उड्न लागेको जहाजमा आगो लाग्यो
एजेन्सी |
२०७२ कार्तिक १३ शुक्रबार
काठमाडौं : अमेरिकाको फ्लोरिडमा उड्न लागेको जहाजमा आगो लाग्दा १५ जना यात्रु घाइते भएका छन् । उड्नुअघि इन्धन चुहिएर इन्जिनमा आगो सल्केपछि १५ जना यात्रु घाइते भएका हुन् ।
१०१ जना यात्रु लिएर फ्लोरिडास्थित फोर्ट लाउडेर्डल हलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट भेनेजुएलाका लागि उड्न लागेको विमानमा आगो सल्केपछि जलेका एक यात्रुको भने अवस्था गम्भीर छ ।
अमेरिकास्थित संघीय नागरिक उड्ययन प्रशासनले डायनामिक एयरलाइन्सको बोइङ ७६७ जहाज दुर्घटनामा परेको पुष्टि गरेको छ ।
अमेरिकाको स्थानीय समयअनुसार बिहीबार १२ बजेर ४५ मिनेटमा भेनेजुएलाका लागि उड्न लागेको जहाजको इन्जिनमा धावनमार्गमै आगो लागेको हो ।
आगोबाट जहाजको देब्रे इन्जिन जलेको छ । आगो लागेलगत्तै विमानस्थल प्रशासनले वारुणयन्त्रको प्रयोग गरी ठूलो दुर्घटना हुनबाट जोगाएको छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.