भारतले फेरि भन्यो, नाकाबन्दी हामीले गरेका छैनौं
काठमाडौं : भारतले सत्तरी प्रतिशत इन्धन आपूर्ति हुने वीरगञ्ज रक्शौल नाका नखुल्दासम्म इन्धन आपूर्ति सहज नहुने बताएको छ।
चीनसँग इन्धन खरिदको सम्झौता भएको दुई दिनपछि भारतीय विदेश मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले इन्धन आपूर्ति सहज हुन नसक्नुमा भारत जिम्मेवार नरहेको बताए।
उनले भने, 'वीरगञ्ज नाकामा नेपाली पक्षबाट भइरहेको आन्दोलन र धर्ना अन्त्य नहुन्जेलसम्म इन्धनको आपूर्ति हुनसक्दैन। किनभने नेपालमा जाने सत्तरी प्रतिशत भन्दा बढी इन्धन त्यही नाकाबाट आपूर्ति हुन्छ।'
नेपालले चीनसँग इन्धन आपूर्तिका लागि भएको सम्झौताबारे भारत जानकार रहेको प्रतिक्रिया दिदै चीनसँग सम्झौता गर्दैमा अवरुद्ध वीरगञ्ज नाका खुल्न नसक्ने जवाफ दिएका थिए। उनले नेपालसँगको इन्धन व्यापार बहुआयमिक रहेको बताए। उनले भारतले नाकाबन्दी नगरेको दाबी पनि गरे।
उनले अन्य नाकाबाट आपूर्ति गर्न भारत तयार रहेको र त्यो काम भइरहेको बताए। उनको भनाइ छ, आपूर्तिमा हामीबाट अवरोध भएको छैन।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.