले भने ।
उनले मधेसी दललाई त्यतिले नपुगेर दिल्लीको दलाल समेत भनिएको दाबी गरे ।
उनले भने, ‘यथास्थितीबादीहरुले आफ्नो सत्तालाई आन्दोलनले हल्लाईरहेको देखेर आन्दोलनकारीमाथि सधै नै यस्तो आरोप लगाउँछ । यस्ता आरोपहरुबाट हामीले विचलित हुनु पर्ने अवस्था छैन् ।’
संघियता भनेको तोडने होइन, जोडने हो भन्दै उनले मधेश आन्दोलन नेपाललाई तोड्नको लागि नभएको बताए ।
कार्यक्रममा लेखक युग पाठक, लहान मधेश आन्दोलनका अगुवा कृष्णबहादुर यादव, सदभावना पार्टी सह–महासचिव राजु गुप्ता, काँग्रेस नगर समितिका सभापति महेश चौधरी, पत्रकार महासंघका सचिव जिवछ उदासी, एमाओवादी परित्याग गरेका रामरिझन यादव लगायत संचारकर्मी, अधिकारकर्मी, आन्दोलनमा रहेका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.