नेपाललाई तेल दिएको भन्दै चीनको झण्डा जलाइयो

फोटो :क्रान्ति शाह(वीरगन्जको घण्टाघर चोकमा शुक्रबार आन्दोलनरत दलहरुले चीनको झण्डा जलाउदै)


वीरगन्ज : मधेसमा आन्दोलनरत दलका नेता कार्यकर्ताहरुले शुक्रबार वीरगन्जमा चीनको झण्डा जलाएका छन् ।   चीनले मधेश आन्दोलनलाई तुहाउन षडयन्त्र गरेको भन्दै आन्दोलनरत दलका नेता कार्यकर्ताहरुले चीनको झण्डा जलाएका हुन् ।

वीरगन्जको घण्टाघरचोकमा आन्दोलनकारीले 'ब्याक अफ  चाइना, मधेश विरोधी चिनीयाँ निती मुर्दावाद , मधेश आन्दोलनलाई तुहाउन पाइदैन, काठमाण्डौलाई तेल दिन पाइदैन , चिनीयाँ दुतावास होस्मा आउ, मधेशी जनतासँग नटकराउ' जस्ता चीन विरोधी नाराहरु लगाउदै चीनको झण्डा जलाएका हुन् ।


चीनको झण्डा जालाएपछि आयोजित कोणसभालाई मधेशी जनअधिकार फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य सन्जय यादव, सदभावना पार्टीका पर्सा अध्यक्ष इमदाद गद्धी सुगा, नेपाल परिवार दल पर्साका अध्यक्ष ओम प्रकाश सर्राफ, नेपाल समाजवादी पार्टी लोहीयावादीका युवा नेता फिरोज बादशाह, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पर्साका पुर्व सचिव इश्वरचन्द्र यादव, शीवजी सोनी लगायतकाले सम्बोधन गरेका थिए ।

 नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेकाले चीनको झण्डा जलाइएको फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य यादवले बताए ।   मधेशी जनता महिनौ दिन देखि दिनरात नाकामा बसेर नाकाबन्दी गरेका बेला चीनले काठमाण्डौका शासकहरुलाई इन्धन दिएर मधेश आन्दोलनलाई तुहाउने षड्यन्त्र गरेकाले चीनको विरोधमा आफहुरु उत्रिएको नेपाल परिवार दल पर्साका अध्यक्ष ओम प्रकाश सर्राफले बताए ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget