राष्ट्रपति विद्या भण्डारीद्वारा ईश्वरको नाममा सपथ लिइन्

 कात्तिक १२
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन्।
बिहिबार अपरान्ह ३ बजे राष्ट्रपति भवन परिसरमा आयोजित विशेष कार्यक्रममा भण्डारीले प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनलाई पद तथा गोपनियताको सपथ खुवाएका छन्।
सपथ ग्रहण गराउने क्रममा श्रेष्ठले मुलुक, जनता र ईश्वरको नाममा सपथ लिन्छु भन्ने बाक्यांश पढेपछि नवनिर्वाचित राष्ट्रपति भण्डारीले पनि पछ्याउदै ईश्वरको नाममा सपथ लिएकी थिइन्।
यसअघि नेपालको प्रधानमन्त्री पदमा पुगेका वा मन्त्री बनेका कुनै पनि बामपन्थी नेताहरु त्यसमा स्वयम् विद्यादेवी भण्डारी मन्त्री हुदा पनि ईश्वरको नामको सट्टा जनताको नाम मात्रै उच्चारण गर्ने गरेका थिए।
त्यसपछि भण्डारीले सपथ पत्रमा हस्ताक्षर गर्दै निर्वतमान राष्ट्रपति यादवसँग परिचय गर्दै एक अर्काको सिट साटेका थिए। त्यसपछि यादवले प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा सबैसँग मञ्चबाट अभिवादन गर्दै कार्यक्रमस्थलबाट बाहिरिएका थिए।
यादवको विदाइपछि सेनोको टुकडीले नयाँ राष्ट्रपतिको सम्मानमा सम्मान गारक पेश गरेको थियो।
त्यसपछि नयाँ राष्टपति भण्डारीलाई उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सभामुख ओनसरी घर्तिमगर, उपसभामुख, उपप्रधानमन्त्री, मन्त्री, पूर्व प्रधानमन्त्री, पूर्वसभामुख राज्यमन्त्रीहरुले परिचय तथा बधाइ ज्ञापन गरेका थिए।
त्यसैगरी संबैधानिक निकायका प्रमुख, संसदका महासचिव, राजनीतिक दलका नेता तथा सभासदहरुले पनि बधाई दिएका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget