‘भारतलाई गाली गर्ने र चीनलाई ‘ब्ल्याकमेलिङ’ गर्ने प्रवृत्ति गलत’

सप्तरी, कार्तिक १२ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयताको सिमांकन परिवर्तन गर्न सरकार तयार नभए वार्ताको औचित्य समाप्त हुने बताएका छन् ।
सप्तरीमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष यादवले हालसम्म राज्यपक्षले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको वार्तामा नौटंकी प्रस्तुत गरिरहेको आरोप लगाउँदै सिमांकन नसच्याइए वार्ताको औचित्य समाप्त हुने बताएका हुन ।
उनले कात्तिक १४ गते जनकपुरमा बस्ने मोर्चाको बैठकले आन्दोलनका सशक्त कार्यक्रम तय गर्ने जानकारी दिए ।
चीनसँग नजिक भएर भारतलाई गाली गर्ने, भारतसँग नजिक भएर चीनलाई ब्ल्याकमेलिङ गर्ने प्रवृत्ति गलत भएको र यो नेपालकै लागि घातक हुने उनको भनाइ थियो ।
अध्यक्ष यादबले चीनसँग गरिने व्यापार दीर्घकालीन नहुने प्रष्ट पार्दै नेपालका उत्पादन चीन जाने सम्भाव्यता र सहजता समेत नरहेकाले यस विषयमा राज्य गम्भीर बन्नुपर्नेमा बताए ।imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget