जोगवनी नाकाबाट इन्धन बोकेका ५३ गाडी भित्रिए

विराटनगर, १२ कात्तिक । भारतबाट जोगवनी नाका हुँदै गए राति ५३ वटा इन्धनका गाडी नेपाल भित्रिएका छन् ।
सोमध्ये ३८ डिजेलका टयाङ्कर र १५ वटा पेट्रोलका टयाङ्कर रहेको विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो ।
आज बिहान भने मालवाहक ट्रकलगायत गाडी भित्रिएको भए पनि मध्याह्नसम्ममा इन्धनका कुनै गाडी नभित्रिएको उहाँले बताउनुभयो । राससdainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget